Free songs
Home / समाचार / संक्षिप्त समाचार / बेवारिसे भ्रुण फेला

बेवारिसे भ्रुण फेला

घोराही (युस)– घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुनडाडा डाफे टोलमा हत्या गरी फालिएको अवस्थामा करिब तीन महिनाको मानव भ्रुण फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार दुई दिनअघि नै हत्या गरी फालिएको जस्तो देखिने करीव तीन महिनाको भ्रुण फेला परेको जानकारी दिनुभयो।

खेतमा हत्या गरी फालिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई जानकारी दिएको उहाले बताउनुभयो। तीन महिना जतिको भ्रुण रहेकाले लिङ्ग भने नखुलेको उहा“को भनाइ छ। घटनास्थलबाट प्रहरीले उक्त भ्रुणलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो।
उक्त भ्रुणको हत्या गरिएकाले घटनाको अनुसन्धान जारी राखिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम गर्भवती महिला र गर्भमा रहेको भ्रुणको स्वास्थ्य जोखिममा रहे १८ हप्तासम्मको गर्भ सुरक्षितरुपमा पतन गराउन सकिने कानुनी मान्यता छ। तर उक्त भ्रुण हत्या गरी फालिएको उहा“ले बताउनुभयो।

गैरकानुनीरुपमा तीन महिनासम्मको गर्भ फालेमा एक वर्ष कैद र दश हजार जरिवाना र ३ देखि ६ महिनासम्मको गर्भ गैरकानुनीरुपमा पतन गरे तीन वर्ष कैद र ३० हजार रुपैया जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको उहाले बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top