Free songs
Home / समाचार / संक्षिप्त समाचार / भिक्टोरिया कलेजमा खेल सप्ताह

भिक्टोरिया कलेजमा खेल सप्ताह

घोराही (युस)– भिक्टोरिया कलेज घोराहीमा जारी खेल सप्ताहको दोस्रोदिन विभिन्न खेलहरु सम्पन्न भएका छन्।

आइतवारदेखि शुरु भएको खेल सप्ताह पुस २९ गते पुरस्कार वितरण गरी समापन गरिने खेल सप्ताह आयोजक सातौंै सेमेस्टर युनिटी ग्रुपका सि आर प्रतिभा ठाकुर र प्रवीण पोख्रेलले जानकारी दिनुभयो। उहाहरुका अनुसार खेल सप्ताहमा विशेष गरी फूटबल, क्रिकेट, टेबुल टेनिस, कुर्सीदौड लगायतका खेलहरु सञ्चालन हुनेछन््।

२२ गते भएको टेबुलटेनिस खेलमा छात्रातर्फ अनुजा रावत प्रथम, श्रद्धा ज्ञवाली द्वितीय र विपना अधिकारी तृतीय भएका छन्। त्यस्तै चेसमा कविता केसी प्रथम, रञ्जु शर्मा द्वितीय भएका छन्।

छात्रतर्फ चेस खेलमा विवेक चौधरी प्रथम, कमल आचार्य द्वितीय र दिनेश पाण्डे तृतीय भएका छन्। टिलोमा भने पाचांै सेमेस्टर प्रथम भएको छ। टेबुल टेनिसमा छात्रतर्फ रविन नगरकोटी प्रथम, प्रकाश पौडेल द्वितीय र कमल आचार्य तृतीय भएका छन्। त्यस्तै आइतवार भएको तेस्रो सेमेस्टर र पाचांै सेमेस्टरको टिलो खेलमा पाचांै सेमेस्टरले जितेको छ। यसैगरी सातांै सेमेस्टर र
तेस्रो सेमेस्टरबीच भएको खेलमा तेस्रो सेमेस्टर विजयी भएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top