Free songs
Home / सम्पादकीय / तिहारको शुभकामना

तिहारको शुभकामना

तिहार शुरु भएको  छ । हिन्दू धर्मावलम्वीहरुले  वडा दशै ंपछि मनाउने  अर्काे  ठूलो  र महत्वपूर्ण चाड तिहार हो  । दशै ंजत्तिकै  तिहार पनि उत्साह र उमंगका साथ मनाउने  गरिन्छ । पाँच दिनसम्म मनाइने  भएको ले  तिहारलाई यमपञ्चक पनि भनिन्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गो बद्र्धन पूजा र भाइटीका तिहारका मुख्य आकर्षण हुन् । तिहार भन्नासाथ सबै ले  सम्झने  भने को  बत्तीको  झिलीमिली, फूलै फूल, दे उसीभै लो , भाइटीका, विभिन्न थरिका रो टीलगायत हुन् । तिहारलाई उज्यालो को  पर्वको  रुपमा पनि लिइन्छ । यो  पर्वमा घरलाई झिलीमिली बत्तीले  सिँगारे र उज्यालो  बनाउने  परम्परा छ । झिलिमिली बत्ती, दे उसी भै लो ले  यसको  साँस् कृतिक पक्ष झल्काउँछन् । समूह बनाई घर–घरमा खे लिने  दे उसीभै लो  सामाजिक सद्भाव बृद्धिका लागि महत्वपूर्ण छ ।

त्यस्तै  भाइटीका चे ली–माइतीबीच सम्बन्ध प्रगाढ बनाउने  माध्यम पनि हो  । घर सिँगार्ने  र दे उसी–भै लो  खे ल्ने  चलन हिन्दूइतर समुदायमा पनि व्यापकरूपमै  दे खिन्छ । जागिर, व्यवसाय, अध्ययन अथवा विभिन्न कारणले  घरपरिवारबाट टाढा हुने हरु चाडपर्वको  अवसरमा एक ठाउँमा जुट्ने  मौ का मिल्ने  भएको ले  पारिवारिक एवं सामाजिक सुसम्बन्ध कायम राख्न पनि यस् ता चाडपर्वको  विशे ष महत्व हुन्छ । त्यसै ले  पनि चाडपर्वले  हरे कलाई रो माञ्चित बनाइराखे को  हुन्छ । कुनै  न कुनै रुपमा हरे कलाई खुशी प्रदान गरे को  हुन्छ ।

बदलिँदो  समय र परिवे शअनुरूप चाडपर्व मनाउने  शै ली फे रिँदै  गएको  दे खिन्छ । घर साजसज्जा, किनमे ललगायतका कारण तिहार खर्चिलो  बन्दै  पनि गएको  छ । विशुद्ध मनो रञ्जनका रूपमा लिइनुपर्ने  दे उसी–भै लो लाई कतिपयले  अर्थ संकलनको  माध्यम पनि बनाउने  गरे का छन् । तिहारको  बे ला दे उसी भै लो  खे ले र कतिले  सामाजिक कार्यका लागि अर्थ संकलनको  अवसरको  रुपमा उपयो ग गनेर्  गरे का छन् भने  कसै  कसै ले  दे उसी भै लो  खे ले र उठाएको  पै सा खानपिन मो जमस् तीमा खर्चने  गरे का छन् । दे उसी भै लो को  नाममा कसै लाई मर्का पनेर् गरी पै सा उठाउने  कामलाई बढावा दिनु राम्रो  हो इन । पै सा उठाउने  गलत प्रचलनलाई रो क्न कतै –कतै  त दे उसी भै लो लाई दिने  दक्षिणा पहिल्यै  निर्धारण गनेर्  गरिएको  समे त दे खिन्छ । दे उसी भै लो को  नाममा पै सा उठाउने  विकृति बढ्न नदिन यसरी दक्षिणा निर्धारण गनेर्  प्रचलन गाउँ समाजमा चलाउनु राम्रो  हो  । त्यस् तै  तिहार कतिपयका लागि जुवा–तास खे ल्ने  पर्व पनि बने को  छ । तिहारमा पटकाको अत्यधिक प्रयो ग हुन्छ । यो बिस् फो टक पदार्थले  दुर्घटना निम्त्याउने  जो खिम पनि उत्तिकै  हुन्छ । प्रहरी–प्रशासनले  बिस् फो टक पदार्थ बे चबिखनमा निषे ध गरे  पनि प्रयो ग घटे को  दे खिँदै न । यस् ता विकृतिहरू हटाउँदै  र मौ लिकता जो गाउँदै  सभ्य र सुसंस् कृतढंगले  तिहार मनाउन सके  चाडपर्वको  ओ ज बढ्छ । तिहार किनमे ल बढी हुने  चाड पनि हो  । यही मौ कामा कतिपयले  मनो मानी मूल्य राखे र उपभो क्ता ठग्ने  गरे को  पाइन्छ । त्यस् तै  तिहारमा मिठाईको  व्यापार धे रै  हुन्छ । तर कतिपय व्यापारीले  मिठाईमा स् वास् थ्यमै  असर पार्ने खालका अखाद्य रङ मिसाउने  गरे को  पाइन्छ । अनुगमन र कारवाही गर्ने  निकाय कमजो र हुँदा नै  बजार लापरवाही बन्ने  हो  । त्यसै ले  यस् ता चाडपर्वका बे ला सम्बन्धित निकायले  थप निगरानी राख्न जरुरी छ ।

तिहार दाजुभाइ दिदीबहिनीको  विशे ष पर्वको  रुपमा ने पालीहरुमाझ स् थापित छ । भाइटीकाको  दिन दिदीबहिनी दाजुभाइबीच टीका लगाएर एक अर्काको  दीर्घायु एवं सुस् वास् थ्यको  कामना गरिन्छ । यसले  दाजुभाइ दिदीबहिनीबीचको  सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । भाइटीकामार्फत तिहारले  एकातिर दाजुभाइ तथा दिदीबहिनीबीचको  आत्मीय, पवित्र र स् ने ह सम्बन्ध दे खाउँछ भने  अर्काे तिर काग तिहार, कुकुर तिहार, गो बद्र्धन पूजा गरे र मानव तथा पशुबीचको  सम्बन्धको  चित्र प्रस्तुत गर्दछ । तिहारलाई सहज र सरलरुपमा मनाऔ ं । अत्यधिक झिलीमिली बत्ती बाल्दा लो ड धान्न नसके र विद्युत गइरहने  अवस् था ल्याउनु भन्दा आयातित झिलीमिली बत्तीको  ठाउँमा परम्परागत दियो लाई प्राथमिकता दिऔ ं । सामाजिक, साँस्कृतिकरुपले  महत्वका साथ मनाइ“दै  आएको  चाड तिहारको  अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हाम्रो  पनि शुभकामना ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top