Free songs
Home / फिचर समाचार / सरुमारानीमा छोरी पेवा बचत कार्यक्रम

सरुमारानीमा छोरी पेवा बचत कार्यक्रम

प्युठान । प्युठानको सरुमारानी गाउपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ शुरु गरेको छ। आर्थिक वर्ष ०७५÷०७६ को साउनदेखि जन्मने छोरीहरुको लागि छोरी पेवा बचत कार्यक्रम लागु गरिएको छ।

‘समाजमा छोरी जन्मायो भने हेर्ने दृष्टिकोण नराम्रो छ’– गाउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले भन्नुभयो– ‘छोरीको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा टेवा पु¥याउन यो कार्यक्रम ल्याएका हौं।’ यस कार्यक्रममार्फत छोरीमाथि हुने लैङ्गिक हिंसा न्यूनीकरण, छोरा र छोरीमा हुने विभेद हटाउन, समाजमा छोरीलाई सकारात्मकरुपमा हेर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको उहा“ले जानकारी दिनुभयो।

गाउ“पालिकाले यो कार्यक्रमका लागि दुई लाख ५० हजार रुपैया“ विनियोजन गरेको छ। यस आर्थिक वर्षदेखि जन्मिने छोरीहरुका लागि मासिक एक सय रुपैया“ जम्मा गरिदिने उद्देश्यले रकम विनियोजन गरिएको गाउ“पालिकाका अध्यक्ष विश्वकर्माले जानकारी गराउनुभयो। ‘गाउ“पालिकामा यो कार्यक्रम नितान्त नौलो हो। पहिलो आर्थिक वर्षमा रकम कम विनियोजन गरिएको छ’– उहा“ले भन्नुभयोे– ‘आगामी वर्षमा यस कार्यक्रमका लागि बढी बजेट विनियोजन गरिनेछ।’

गाउ“पालिकाले पालिकाभित्र रहेका दुईवटा सहकारीबाट बचत गरिदिने उहाले बताउनुभयो। ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डा“डा र साना किसान कृषि सहकारी संघ बांगेसाल गरस् दुईवटा सहकारीमा बचत गर्ने उहा“ले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘यो कार्यक्रमले सहकारीलाई प्रोत्साहन, प्रवद्र्धन गर्न मद्दत मिल्नेछ।’

‘यो कार्यक्रमको कार्ययोजना बनिरहेको छ’– अध्यक्ष विश्वकर्माले भन्नुभयो– ‘छोरी जन्मिएपछि जन्मदर्ता र वडाको सिफारिसमा सहकारीमा जम्मा गर्न सकिने छ।’ यही कार्यक्रमलाई लक्षित गरी गाउ“पालिकाले सहकारी शिक्षासमेत सञ्चालन गरेको उहा“ले बताउनुभयो। गाउ“पालिकाले यो कार्यक्रम ल्याएकोमा खुशी भएको स्थानीय गंगा खनालले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘अब छोरीहरुले अपहेलित हुनुपर्दैन।’ यो कार्यक्रमलाई गाउ“पालिकाले निरन्तरता दिनुपर्ने उहा बताउनुहुन्छ।

जिल्लामै नौलो कार्यक्रम

जिल्लामा नौवटा स्थानीय तह छन्। जसमध्ये ‘छोरी पेवा बचत कार्यक्रम’ जिल्लामै नौलो कार्यक्रमका रुपमा सरुमारानी गाउपालिकाले सञ्चालन गरेको छ। सिर्जनशील सोचका साथ जिल्लामै नमूना कार्यक्रम गाउ“पालिकाले ल्याएको गाउपालिकाका अध्यक्ष विश्वकर्माले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘जिल्लाका अन्य स्थानीय तहले यो कार्यक्रम अनुकरण गर्नुपर्छ।’

वन पैदावार सामुदायिक वन साझेदारी कार्यक्रम

यसैगरी सरुमारानी गाउ“पालिकाले वन पैदावार सामुदायिक वन कार्यक्रम सञ्चालन गरेको छ। वनको विकास र त्यसबाट आयआर्जन गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको गाउ“पालिकाका अध्यक्ष विश्वकर्माले बताउनुभयो।

गाउपालिकामा रहेका वन समूहले मिलेर बड्डाडा–ऐरावती सडकखण्ड ग्रावेल गर्ने निर्णय गरेको उहले बताउनुभयो। उहाले भन्नुभयो– ‘वन समूहले गाउपालिकासग सहकार्य गरी काम अगाडि बढाउनेछ।’ यो कार्यक्रमको लागि गाउपालिकाले २४ लाख रकम विनियोजन गरेको उहाले जानकारी दिनुभयो। सडक ग्रावेल गर्न झण्डै २१ लाख रुपैया लाग्ने उहाले बताउनुभयो। उहाले भन्नुभयो– ‘सडक ग्रावेलका लागि वनसमूहबाट १२ लाख र गाउपालिकाबाट आठ लाख ३३ हजार तीन सय ३३ रुपैया विनियोजन भएको छ।’

गाउपालिकाले आठ किलोमिटर सडक ग्रावेल भएपछि स्थानीय जनतालाई सहज हुने विश्वास लिएको छ। वन समूहबाट हुने बेथिति हटाउन यो कार्यक्रम गाउ“पालिकाले अगाडि बढाएको गाउ“पालिका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top