Free songs
Home / समाचार / प्रमुख समाचार / दुर्घटनामा ६ जनाको मृत्यु, मृत्यु हुनेमा दाङका पाँच र सल्यानका एक

दुर्घटनामा ६ जनाको मृत्यु, मृत्यु हुनेमा दाङका पाँच र सल्यानका एक

कुमार श्रे ष्ठ

बाके  । पूर्व–पश्चिम महे न्द्र राजमार्गको  बा“के  खण्डमा शनिवार बिहान भएको  सवारी दुर्घटनामा छजनाको  मृत्यु भएको  छ भने  १७ जना घाइते  भएका छन् ।

राप्ती सो नारी गाउपालिका–२ मुगुवाखो ला नजिक हाइस (सानो  माइक्रो बस) र ट्रक ठो क्किदा हाइसमा रहे का छजनाको  मृत्यु भएको  हो  । दाङबाट को हलपुरतर्फ आइरहे को  रा १ ज १६६२ नम्बरको  हाइस र को हलपुरबाट दाङतर्फ गइरहे को  लु १ ख ७७२९ नम्बरको  ट्रक ठो क्किएका थिए । दुर्घटनामा चारजनाको  घटनास् थल र दुईजनाको  उपचारको  क्रममा मे डिकल कले ज को हलपुरमा मृत्यु भएको  थियो  ।

मृत्यु हुने मा दाङका पा“चजना र एकजना सल्यानका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाके का इञ्चार्ज प्रहरी निरीक्षक हिरेन्द्र रो कायका अनुसार, पश्चिम दाङकी ३० वर्षीया तुलसी रावत, दाङ तुलसीपुर नगरपालिका–८ की आठ वर्षकी बसन्ती चौ धरी, तुलसीपुरकै  ५० वर्षकी नारायणी श्रे ष्ठ, गाडी चालक तुलसीपुरका शुभन चौ धरी, शान्तिपुर–७ दाङकी ५१ वर्षीया मनकुमारी रावत र सल्यान शारदा नगरपालिका–५ का ३० वर्षीय द्रो ण बुढाथो कीको  मृत्यु भएको  छ ।

दुर्घटनामा १७ जना घाइते  भएका छन् । उनीहरु सबै को  मे डिकल कले ज को हलपुरमा उपचार भइरहे को  छ । घाइते हरुमा दाङका प्रकाश ओ ली, अञ्जली पुन, मनकुमारी ओ ली, मो हनराज जो शी, प्रे म बुढा, अञ्जली वर्मा, कल्पना बस् ने त, टे कबहादुर सुनार, ईश्वरी ओ ली, कृष्ण रिजाल, गीताकुमारी भण्डारी, धनी डागी, इन्दिरा के सी रहे का छन् । त्यस्तै , सल्यानका चन्द्रकला पुन, मीना यो गी, रो ल्पाका राजकुमारी रो का, कर्णबहादुर बुढा घाइते  भएका छन् । दाङका ईश्वरी ओली गम्भीर घाइते  भएका छन् ।

‘तीब्र गतिको  गाडीले  ओ भरटे क गर्दा दुर्घटना’

तीब्र गतिमा रहे को  हाइसले  अकोर्  गाडीलाई ओ भरटे क गरे र अगाडि बढ्दा विपरीत दिशाबाट आएको  ट्रकस“ग ठो क्किएको  घटनास् थलमा पुगे का प्रहरी निरीक्षक रो कायले  बताउनुभयो  । ‘एउटालाई ओ भरटे क ग¥यो , उताबाट आएको  अकोर् लाई ख्याल गरे न, तीब्र गतिमा भएका कारणले  दुर्घटना भयो ’– प्रहरी निरीक्षक रो कायले  भन्नुभयो  ।

घाइते  टे कबहादुर सुनारले  हाइस तीब्र गतिमा रहे को  र एउटा ट्रकलाई उछिने र अगाडि बढ्दा अकोर्  ट्रकसग ठो क्किएको  जानकारी दिनुभयो  । सुनार भाग्यले  बाचे का छन् । हाइसको  अगाडि बसे का सुनारलाई एक महिलाले  आफूलाई पछाडी बस् दा उल्टी हुन्छ भने पछि उनलाई अगाडि बस् न दिएर आफू पछाडि गएका थिए । दुर्घटनामा अगाडि बसे की ती महिलाको  मृत्यु भयो  ।

प्रहरीले  ट्रक चालकलाई नियन्त्रणमा लिएको  छ । बिहान नौ  बजे  दुर्घटना हुने  बित्तिकै  ने पालगञ्ज र को हलपुरबाट प्रहरी टो ली गएर घाइते हरुको  उद्धार गरे का थिए ।

दुर्घटनापछि घटनास् थलमै  मृत्यु भएका चारजनामध्ये  तीन जनाको  शव बसे कै  ठाउ“मा थियो  । एकजनामात्रै  तल खसे का थिए । चालक आफ्नै  सीटमा च्यापिएका थिए । ‘हाइस अति नै  तीब्रगतिमा आएको  दे खिन्छ’– घटनास्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय को हलपुरका मुद्दा फाटका प्रहरी नायव निरीक्षक सुरे न्द्र पन्तले  भन्नुभयो – ‘चालक ठाउको  ठाउमा च्यापिएका थिए । घटनास्थलमै  मृत्यु भएका चारमध्ये  तीनजना आफ्नै  सीटमा थिए । हाइसले  ब्रे क हाने को  दे खिदै न ।’ घाइते हरु अधिकांशको  अवस् था सामान्य रहे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top