Free songs
Home / सम्पादकीय / स्वस्थ आलोचनाबाट शिक्षा लिनुपर्छ

स्वस्थ आलोचनाबाट शिक्षा लिनुपर्छ

सरकार सञ्चालनको  शै ली, प्रधानमन्त्री, मन्त्री र ने तृत्वमा बस् ने हरुको  गतिविधिलगायतका विविध विषयहरुलाई लिएर सत्तारुढ दल ने कपाभित्र असन्तुष्टि दे खिएको  छ । सार्वजनिकरुपमा सञ्चार माध्यमहरुमार्फत् विभिन्नखाले  अभिव्यक्तिहरु आइरहँदा वरिष्ठ ने ताहरु नै  बै ठक बहिस् कार गनेर्  तहमा उत्रिएका छन् । ने तृत्वमा बस् ने हरुको  बो ली, बचन र व्यवहार नै  असन्तुलित हुँदा थप समस् याहरु सिर्जना भएका छन् । यसबारे  पनि परस् पर विरो धी कुरा आइरहे का छन् ।

जनताले  ने कपालाई झण्डै  दुई तिहाईको  प्रचण्ड जनादे श दिएका हुन् । त्यसै अनुरुप इतिहासमै  सबै भन्दा बलियो  र स् िथर सरकार गठन भएको  आमजनता र विपक्षीसमे तको  बुझाइ थियो  । तर अहिले  सरकारको  क्रियाकलापप्रति पार्टीभित्र आलो चना बढ्दै छ । कमजो र प्रतिपक्षका कारण बाहिरको  माहो ल तात्न सके को  छै न । कञ्चनपुरकी बालिका निर्मला पन्तको  बलात्कारपछिको  हत्याको  घटनालाई रहस् यमय बनाइने  आशंका धे रै ले  गरे का छन् । यसै गरी एक विवादास् पद अन्तर्राष्ट्रिय संस् थाले  काठमाडौ ंमा आयो जना गरे को  ‘एशिया प्यासिफिक समिट’ मा प्रधानमन्त्री र पार्टीका वरिष्ठ ने ताहरुको  भूमिका सन्दे हास् पद र हास् यास् पद भएको  अनुभूति गरिदै छ ।

समग्रमा राज्य (सरकार) सञ्चालन र पार्टी सञ्चालनमा ने तृत्व वर्ग पटक–पटक चुक्न थाले को  छ । विधि (कानुन) को  शासनको  मर्म र भावनाअनुरुप राज्य सञ्चालन हुन नसके को  अनुभूति गरिदै छ । पीडितले  न्याय नपाएको , दण्डहीनता बढे को , सरकारको  गति निकै  सुस् त रहे को , ने ता र उनका वरिपरि घुम्ने हरुको  चरित्र एवं व्यवहार ठीक नभएको  महसुस हुन थाले को  छ । यस प्रकारका आलो चना आइरहँदा त्यसलाई सुधारे र लै जाने  र त्रुटि हुन नदिने  गरी अगाडि बढ्न सक्नुपर्छ ।

सत्तामा बस् ने हरुले  आलो चना सुन्न सक्नुपर्छ । त्यो  लो कतान्त्रिक चरित्र र संस् कारभित्र पर्छ । तर प्रधानमन्त्री स् वयं आफै  अगाडि सरे र बुद्धिजीवीहरुलाई थला पारिदिन्छु भन्नुहुन्छ । राज्य सञ्चालन गनेर्  मुख्य व्यक्ति नै  आरो प प्रत्यारो प वा वादविवादमा उत्रिदा आफ्नो  कद हो चो  हुने  कुरालाई महसुस गर्न जरुरी छ । सत्तामा बस् नुका नाताले  बो ले र है न, गरे र दे खाउन सक्नुपर्छ । बो ले र जित्न खो ज्नु राम्रो  हो इन । बो ल्ने , विरो ध गनेर् , सदन–सडकमा आवाज उठाउने  काम त प्रतिपक्षको  हो  । तर अहिले  प्रतिपक्ष निदाएको  जस् तो  दे खिएको  छ ।

के ही निराशाका बाबजुद पनि जनताका धे रै  अपे क्षा र आकांक्षाहरु छन् । स्थानीय, प्रदे श र के न्द्रमा गरी तीनथरिका सरकार बने का छन् । प्रदे शले  अधिकार नपाएजस् तो  र स् थानीय तहले  धानीखान नसक्ने  जस्तो  दे खिदै छ । संघीयताको  मर्मअनुरुप प्रदे शलाई अधिकार दिन ढिलाइ वा कञ्जुस् याइ“ भइरहे को  महसुस हुन थाले को  छ । संविधानले  निर्दिष्ट गरे अनुरुप कानुनहरु निर्माण गरे र अधिकार र कार्यक्षे त्रबारे  भविष्यमा कुनै  विवाद नहुने  गरी निकास खो ज्नुपर्छ । अन्यथा सरकार–सरकारबीच द्वन्द्व सिर्जना भएर संघीयता नै  अफाफसिद्ध हुने  खतरा रहन्छ ।

दुई तिहाई बहुमत प्राप्त स् िथर र बलियो  सरकारले  सिंगो  राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको  यात्रालाई सार्थक बनाउने  गरी काम गर्न सक्नुपर्छ । तर अहिले  त सत्तारुढ दल (ने कपा) भित्रै  असन्तुष्टिहरु चुलिदै  गएका छन् र एकताको  वातावरण बिग्रदै  जाने  अवस् था दे खिएको  छ । सत्तामा भागबण्डा नपाएर असन्तुष्टि दे खिएको  हो  भने  त्यो  गलत कुरा हो  । नीति, सिद्धान्त, विचारप्रति प्रतिबद्ध र इमानदार बनाउनका लागि आलो चना गरिएको  हो  भने  त्यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।

समग्रमा सरकार गतिहीनतामा अल्झनु हुँदै न । इमानदारिता र निष्ठा हुने  हो  भने  जतिसुकै  कठीन काम गर्न गाह्रो  पदैर् न । प्रधानमन्त्रीले  कम्तिमा मन्त्रिमण्डल स् वच्छ राख्न सक्नुपर्छ । विवादित काममा अल्झने  परिस् िथति आउन दिनुहुन्न । राज्य सञ्चालनका क्रममा भएका त्रुटिलाई सच्याउँदै  जानुपर्छ । स्वस्थ आलो चनाबाट शिक्षा लिन सक्नुपर्छ । त्यो  हुन सक्यो  भने  असन्तुष्टिका स्वरहरु क्रमशः मत्थर हुँदै  जाने छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top