Free songs
Home / विचार / पर्यावरण दोहनले निम्त्याउने संकटका संकेतहरु

पर्यावरण दोहनले निम्त्याउने संकटका संकेतहरु

शिवराज पन्थी

वायुमण्डलको ओजोन तहमा कार्वनडाइअक्साइडको अधिकतम उत्सर्जनले सूर्यबाट पृथ्वीमा आएको प्रकाश परावर्तन हुन नदिनु र पृथ्वीमा ताप सोस् ने क्षमताको ह्रास हुनुले पृथ्वी सगसगै  समुद्र समेत तात्तिएको जलवायु विज्ञहरुको ठहर छ । आज विश्वस्तरमै  पृथ्वीको तापमान यति धेरै  खतरनाक ढंगले बृद्धि भइरहेको छ कि १९९० को दशक सबै भन्दा बढी गर्मी भएको प्रमाणित भइसकेको छ । पृथ्वीको सतह तात्नुको पछाडि समुद्रको पानी तात्नु हो । विश्वस्तरमा भइरहेको उद्योगधन्दा र कलकारखानाहरुको तीब्र विकासले ती उद्योगहरुबाट निस् िकएको प्रदूषित ग्यास, अनिवार्य भन्दा पनि अत्यधिक प्रयोग भइरहेका सवारीका साधनहरुबाट निस् िकने प्रदूषित धुवा, बढ्दो जनसंख्या, वन वातावरण र जै विक विविधता अर्थात् प्राकृतिक स्रोत साधनमाथिको अनियन्त्रित दोहनका कारण विश्व स्तरमै  जलवायु परिवर्तनका अनिष्ट संकेतहरु देखा पर्न थालेका छन् । जसले गर्दा मानव तथा जीवजन्तुको जीवनमाथि ठूलो संकट निम्तिने खतरा उत्पन्न भएको छ ।

तीन वर्षअधि भारतमा पर्यावरण विज्ञहरुबाट गरिएको एक अध्ययनले सन् २०३५ सम्ममा प्रायः सबै  हिमनदीहरु लोप हुने बताएको छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा बनेको अन्तर सरकारी जलवायु परिवर्तन अनुकूलन समितिद्वारा गरिएको संसारभरका ३०९ जना पर्यावरणविज्ञ र वै ज्ञानिकहरुको एक अध्ययनअनुसार विश्वमा ठूलो परिमाणमा कार्बनडाइअक्साइडको उत्सर्जनले स–साना (नेपाल, बंगलादेश, भुटान, मालदीभ्सजस् ता) गरिब मुलुकका कृषि जै विक विविधता नष्ट हुने र अस् ितत्व नै  जोगाउन गाह्रो हुनेछ । बंगलादेशको बढीजसो जमिन समुद्र सतहबाट जम्मा २० फिटको उचाइमा रहेको छ । बढ्दो तापक्रमस“गै  हिमश्रृंखलाहरु पग्लिन थालेपछि समुद्रको जलस् तर माथि उठ्नेछ र स् वभावै ले मानव वस् ती डुब्ने छ ।

एक अध्ययन अनुसार आगामी ३५ वर्षसम्ममा तापमान बृद्धिका कारण बंगलादेशलगायत समुद्र सतहका खाडी मुलुकको एक चौ थाई भाग डुब्ने छ । सन् २०८० सम्म समुद्र तटका क्षेत्रहरुमा बसोवास गर्ने पा“चदेखि १० करोड विश्वभरकै  मानिसले बसोवास क्षेत्र छोड्नु पर्नेछ । यो स् िथति बंगलादेशले मात्र होइन समुद्री तटका संसारकै  अन्य राष्ट्रमा पनि निम्तिने छ । विश्वस् तरमा भइरहेको तापमान बृद्धिको अवस् थालाई लिएर संयुक्त राष्ट्रसंघद्वारा आयोजित अन्तर्राष्ट्रिय पर्यावरण सन्धिले विश्व स् तरमै  बाध्यकारीढंगले समस् या समाधानको बाटो समातेन भने ष्उअअ को चेतावनीलाई कुनै  राष्ट्रले टेर्ने छै नन्, फलस् वरुपः संसारका मानव जगतले ठूलो संकट र क्षति ब्यहोर्नुपर्ने बाध्यता निम्तिने उक्त अध्ययनले ठोकुवा गरेको छ ।

तापक्रम बढिरहेको अनुभव विश्वका अन्य राष्ट्रहरुमा मात्र होइन नेपालको हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसले समेत महसुस गरिरहेका छन् । फलफूल पाक्ने समयमा अन्तर परिरहेको छ भने फूलहरु फुल्ने समयपनि फरक पर्न थालेको छ । गुरा“स फुल्ने र काफल पाक्ने समयमा अन्तर परेको त गत वर्ष सञ्चार माध्यमहरुले सार्वजनिक गरिसकेका छन् । गतवर्ष गुरा“समा कहिल्यै  नलाग्ने झुसिलकीरा आतंक बढेको थियो । अहिले पनि त्यो अध्ययनबाट पुष्टि भएको छ । गतवर्ष गुरा“सको राजधानी मानिने ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस् थल तिनजुरे, मिल्के र जलजले गुरा“स वनमा झुसीलकीराले वन नै  सखाप पारेको थियो । हिमालमा पाइने जडीबुटी यार्शागुम्बा, पा“चऔ ंले, हिमचितुवा र चौ ंरीजस् ता वन्यजन्तुहरु पनि लोप भइरहेका छन् । तराईका वन्यजन्तु र लामखुट्टेहरु चिसो खोज्दै  पहाडी भू–क्षेत्रतर्फ उकालो चढ्दै छन् । समयमा वर्षा नहुनु, हिउ“ पर्ने ठाउ“मा पानी पर्ने गर्दा हिमालयहरु विस् तारै  पग्लिएर काला पहाड बन्दै छन् । नेपालमा दिनप्रतिदिन भइरहेको वन विनाश, गिट्टी, बालुवा, ढुंगाको अनियन्त्रित दोहन र निकासी, चुनढुंगा उत्खनन् र त्यसबाट सञ्चालित सिमेण्ट उद्योग, क्रसर उद्योग, वस् ती विनाश र प्लटिङ आदिका कारणले अत्यधिक मात्रामा कार्वन उत्सर्जन भइरहेको छ । अर्कोतिर वन जंगलको विनाश, गिट्टी, ढुंगा, बालुवाको अनियन्त्रित दोहनले पानीका मुहान र सिमसारहरु सुकिरहेका छन् अझ त्यसमा पनि चुन ढुंगको उत्खनन्ले त पिउने पानीका मुहानहरु यति धेरै  नकारात्मकढंगले सुकिरहेका छन् कि मानव जगतका लागि पिउने पानीको अभावले संकट निम्तिने खतराको संकेत देखा पर्न थालेको छ ।

विज्ञहरुका अनुसार एउटा सालको रुखले कम्तिमा ५० वर्ष बा“च्दा आठ लाख ५० हजार बराबरको अक्सिजन उत्पादन गर्छ, १० लाख बराबरको माटोलाई मलिलो बनाउ“छ र १० लाख बढी मूल्यको भू–क्षय नियन्त्रण गर्छ । त्यति मात्र होइन त्यही एउटा रुखले १७ लाख मूल्य बराबरको वायु प्रदूषण नियन्त्रण गर्छ, पशुपंक्षी र मानव जगतका लागि आठ लाख ५० हजार मूल्य बराबरको आश्रयस् थल दिन्छ भने दुई टन पानी संग्रह गर्ने स्रोत निर्माण गर्छ । एउटा एक सय वर्षको सालको रुखले एक हजार केजी कार्बनडाइअक्साइड उत्सर्जनलाई सोसेर लिन्छ र प्राणी जगतका लागि अनवरत रुपमा अक्सिजन दिइरहन्छ । सिमेण्ट बनाउन प्रयोग गरिने चुनढुंगाले आफ्नो क्षेत्र वरिपरि अत्यधिक पानी सोसेर सिमसार तथा मूलहरु फुटाउने काम गर्छ । अर्घाखा“चीको नरपानी, खा“चीकोट र दाङ तथा रोल्पाको होलेरी, काभ्रेको मुर्कुटी क्षेत्रका आसपासका चुरे महाभारत पहाडमा सिमेण्ट उद्योगका लागि चुनढंगा उत्खनन् गर्दा अर्घाखा“चीमा एक हजार आठ सय भन्दा बढी पानीका मुहानहरु सुकिसकेका छन् भने दाङ रोल्पा क्षेत्रमा एक हजार दुई सय भन्दा बढी पानीका मुहान सुकिसकेको अध्ययन टोलीले सार्वजनिक गरेको छ ।

यसरी वन, वातावरण र जै विक विविधतामाथि मानवद्वारा भइरहेको अनियन्त्रित दोहनले मानव जीवनमाथि नै  संकट निम्त्याइरहेको विज्ञहरुको ठहर छ । पृथ्वीको तापमान बढ्नुमा अर्को मूल कारण पेट्रोलियम पदार्थ, ग्या“स, कोइला र उद्योग धन्दाहरुबाट निस् कने कार्वन उत्सर्जन पनि हो । विकसित राष्ट्रहरुले उत्पादन गरेको कार्बनलाई सोस् ने हाम्रो जस् तो विश्वका अन्य देशका रुख विरुवा र पानीका स्रोतहरु नै  हुन् । विकसित देशहरुमा सञ्चालित उद्योगधन्दा र यातायातका साधनहरुबाट उत्सर्जन भएको कार्बनले वायुमण्डलको ओजोन तहलाई काम्लोले जस् तै  ढाकेको छ । जसका कारण सूर्यको प्रकाश पृथ्वीमा आएपछि पृथ्वीमा ताप सोस् ने क्षमता कमजोर भएको छ र प्रकाश परावर्तन भएर फर्कने त्यही ओजोन तहले दिदै न त्यसै ले पृथ्वीमा अत्यधिकरुपमा बढिरहेको छ ।

आज तापमानको बृद्धिले जलवायु परिवर्तनमा ठूलो असर निम्तिएको पुष्टि ह“ुदै छ । वन वातावरण र जै विक विविधता (पर्यावरण) माथि मानवद्वारा भइरहेको निर्मम दोहनले खोलानाला, सिमसार र पानीका मुहानहरु सुक्दै छन्, हिमाल पग्लिरहेका छन्, वन्यजन्तु र जै विक विविधता लोप हु“दै छन् । चुरे विनाश हु“दै  जा“दा भइरहेका भू–स् खलनबाट खहरे खोलाको माध्यम हु“दै  समथर भू–भागमा कंक्रिट र बालुवा थुप्रिदै  गएको छ । जसले गर्दा वर्षेनि नदी तथा खोलाहरुको तह माथि उठ्दै  गइरहेको छ । जसका कारण मानव वस् तीहरु समेत कटान, डुबान र पटानको उच्च जोखिममा रहेका छन् । एक प्रकारले तात्कालिक फाइदा देखेर मान्छेहरुले दीर्घकालीनरुपमा आफ्नो टाउकोमा आफै  बञ्चरो प्रहार गदैर्  अप्रत्यक्षरुपबाट आफ्नै  मृत्यु वा विनाश निम्त्याइरहेका छन् ।

सन् २०१४ मा जलवायु परिवर्तनसम्बन्धी दुई हजार पा“च सय पृष्टको रिपोर्ट तयार गरिएको थियो । विश्वका ७० देशका पर्यावरण विशेषज्ञ, एक हजार सात सय २९ जना मौ समविद् र तीन सय नौ जना वातावरणविज्ञ तथा लेखकहरुले पर्यावरणीय क्षेत्रमा गहिरो अध्ययनपछि यो रिपोर्ट तयार गरेको उल्लेख छ । यस लेखमा उक्त रिपोर्टबाट केही तथ्यहरुलाई आधार बनाइएको हो । उक्त रिपोर्टका सहप्रमुख एवं पर्यावरणविद् क्रिस् िफलले भनेका छन् कि जलवायु परिवर्तनले विश्वस् तरमा ब्यापक रुप लिइरहेको छ । त्यो भविष्यको संकट त छ“दै छ बरु यसका दुष्परिणामहरु केही राष्ट्रमा आइसके र केहीमा आउ“दै छन् । अष्टे«लिया, ब्राजिल, सिड्नी, मोजाम्बिक, फिलिपिन्स, थाइलै ण्ड, पाकिस् तान, बंगलादेश र श्रीलंकामा प्रलयकारी बाढी र पहिरोको प्राकृतिक विपत्तिहरु देखिइसकेका छन् । भारतको उडिसामा आएको आ“धी तुफान र उत्तराखण्डको बाढी पहिरो पनि प्रलयकारी संकेत हो भने अमेरिकामा हिउ“वर्षा र भारतको राजस् थानबाट नेपालमा समेत यो वर्ष आएको तुफानसहितको हिलेवर्षा अर्थात मौ सम विज्ञान विभागका अनुसार डस् ट स् ट्रोम वा रेड रेन तथा नेपालमा २०७२ मा आएको महाभू–कम्पको विपत्ति यसका ज्वलन्त परिणामहरु हुन् । नेपालमा पनि प्राकृतिक स्रोत साधनमाथिको अनियन्त्रित दोहनले जलवायु परिवर्तनका थुपै ्र असरहरु देखापरेको तथ्य माथि नै  छर्लंग भइसकेको छ । समयमा पानी नपर्नु, अतिबृष्टि, अनाबृष्टि, खण्डबृष्टि, बाढी, पहिरो र खाद्यान्न उत्पादनमा ह्रास आउनु तथा मानव स् वास् थ्यमा गम्भीर प्रकारका नया“–नया“ रोगब्याधिहरु देखापर्नु जलवायु परिवर्तनले निम्त्याएको तापमान बृद्धिको कारण हो । आज देशमा स् थानीय तथा उन्नत प्रजातिका खाद्यान्न र फलफूल तथा तरकारीहरु विस् थापित भई हाइब्रिड जातका खाद्यान्न र तरकारी फलफूलको प्रयोग अधिकतम बढेको छ । खाद्यान्न, तरकारी र फलफूलमा प्रयोग गरिने कीटनाशक औ षधि, रासायनिक मलजस् ता विषादीको प्रयोगबाट उब्जिएका चिजहरुले मानव स् वास् थ्यमा नकारात्मक असरहरु पु¥याइरहेका छन् । यो पनि जलवायु परिवर्तनबाट निस् िकएकै  परिणामअन्तर्गत पर्दछ ।

विज्ञहरुका अनुसार यसरी नै  अनियन्त्रित औ द्योगिकीकरण र उपभोक्तामा आधारित जीवनशै लीका लागि कार्बनडाइअक्साइडको उत्सर्जनमा यस् तै  क्रम जारी रह्यो भने आउदो केही वर्षमै  विश्वको तापक्रम ०.३ देखि ४.८ डिग्री सेल्सिएससम्म बढ्ने र विस् तारै  पृथ्वीका जीवजन्तु र वनस् पतिहरु डढेर खरानी हुन सक्ने सम्भावना छ । सन् २०५० सम्म विश्वब्यापीरुपमा २५ करोड मानिस आफै  जन्मेको स् थलबाट पलायन हुन बाध्य हुनेछन् । यस् तै  संकटबारे विश्वमै  ध्यान केन्द्रित गरी कार्बनडाइअक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मालदिभ्सले विगतमा समुन्द्रमुनि एक सम्मेलन आयोजना गरेको थियो भने नेपालमा कालापत्थर सम्मेलन सगरमाथा आधार शिविरमा गरिएको थियो । किनकि मालदिभ्स र प्रशान्त महासागर क्षेत्रमा कै यौ ं द्वीप र खाडीहरु समुन्द्रले निल्ने खतरा रहेको छ । झनै  त्यसमा पनि बंगलादेश त केही वर्षमै  उच्च जोखिममा फस् ने विज्ञहरुले अनुमान गरेका छन् ।

यसरी तापक्रम बृद्धिका कारण जलवायु परिवर्तनमा देखिएको गम्भीर असरले विपत्तिको सबै भन्दा ठूलो मार गरिब, किसान, मजदुर, भूमिहीन र समुन्द्री किनारमा बसोबास गर्ने मानिसहरुमा पर्ने छ । यसका साथै  समुद्री किनारका खाडी राष्ट्र र द्वीपहरुमा बसोवास गर्ने सबै खाले मानिसहरुलाई भयानक असर पर्नेछ । जलवायु परिवर्तन न्यूनीकरण वा अनुकूलन गर्न अमेरिका र युरोपियन मुलुकहरु जति संवेदनशील हुनुपर्ने हो त्यति नभएको पाइएको छ । नेपालमा रुख रोपेर नेपालका लागि गर्नुपर्छ तर अमेरिकाका लागि हामीले रुख रोप्नुपर्ने होइन । बढ्दो औ द्योगिकीकरणका कारण उत्सर्जन भइरहेको कार्बनको असर न्यूनीकरण गर्न ती विकसित देशहरुलाई गरिब राष्ट्रका नागरिकहरुले जोडदार दबाब सिर्जना गर्नु जरुरी छ । संघर्ष सडकमा कपडा खोलेर, लाठी हिर्काएर र पत्थर ठोकेर हु“दै न । विज्ञ लेखक, राजनीतिज्ञ, पत्रकार, अधिकारकर्मी, साहित्यकार र नागरिक समाज सबै ले आफूहरुले जाने बुझेको र अध्ययन गरेको प्रभाव असर र तथ्यहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा सार्वजनिक गदैर्  विकसित र समृद्ध मुलुकहरुको ध्यान केन्द्रिकृत गराउनुपर्छ । यो पनि संघर्षको ठूलै  स् वरुप हो । तसर्थ पर्यावरणको दोहनले नेपाल र विश्वस् तरमै  निम्त्याइ रहेका खतरनाक संकटका संकेतहरुप्रति आजै देखि आम नेपाली नागरिकहरु तथा सरकारका अंगहरु संवेदनशील हुन आवश्यक छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top