Free songs
Home / विचार / विकास सरोकारवालाको विवेचना

विकास सरोकारवालाको विवेचना

रमेशकुमार अधिकारी

मुलुक राजनीतिक स्थिरताको अवस्थाबाट अघि बढिरहेको छ । अहिले विकासका लागि अनुकूल परिस्थिति छ । जनता शीघ्र सेवा, तीब्र विकास र सुरक्षित जीवनको माध्यमबाट गुणात्मक रुपान्तरणको पर्खाइमा छन् । यो स्थितिमा विकासलाई तीब्र पार्दै समृद्ध नेपालको सपना साकार पार्न सरकार समुदायको साथमा र समुदाय सरकारको काखमा रहेको अनुभूति हुने गरी सरकारले विकासको नेतृत्व गर्न जरुरी छ ।

विकास प्रक्रियामा बहुपक्षीय सरोकारवालाको सहभागिता रहने मौजुदा विकास व्यवस्थापनको ढाचामा विकासका सरोकारवालाहरुका बारेमा समान बुझाइका साथ अघि बढ्दा विकासलाई तीब्र पार्न सकिन्छ । सोझो तरिकाले भन्नुपर्दा विकास प्रक्रिया हो, नतिजा हो र सकारात्मक परिवर्तन हो । विकासले मानवीय र भौतिक पूर्वाधारका विषयलाई समेट्छ । पछिल्ला दशकमा वातावरण सन्तुलन वा संरक्षण पनि विकासको अभिन्न अङ्ग बनेको छ । सारांशमा विकासले नागरिक सरोकारका सेवा, सुविधा, सुरक्षा र न्यायलाई समेटेर समृद्धिको यात्रालाई सहज बनाउ“छ । विकासलाई गति प्रदान गर्न विकासमैत्री वातावरणको खाचो पर्दछ । विकासमैत्री वातावरण बनाइराख्न विकास सरोकारवालाबीच बुझाइमा एकरुपता र जिम्मेवारीमा स्पष्ट रेखाङ्कन हुनुपर्दछ ।

जिम्मेवारीका हिसाबले विकास सरोकारवालालाई चार प्रकारमा वर्गीकरण गर्न सकिन्छ । पहिलोलार्ई विकास पु¥याउने पक्ष अर्थात डेभलपमेण्ट प्रोभाइडरको रुपमा बुझ्न सकिन्छ । यसलाई अधिकारकर्मीको भाषामा डयूटी वियरर भन्ने गरिन्छ । सप्लाई साइड भनेर पनि यो पक्षलाई चिनाउन सकिन्छ । दोश्रो पक्ष विकास पाउने पक्ष अर्थात डेभलपमेण्ट रिसिपियन्ट हो । यसलाई अधिकारकर्मीहरु राइट होल्डर भन्न रुचाउ“छन् । डिमाण्ड साइड भनेर पनि यो पक्षलाई चिनाउने गरिन्छ । तेस्रो पक्षलाई विकासमा सहयोग पु¥याउने पक्ष अर्थात डेभलपमेण्ट सपोर्टर भनिन्छ । र चौथो पक्षलाई विकास अवलोकनकर्ता अथवा डेभलपमेण्ट अव्जरभर भनेर बुझ्न सकिन्छ । उल्लेखित चार प्रकारका सरोकारवालाहरुको जिम्मेवारी सहितको विवेचना यस उप्रान्तका अनुच्छेदमा गरिएको छ ।

१– विकास पु¥याउने पक्ष ः विकास पु¥याउने पक्षमा सरकारी निकाय, गैससरकारी संस्था, निजी क्षेत्र, सहकारी संस्था र सामुदायिक संस्थाहरु पर्दछन् । मानवीय वा भौतिक विकासलाई लक्षित गरेर विकासका कार्यक्रम कार्यान्वयन गर्ने सबै प्रकारका कार्यालय वा निकायहरु विकास पु¥याउने पक्ष हुन् । यो वर्गका सरोकारवालाले योजना प्रक्रिया अनुशरण गरेर वार्षिक बजेट बनाउछन् । आयोजना, परियोजना वा क्रियाकलाप निर्धारण गर्दछन् । बजेट विनियोजन गर्दछन् । अधिकार प्राप्त निकायबाट वार्षिक बजेट स्वीकृत भएपछि उक्त स्वीकृत बजेटलाई कार्यान्वयनमा लैजान्छन्् । साथै कार्यान्वयन भइरहेका वार्षिक कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनको प्रक्रियाद्वारा नतिजा श्रृंखला (लागत–क्रियाकलाप–प्रतिफल–असर–प्रभाव अर्थात अंग्रेजीमा इनपुट–एक्टिभिटीज–आउटपुट– आउटकम–इम्प्याक्ट) लाई सार्थक र गुणस्तरीय बनाउन बन्दोबस्त मिलाउछन् ।

विकास पु¥याउने पक्षले असल शासनको अभ्यासमा जोड दिनुपर्दछ । जसरी मानिसको अनुहारलाई ऐनाको सहायताले सुन्दर, आकर्षक र मनमोहक बनाउन सकिन्छ त्यसरी नै विकासको सन्दर्भमा वार्षिक आयोजना वा कार्यक्रमलाई अनुगमनका माध्यमबाट नतिजामुखी, जनताकेन्द्रित र सुशासनयुक्त बनाउन सकिन्छ । नेपालको विकास व्यवस्थापनको सन्दर्भमा योजना प्रक्रिया सहभागितामूलक, समावेशी र समयतालिकामा आधारित भएकाले त्यति धेरै गुनासो गर्ने ठाउ छैन ।

यद्यपि मागमा आधारित योजना प्रक्रिया अवलम्वन गरेका कारण सक्नेले मात्र योजनाको माग गर्ने भनेर आलोचना हुने गरेको स्थिति छ । विकास पु¥याउने पक्षले सञ्चालित आयोजना वा कार्यक्रमको नियमित अनुगमन गरेर नतिजा श्रृंखलालाई ठीक अवस्थामा कायम राख्न भने सक्षम भएको पाइदैन । अर्थात अनुहाररुपी योजना पक्ष सुन्दर छ भन्न सकिन्छ तर ऐनारुपी अनुगमनको पाटो कागजमा रीत पुगेको देखिए पनि नतिजामा निखार ल्याउन सफल भएको पाइ“दैन । त्यसैले विकास पु¥याउने पक्षले अनुगमन पक्षमा सुधार गर्न आवश्यक छ । मूल्याङ्कन पक्षको अभ्यास कमजोर छ । नतिजा श्रृंखलाको असर र प्रभाव तहलाई सूक्ष्मरुपले विश्लेषण गर्ने मूल्याङ्कन विधिलाई नगण्य संख्याका निकायले अवलम्बन गरेको पाइन्छ । यसमा पनि विकास पु¥याउने पक्ष गम्भीर हुन जरुरी छ ।

२– विकास पाउने पक्ष ः विकास पाउने पक्षमा जनता पर्दछन् । जनताले मानवीय र भौतिक विकास पाउने हक संविधानद्वारा पाएका हुन्छन् । त्यसैले अधिकारकर्मीहरु विकास पाउने पक्षलाई राइट होल्डर भन्न रुचाउ“छन् । डिमाण्ड साइड भनेर पनि विकास पाउने पक्षलाई चिन्न सकिन्छ । जनताले विकास सरोकारवालाको हैसियतमा विकास सम्बन्धी माग गर्ने, प्राप्त गर्ने र लाभ उपभोग गर्ने जिम्मेवारी बहन गर्दछन् । टोल विकास संस्थाहरुले यो पक्षको प्रतिनिधित्व गर्दछन् । नेपालको विकास व्यवस्थापनमा विकास पाउने पक्षको प्रतिनिधित्व गर्ने जनताले विकास आयोजना माग गर्ने अर्थात डिमाण्ड गर्ने कार्यमा सिपालु भएको र त्यसरी माग गरिएका आयोजना प्राप्त गर्न पनि सफल भएको देखिन्छ । यहानेर स्मरणीय कुरा के छ भने विकास पाउने पक्षले माग गरेका आयोजना नै विकास पु¥याउने पक्षको वार्षिक योजनामा समावेश भएको हुनुपर्दछ । जहासम्म माग गरेर प्राप्त भएका आयोजनाको जनताले लाभ लिने विषय छ त्यसमा केही निस्क्रियताको स्थिति देखिन्छ । उदाहरणका लागि सिंचाई र खानेपानी आयोजनाहरु सम्पन्न भएर सेवा दिन योग्य भए पनि त्यसको जतन र फाइदाको उपभोगमा जनता सजग भइरहेको पाइदैन । गाउघरमा खानेपानीका धारा काटिएका, पानी त्यसै खेर गइरहेको अवस्था देखिनुलाई लिन सकिन्छ । सिंचाईको स्थिति पनि यस्तै देखिन्छ । तर बिडम्बना जनता सम्पन्न आयोजनाको लाभ लिन सक्रिय हुनुको साटो पुन आयोजना माग गर्न उद्यत हुने गरेको देखिन्छ । यसो हुनुमा जनतालाई विकास शिक्षा सिकाउन नसकेर हो भन्न सकिन्छ । त्यसैले विकास पाउने पक्षका तीन जिम्मेवारीहरु– माग गर्ने, प्राप्त गर्ने र लाभ लिनेमध्ये लाभ वा फाइदा लिने कार्य कमजोर देखिएकाले यो काममा पनि उत्तिकै तत्परताका साथ जनताको प्रयास केन्द्रित हुन जरुरी छ ।

३– विकासमा सहयोग गर्ने पक्ष ः यो वर्गमा विदेशी सरकार वा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरु पर्दछन् । नेपालमा यिनीहरुलाई विकास साझेदार पनि भन्ने गरिन्छ । द्विपक्षीय समझदारीका आधारमा सहयोग ग्राही देशको विकास प्रयासमा उक्त प्रकारका सरोकारवालाले वित्तीय, प्राविधिक र क्षमता विकास सम्बन्धी काममा सहयोग पु¥याउछन् । अल्पविकसित वा विकासशील देशका लागि सहयोग पु¥याउने पक्ष अपरिहार्य जस्तै छ । सहयोग लिने पक्षले दाता पक्षस“ग गर्ने वार्ता र सहमतिले सहयोग पु¥याउने पक्षको भूमिका निर्धारण हुने गर्दछ । नेपालमा सहयोग पु¥याउने पक्षले धेरै शर्त थुपारेर सहयोग गर्ने गरेको टिप्पणी बराबर दोहरिने गर्दछ । यसमा हेक्का राख्नु पर्ने कुरा के छ भने दाताहरु कमाण्ड मोडेलमा शर्त राख्न चाहन्छन् । तर सहयोग लिने पक्ष डाइलग मोडेलमा जानुपर्दछ । डाइलग मोडेलमा दुबै पक्षले विन–विनको अवस्था महसुस गरेर मात्र सहयोगका शर्तहरु राखिन्छन् । त्यसैले नेपालको सन्दर्भमा वार्ताकारहरुमा डाइलग मोडलको सीप विकास हुन जरुरी छ । अन्यथा कमाण्ड मोडलको सहयोगको ढा“चा हाबी भइरहनेछ ।

४– विकास अवलोकन गर्ने पक्ष ः विकास कार्यान्वयन भइरह“दा त्यसलाई नजिकबाट नियाल्ने पक्षलाई विकास अवलोकनकर्ताको रुपमा बुझ्न सकिन्छ । नेशनल अडिट इन्स्टिच्यूसन अर्थात महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र संसदीय समितिजस्ता निकायहरु विकास अवलोकन गर्ने पक्षमा पर्दछन् । यसैगरी सञ्चार क्षेत्र र नागरिक समाज पनि विकास अवलोकन गर्ने पक्षमा पर्दछन् । यो वर्गका सरोकारवालाले मुख्यरुपमा सचेतना, पैरवी र निगरानीको कार्य गर्दछन् । यस प्रकारको कार्यले विकासको व्यवस्थापनलाई सुशासनको मर्मअनुसार चल्न घचघच्याउछ । नेपालको सन्दर्भमा विकास अवलोकन गर्ने पक्षले निरन्तर निगरानीको पक्षलाई जोडदार रुपमा हेर्नेे गरेको पाइन्छ । तर सकारात्मकरुपले विकासमैत्री परिवेश तयार गर्दै जान राम्रो काम फैल्याउने, नराम्रो काम आंैल्याउने शैलीबाट विकासलाई हेर्न आवश्यक छ । यस सन्दर्भमा विकासमैत्री सञ्चार, सञ्चारमैत्री सरकारको स्थिति बनाउन सके विकासलाई बल पुग्ने देखिन्छ ।

उपर्युक्त चार प्रकारका सरोकारवालाहरुको जिम्मेवारी चारै पक्षसग अन्तरसम्बन्धित छन् । जस्तो विकास पाउने पक्षले माग गरेका आयोजनाहरु विकास पु¥याउने पक्षले तर्जुमा गर्ने, वार्षिक योजनामा समावेश हुने, त्यसरी समावेश भएका आयोजनाका लागि आवश्यक पर्ने वित्तीय, प्राविधिक वा क्षमता विकासको काममा सहयोग पु¥याउने पक्षले सघाउने र विकास अवलोकन गर्ने पक्षले सचेतना, पैरवी वा निगरानीको भूमिकाबाट विकासलाई जनतामैत्री र नतिजामुखी बनाउन आफ्नो संलग्नता जोड्छन् । यसरी सरोकारवालाको जिम्मेवारी बहन हु“दा विकास व्यवस्थापन सन्तुलित हुन गइ अपेक्षित नतिजा हासिल गर्न सहज हुन्छ । त्यसैले राष्ट्रिय जीवनका कुनै पनि अङ्ग वा नागरिक विकासमा अछुतो वा तटस्थ छैन । अतः विकासका आयोजना कार्यान्वयन हु“दा सरोकारवालाका बीचमा मर्यादित र परस्पर सहयोगी सम्बन्ध स्थापित भएर बुझाइमा समझदारी, रोजाइमा सहमति र गराइमा सहकार्य हुन सकेमा विकास प्रक्रियाले गति लिन र प्रगति दिन सक्छ ।

नेपालमा विकास–सरोकारवालाबारेको बुझाइमा देखिएको आत्मपरक दृष्टिकोणले गर्दा विकास व्यवस्थापन सधै प्रश्नको घेरावन्दीमा फस्ने गरेकोे छ । बराबर लफडावाजी भइरहने कारणले गर्दा विकास व्यवस्थापकहरुको निर्णय क्षमता पनि कमजोर बन्दै गएको छ । एकाध साहसी व्यवस्थापक अघि सर्दा पनि नाना किसिमका झमेलामा पर्ने गरेबाट व्यवस्थापकीय क्षमता ह्रास हुदै गएको छ । आखिर विकासले दिने प्रतिफलको लाभ उपभोग गर्ने हक सबैले बराबर पाउछन् । तथापि विकास आयोजनाको कार्यान्वयनका दौरान सरोकारवालाको रुपमा आफ्ना पक्षधरता निश्चित गरेर जिम्मेवारी बहन गर्नुको साटो प्रायशः विकास पु¥याउने पक्षलाई प्रश्न तेस्र्र्याएर विकासको विरुवालार्ई भा“च्ने वा मर्काउने कसरतमा लागेकोे देख्न पाइन्छ । यो सङ्कीर्ण स्थितिबाट उम्केर विकासका चार सरोकारवाला मध्ये जिम्मेवारीका हिसावले आफू जुन कित्तामा पर्ने हो त्यसैमा सरिक भएर विकास प्रक्रियालाई तीब्र पार्न सबैजना जुट्नुपर्दछ । विकासबाट अलग कोही पनि रहन सक्दैन । यही सत्य बुझाइका साथ अघि बढ्दा हाल व्याप्त दोषदर्शिताको रुखो स्वभावमा परिवर्तन भइ दूरदर्शिताको शाश्वत चरित्र समाजमा स्थापित हुनेछ । त्यसैबाट विकास प्रक्रियाले लय र ताल पकडेर गति तीब्र पार्नेछ र समृद्धिको यात्रा सार्थकरुपमा अघि बढ्नेछ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top