Free songs
Home / समाचार / प्रमुख समाचार / वर्षकै पहिलो हिमपात : जनजीवन कष्टकर, किसानहरु खुशी

वर्षकै पहिलो हिमपात : जनजीवन कष्टकर, किसानहरु खुशी

हिमपातका बीच दोस्रो त्रैमासिक परीक्षामा सामेल हुन आएका पुथा हिमाल मावि मैकोट रुकुम पूर्वका बालबालिका  । तस्विरः हस्तिमान पुन

युगबोध समाचारदाता

घोराही। यो वर्षको पहिलो हिमपातले हिमाली तथा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। तराईका जिल्लामा समेत चिसो बढेको छ।

आइतवार रातिदेखि पश्चिम नेपालमा हिमपात शुरु भएको हो। हिमपातले पाच नम्बर प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा सबैभन्दा धेरै प्रभावित गरेको छ। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउपालिकाका सबै गाउमा भारी हिमपात भएको छ। त्यस्तै भूमे र सिस्ने गाउमा पनि हिमपात भएको का“क्रीबाट पत्रकार जयमान बुढाले जानकारी दिनुभयो।

हिमपातका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। यद्यपि यही समयमा अधिकांश विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा चलेकाले बालबालिका चिसोले कठ्यांग्रिदै विद्यालय आएका थिए। गएका वर्षहरुमा अलि ढिला हिमपात हुने भएकाले पुसभित्रै सकिने गरी परीक्षा राखे पनि पहिले नै हिमपात हु“दा परीक्षा प्रभावित भएको विद्यालयहरुले जनाएका छन्। सिस्ने र पुथा हिमालको नजिक पर्ने क्षेत्र सबैभन्दा बढी हिमपातबाट प्रभावित बनेको रुकुम पश्चिम सहकर्मी धनकुमार शाहीले जानकारी दिनुभयो।

रुकुम पश्चिमको माथिल्लो वस्तीमा पनि हिमपात भएको छ। सदरमुकाम मुसीकोटनजिकका डाडाहरुमा हिमपात भएको र मध्यपहाडी लोकमार्गका कारण आवागम सहज भएकाले सदरमुकाम बस्ने धेरैले यो वर्षको हिमपातमा रमाइलो गर्ने मौका पाए। उनीहरु हिउ“ खेल्न सदरमुकामबाट मोटरसाइकलबाट साखको धुरी र गर्पालेकसम्म पुगेका थिए।

रोल्पामा पनि भारी हिमपात भएको छ। माथिल्लो क्षेत्र थवाङ, गाम, सेरमलगायतका ठाउमा सधै हिमपात हुने भए पनि लिवाङ नजिककैका घमिरे लेकमा पनि भारी हिमपात भएको रोल्पा सहकर्मी देवी गुरुङले जानकारी दिनुभयो। पहाडी वस्तीमा हिमपात र तल्लो वस्तीमा लगातार पानी परिरहेको उहाले बताउनुभयो। यो वर्ष सल्यानका केही भागमा पनि हिमपात भएको छ। रुकुम, रोल्पा र सल्यानको सिमाना बाफूखोला तथा कुमाख क्षेत्रमा भारी हिमपात भएको छ।

कर्णालीमा जनजीवन कष्टकर
आइतवार राति ८ बजेदेखि भएको हिमपातले साविक कर्णालीका पाचै जिल्लाको जनजीवन प्रभावित बनेको छ। हिमपातले तापक्रम माइनस १५ भन्दा तल झरेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतवार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउ“मा दुई फिटसम्म हिउ“ जमेको छ।

हिमपातले उत्तरी क्षेत्रका सबै गाउको तापक्रम माइनसमा झरेको छ। आइतवार रातिदेखि निरन्तर भएको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउ, स्याडा, हेप्क्का र बरगाउ, सिमकोटलगायतका गाउमा जाडो निकै बढेको छ। कर्णालीमा भने यो वर्षको दोस्रो हिमपात हो। यसअघि पनि हिउ परेको थियो। हिमपातले उत्तरी छिमेकी देश चीनसग सीमा जोडिएको हुम्लाको नाम्खा गाउपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउ“पालिकाको मुचुका लाप्का लामाले जानकारी दिनुभयो।

उहाका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउ जमेकाले घरबाट बाहिर निस्किनसमेत समस्या भएको छ। हिमपातसगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै सुख्खा घास हालेर राखिएको छ।

मङ्सिर महिना शुरु भएदेखि नै तापक्रम माइनसमा गएको कर्णालीमा यो हिमपातले चिसो अत्यधिक बढ्नुका साथै तापक्रम माइनस १० नाघेको हुम्लाका प्रहरी प्रमुख डिएसपी रवीन श्रेष्ठले जानकारी दिनुभयो। उहाका अनुसार यो पटक भएको हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नभए पनि अत्यधिक चिसोले जनजीवन भने निकै प्रभावित बनाएको छ।

किसानमा खुशियाली
हिमपातले केही दिन जनजीवन कष्टकर हुने भए पनि किसान भने खुशी भएका छन्। गएको असोज अन्तिम सातादेखि राम्रोस“ग पानी नपर्दा गहु“ बाली बिग्रने चिन्तामा रहेका किसानहरु हिमपातपछि खुशी भएका छन्। हिउले खाएको खेतीपाती राम्रो हुने गरेको किसानहरुको अनुभव छ। गहु“मा फूल नलाग्दै हिउ“ पर्ने वर्ष उत्पादन बढ्ने किसानको विश्वास छ।

विज्ञहरु पनि वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पुग्ने बताउछन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ वैज्ञानिक हरिकृष्ण उप्रेतीका अनुसार माघभित्र पानी पर्दा र हिमपात हुदा उत्पादन बढ्छ। गहु, जौ, मसुरो तथा तरकारी बालीको लागि यतिबेला हुने हिउ“दे वर्षा निकै फाइदाजनक हुने विज्ञहरुको भनाइ छ। हिउदमा खोलानाला सुक्ने भएकाले हिमाल र पहाडमा बालीनालीलाई वर्षा र हिमपात नै सिंचाईको मुख्य आधार मान्ने गरिन्छ।

दाङमा पनि बर्षा

दाङमा ५ दशमलव ५ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय दाङले जनाएको छ। दाङमा आइतवार साझदेखि पानी पर्न शुरु गरेको हो। दाङमा सोमवारको अधिकतम तापक्रम १८ दशमलव ३ र न्यूनतम तापक्रम ७ डिग्री रहेको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top