Free songs
Home / फोटो ग्यालरी / जनता माविको  वार्षिकोत्सव

जनता माविको  वार्षिकोत्सव

युगबो ध समाचारदाता

गढवा  । जनता माध्यमिक विद्यालय गढवाको  ५८ औ ं वार्षिको त्सव बुधवार विविध कार्यक्रमका साथ सम्पन्न भएको  छ ।

विद्यालय ब्यवस् थापन समितिका अध्यक्ष गणे शकुमार कुमालको  अध्यक्षता र गढवा गाउपालिकाका उपाध्यक्ष शान्ति चौ धरीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले  विद्यालयको  प्रगति प्रतिवे दन प्रस्तुत गर्नुभएको  थियो  ।

कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि चौ धरीले  यस विद्यालयले  विगतको  तुलनामा राम्रो  शै क्षिक गुणस् तर कायम गर्न सफल भएको  भन्दै  विद्यालयको  भौ तिक तथा शै क्षिक विकासका लागि गाउपालिकाको  सहयो ग सदै व रहने  प्रतिबद्धता जाहे र गर्नुभएको  छ । २०१७ सालमा गढवाको  मानपुरबाट विश्वे श्वरप्रसाद चौ धरीले  ने पाल राष्ट्रिय पाठशालाको  नामबाट स् थापना गरे को  सो  विद्यालयले  हाल ५८ वर्षमा पाइला टे के को  छ ।

सो  अवसरमा विद्यालयका पूर्वअध्यक्ष एवं सल्लाहकार खिमानन्द पाण्डे , पूर्वअध्यक्ष तथा पुरस् कार संस्थापक रे शम बिसी, गढवा बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष रामप्रसाद गै रे , विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष दीनमणि आचार्य, शिक्षाप्रे मी, बुद्धिजिवी तथा समाजसे वीहरु ते जप्रसाद न्यौ पाने , कपिलदे व खनाल, जगतराम यादव, गुणनिधि शर्मा, पूर्वअध्यक्ष भगवती प्रसाद चौ धरी, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गो ले , दे उखुरी सामुदायिक पुस् तकालय तथा स्रो त के न्द्र गढवाका अध्यक्ष गिरिराज भट्ट, गढवा उद्यो ग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, शुभतारा बो र्डिङ स्कूलका प्रिन्सिपल विकास रजौ रे  र विद्यार्थीहरु के शव अधिकारी तथा जिन्नत सिद्दिकीलगायतले  बो ल्नुभएको  थियो  ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट छात्रछात्राका अभिभावकहरु नरे श्वर भुसाल र रामु गिरीलाई विद्यालयले  अभिनन्दन गरे को  थियो  ।

कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुद्वारा विद्यालयमा स् थापना गरिएका पुरस् कारहरुबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको  थियो  ।

जसमध्ये  कतार दे उखुरी सम्पर्क समाजले  स् थापना गरे को  हरिबहादुर बस् ने त स् मृति पुरस् कारबाट सुदीन भुसाल, विद्यालयका पूर्वअध्यक्ष रे शम बिसीद्वारा स् थापना गरिएको  शो भाखर शो भादे वी स् मृति पुरस् कारबाट गरिबलाल चौ धरी, हो तराज आचार्य, दीनमणि आचार्य र रविलाल आचार्यले  स् थापना गरे को  फर्सुराम सुमकला स्मृति पुरस्कारबाट शर्मिला चौ धरी र हिमाल पौ डे ल तथा हे मराज पण्डित, शान्तराज पण्डित, नारायण पण्डित र तीर्थराज पण्डितले  स्थापना गरे को  ऋषिराम पण्डित स्मृति पुरस्कारबाट आशीर्वाद चौ धरीलाई पुरस्कृत गरिएको  छ ।

यसै गरी वर्षभरिको  पठनपाठनमा विद्यालय प्रथम हुने  कल्पना गिरी, अनुशासित रिना बुढा र सरसफाइमा के शव अधिकारी तथा जिन्नत सिद्दिकीलाई पुरस् कार प्रदान गरिएको  थियो  ।

सो  अवसरमा विविध भे षभूषा झल्किने  सांस् कृतिक झाकीहरु समे त प्रस् तुत गरिएको  थियो  ।

विद्यालयका शिक्षक सुदीप किरण आचार्यको  स्वागत मन्तब्यबाट शुरु भएको  वार्षिको त्सव समारो हको  सञ्चालन शिक्षक ठाकुरप्रसाद खनालले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top