Free songs
Home / फिचर समाचार / घोराहीमा चिया र उँखुको जुस एउटै मूल्यमा

घोराहीमा चिया र उँखुको जुस एउटै मूल्यमा

गोविन्द खड्का

घोराही। एक कप चियाको मूल्य २० रुपैया पर्छ। घोराहीमा उखुको जुस २५ रुपैयामा एक गिलास पाइन्छ। चिया सानो गिलास वा कपमा हुन्छ। उखुको जुस प्लाष्टिकको ठूलो गिलासमा बेचिन्छ। यसरी मिलाउ“दा चिया र उखुको जुसको मूल्य घोराही बजारमा बराबरी हुन आउने गरेको छ।

घोराही–१७ कर्जाहीमा रुकुमका मनराज बाठाले सात विगाह जग्गामा उखु खेती गर्नुभएको छ। अहिले साढे दुई विगाह जग्गाको उखु अर्कालाई दिएको बताउनुहुन्छ। उहाले पाच विगाह जग्गामा रहेको उखु पेलेर जुस बेच्न थाल्नुभएको छ। आफ्नै बारीको उखु पेलेर जुुस बेच्न अर्का एक जनालाई पनि खेतमै मेसिन राख्न लगाउनुभएको छ। तिनले डा“ठको मूल्य तिर्छन् र जुस बेचेर फाइदा कमाउछन्।

उखुको मूल्य वार्षिक घट्दो छ, खेती बढ्दैछ। उहाले खेती थालेपछि २१ जना भन्दा बढीले बीउ लगेका छन्। तिनले पनि विगौ विगाह जग्गामा उखु खेती गरेका छन्। हरेक वर्ष बेचेर उब्रिएको उखु बीउका लागि बिक्री गरिन्छ। त्यसो गर्दा सबैतिर व्यापक फैलिएको छ। दैनिक १६ हजारसम्मको बिक्री हुने उखु चार पाच हजारमा झरेको बाठा बताउनुहुन्छ। जुसको बिक्री पनि त्यही अनुपातमा खस्किदै गएको छ। यसरी घट्ने हो भने उखुको पेशा गतिलोस“ग  चल्दैन।

पहिलोपटक एक विगाह जग्गामा परीक्षणका लागि उखु खेती थाल्नुभएको थियो। वरपरका खेत बा“झै देखिने बेला बा“ठाको बारीमा रहरलाग्दा उखुका बोट थिए। घोराही–धारपानी सडकको किनारैमा खेती थाल्नुभएको थियो। सबैको नजर त्यसैमा पथ्र्यो र हरेक मान्छे लोभिन्थे।

पश्चिम रुकुम दुलीमा स्थायी घर भएका बा“ठा व्यावसायिक खेतीकै लागि दाङ झर्नुभएको थियो। बाहिरबाट आएकाले यत्रो प्रगति गरे भनेर अरुहरु पनि हौसिए। बाठाले सात विगाह जग्गामा विस्तार गर्दा अरुले पनि एक दुई विगाह जग्गामा उखु खेती थाले। जसले रोप्यो उसको बारीमा सोचेभन्दा राम्रो फष्टायो।

एक पटक रोपेपछि पाच वर्षसम्म उत्पादन दिन्छ। सिंचाई सुविधा भएको खेतीयोग्य जमिन फेला परेको थियो। गतिलो लाभ लिन सकिने बा“ठाले आशा गर्नुभएको थियो। गत सिजनमा दुई ट्रक काठमाडांै र बा“की चिनी मिलमा पठाएको बा“ठाले जानकारी दिनुभयो। सोचे भन्दा बढी उत्पादन भयो।

गत वर्ष बजारमा पनि उखु पेल्ने मेसिन चलेको बाठाले भेटाउनुभएको थियो। तिनीहरु पनि केही हप्ता भन्दा बढी टिकेनन्। अहिले पनि अलि– अलि बजार लगेर बेचिन्छ। एकजनाले बाह्रकुनेमा लगेर उखु पेल्ने मेसिन चलाउनुभएको छ। तर पनि उखुको खपत अपेक्षित बढेको छैन। मेसिनलाई मात्रै दुई लाख पर्छ। मासिक छ हजार व्याजै तिर्नुपर्छ। थोरै बिक्रीले फाइदा आउ“दैन। त्यसैले अब उखु खेतीको व्यवसायबाट अर्कोतिर लाग्ने मनस्थिति बनाउनुभएको छ।

उहाका अनुसार रुकुम खाराको एकजना भाइले पाच कट्ठा जग्गामा लगाएर पाच लाखको उखुको बीउ मात्रै बेच्नुभयो। यसरी भने फाइदा उठाउन सकिन्छ। शुक्रवार र शनिवार उखु खानेहरुको हुल बारीमा पस्छ। भित्र छिर्न खोज्छन् तर किनेर खाने पैसा हुन्न। भएको पैसा कोल्ड ड्रिङ्कमा खर्च गरेका हुन्छन्। बाकी पैसा हुदैन। रक्सी अलि बढी खाएर धपेडीमा परेकाले भने एउटैले तीन चार गिलास उखुको जुस खाइदिन्छन्। खानैपर्ने चिज हो भन्ने धारणा बनेको छैन।

पहिलो एक वर्षमा तेब्बर फाइदा उठाउदा बाठा निकै उत्साहित देखिनुभएको थियो। उ“खु विस्तार भयो । बजार फैलिन सकेन। अहिले खेतीबाटै पलायन हुने मनस्थिति बनाउनुभएको छ। उहाका अनुसार दैनिक पा“च छ हजारको जुस बेचिने मेसिनबाट दुई हजार रुपैया“ कमाउन पनि मुस्किल भएको छ। जाडोमा अमिला फल्छन, चुक हुन्छ त्यो शरीरमा पानीको मात्रा बढाउने र इनर्जी दिने हो। त्यति कुरा बुझ्न नसकेको जमात ठूलो छ। सर्दी हुन्छ भन्ने र नखाने गर्छन्। चिसो पानी नखानेहरु शरीमा पानीको अभाव टार्न जुस र फलफूल खानुपर्छ। उ“खुलाई पनि चिसो हुन्छ भनेर नाक खुम्च्याउने ग्राहकहरुमा उल्टो चलन चल्दै आएको छ। फाइदा नहेरी एक कप चियाको मूल्य तिरेर एक गिलास उ“खुको जुस खान कन्जुस्याइ गर्ने धेरै छन्। उक्त सडकखण्डमा चारवटा जति उखु पेल्ने मेसिन छन्। सबैले आफ्नो बारीको डिलमा उ“खु पेल्ने मेसिन राखेका छन्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top