Free songs
Home / अन्तर्वार्ता / ‘प्रगतिशील साहित्यमा विचार र कलाको उचित संयोजन हुन्छ’

‘प्रगतिशील साहित्यमा विचार र कलाको उचित संयोजन हुन्छ’

प्रगतिशील लेखक संघ दाङ शाखाका अध्यक्ष भुवन देवकोटा (शरद) सँग समसामयिक साहित्यिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक

प्रगतिशील लेखक संघको अध्यक्ष बन्नुभयो । बधाई छ । के छ भविष्यको योजना ?

धन्यवाद । दाङ जिल्लामा प्रलेस गठन भएको पच्चिस वर्ष पुगेको छ । यो अवधिमा प्रगतिशील साहित्यको उत्थान, विकास र संरक्षणका लागि धेरै महत्वपूर्ण कामह? भएका छन् । ती सबै कामबाट शिक्षा, अनुभव र प्रेरणा लिदै समय र आवश्यकता अनु?प थप नयाँ कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको छु । वैचारिक र सांस्कृतिक पक्षलाई महत्वकासाथ उठाउँदै लेखन कलालाई विकास गर्दै लैजाने सोच बनाएको छु । यसका साथै विचार गोष्ठी र प्रशिक्षण कार्यक्रमलाई पनि निरन्तरता दिने योजना बनाएको छु । कार्यक्रमको पहिलो चरणमा नियमित बैठकमा सहभागी कार्यसमितिका सबै पदाधिकारीले अनिवार्य?पमा आफ्ना रचनाह? वाचित गर्नुपर्नेछ । वाचित रचनाको समीक्षा र समालोचना पनि उनीह?बाटै गरिनेछ । यसबाट रचना लेख्न हौसला प्रदान गर्नुका साथै समीक्षा गर्ने क्षमतालाई पनि विकास गर्दै लैजानेछ ।

तपाइँको साहित्यिक यात्रा झण्डै चार दशक पुरानो छ । विगतलाई फर्केर हेर्दा कस्तो महसुस गर्नुहुन्छ ?

विगतको मेरो साहित्यिक यात्रा गौरवपूर्ण रहेको मैले अनुभूत गरिरहेको छु । यसका साथै राजनीति र पत्रकारिताको यात्रा पनि उत्तिकै गौरवपूर्ण रहेको छ । पञ्चायती व्यवस्थाको राइँदाइँ चलिरहेको समयमा राजनीतिक कारणले पटक–पटक जेल बस्दाको समयमा लेखिएका रचनाह? पढ्दा अहिले पनि निराशा, कुण्ठा र खिन्नताह?लाई मनबाट बढारेर टाढा लैजान सघाउ पुग्ने गरेको छ ।

जनपक्षीय साहित्य अर्थात प्रगतिशील साहित्यका पक्षधर श्रष्टाह? सत्ताका लागि सधैजसो आँखाको कसिङ्गर बनिरहेका हुन्छन् । एकातिर यस्तो अवस्था रहेको हुन्छ भने अर्काेतिर जनताले आफ्नो आँखाको नानी जस्तै माया गरिरहेका हुन्छन् । मैले तपाइँलाई भनुँ चीनमा जनवादी व्यवस्था स्थापना गर्नको लागि प्रगतिशील साहित्यकारह?को महत्वपूर्ण भूमिका रहेको छ । ती साहित्यकारमध्ये लुसुनको नाउँ अग्रपंक्तिमा आउने गर्छ । तिनै लुसुनका रचनालाई कुनै समयमा चीनको समाजवादी राज्य व्यवस्थाले प्रतिबन्ध लगाइदिएको थियो । तर उनी आफ्नो लेखनधर्मबाट कत्ति पनि विचलित भएनन् । ?समा पनि गोर्की र सत्ता पक्षका बीच बेलाबखत असहजता उत्पन्न हुनेगरेको इतिहास हामी सबैले पढ्दै आएका छौं । जनताको आवाज लेख्ने बोल्ने हाम्रो मुलुकका प्रगतिशील कवि कलाकारह? वर्तमान समयमा पनि कुनै लोभलालचमा नपरेर स्वाभिमानका साथ आफ्नो सिर्जनाकर्मलाई अघि बढाउँदै आएका छन् । यसलाई मैले नियमित प्रक्रियाको रुपमा लिने गरेको छु । असल र खराबका बीचमा यो संसारमा हिजो पनि लडाइँ थियो । आज पनि छ र भोलिका दिनमा पनि चलिरहनेछ ।

अहिले साहित्यप्रति मानिसको रुचि घट्दो अवस्थामा रहेको छ । यसको कारण के होला ? समग्रमा प्रगतिशील साहित्यप्रतिको आकर्षण घट्नुलाई कसरी लिनुभएको छ ?

वास्तवमा भने हो समग्र?पमा नेपाली साहित्यकोे अवस्था सन्तोषजनक रहेको छैन । यसको अर्थ निराशाजनक छ भन्ने होइन । हिजो भन्दा आज अनि आज भन्दा भोलि अझ राम्रोको खोजी गर्नु स्वाभाविक हो । कतिपय अवस्थामा कतिपय कवि कलाकारमा लोभलालच बढ्ने गर्छ । त्यस्तो अवस्थामा जोखिम मोलेर साहित्य सिर्जना गर्नु भन्दा पाउ मोलेर आफ्नो जीवनलाई सुविधाभोगी बनाउन लालायित हुने गरेको परिवेशलाई हामी सबैले बेहोर्दै आइरहेका छौं । कतिपय मान्छेहरुले खबरदार गर्नु भन्दा लम्पसाार पर्नुलाई जीवनको उपलब्धि ठान्ने गर्छन् । यसप्रकारको प्रवृत्तिको प्रतिबिम्ब हाम्रो साहित्यमा पनि पर्ने गर्छ । जोखिम मोलेर साहित्य सिर्जना गर्नेहरु स्वाभाविक?पमा थोरै हुन्छन् । जति छन् जनताको पक्षमा कलम चलाउँदै आएका छन् । उनीहरुका पाठक घटेका छैनन् । अर्काे वास्तविकता के हो भने कतिपय प्रगतिशील साहित्यकारह?ले कला पक्षलाई त्यति बढी महत्व दिएको पाइँदैन । उनीहरुले आफ्ना विचारलाई कलात्मकढंगले पाठकसामु पस्कन अलि बढी परिश्रम गर्नुपर्ने आवश्यकता रहेको छ । महिला अधिकार विरोधी र रुढिग्रस्त चिन्तनले भरिएको स्वस्थानी ब्रत कथालाई अहिले पनि कतिपय मान्छेहरुले निकै मन लगाएर पढ्दै आएका छन् । यसबाट हामी सबैले शिक्षा लिनैपर्छ । भन्नुको तात्पर्य के हो भने नराम्रो विचारलाई त कलाले सजाएर पढ्नलायक बनाउन सक्छन् भने हामीले राम्रो विचारलाई राम्रो र पठनीय बनाउन किन अझ बढी मेहनत नगर्ने ?

बजारउन्मुख साहित्य, कला र बिकाउ साहित्यको प्रभाव बढ्नुको कारण के होला ?

स्वाभाविक हो कि कतिपय मान्छेहरु विचार र सिद्धान्तदेखि टाढा रहन मन पराउँछन् । सोच्ने, चिन्तन गर्ने र जागरणका कुरा गर्ने भन्दा पनि हल्काफुल्का, हाहाहुहु र बढी चिन्तनमनन गर्नुनपर्ने विषयतिर मन जान थालेको मैले महसुस गरिरहहेका छु । बजारउन्मुख र बिकाउ साहित्य कलामा विचार हुँदैन । विचारले नै मान्छेलाई मान्छे जस्तो बनाउँछ । जीवन र जगतका विषयमा गंभीर हुन प्रेरित गर्छ । स्वाभिमान, परिश्रमी र अध्ययनशील बनाउँँछ । न्याय र स्वतन्त्रताको पक्षमा उभिन सिकाउँछ । देश र जनताका भलाइका निम्ति काम गर्न मद्दत गर्छ । सोच्ने, चिन्तन गर्ने र परिश्रम गर्न अल्छी गर्नेह?को चटके र जादूगरका व्यवहार जस्ता लाग्ने बजा? कला साहित्यतिर आकर्षण बढेको भए पनि त्यो टिकाउ हुँदैन । मान्छेह?लाई वास्तविकतातिर नआई छुट्टी नै छैन ।

तपाइको विचारमा अबको प्रगतिशील साहित्यिक आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ ? यसका चुनौतीह? के–के हुन् ?

प्रगतिशील आन्दोलनलाई अघि बढाउनको लागि संस्थागत रुपमा एकजुट हुन आवश्यक छ । एक्लाएक्लै होइन संस्थागत?पमा वैचारिक र साँस्कृतिक आन्दोलनलाई साथसाथै लैजानु आवश्यक छ । त्यस्तो आन्दोलनले मात्र प्रगतिशील साहित्यलाई अघि बढाउन सकिन्छ । कसै कसैले भनेको सुनिन्छ कि साहित्य सबै गतिशील हुन्छन् । किन चाहियो प्रगतिशील साहित्य ? वास्तवमा मानव सभ्यताको विकास गतिशीलताबाट भन्दा प्रगतिशील सोचबाट हुँदै आएको छ । तर कसै कसैले प्रगतिशील साहित्य भनेको वामपन्थीह?को मात्रै हो । यस्तो साहित्य एकपक्षीय हुन्छ भनेर आलोचना गरेका हुन्छन् । यथार्थमा यस्तो होइन ।

सबै साहित्य गतिशील भए पनि साहित्य सबै प्रगतिशील हुँदैनन् । उदाहरणका लागि रातपछि अवश्य दिन आउँछ । यो सत्य हो । तर रातमा पनि काम गर्नुपर्ने भएको हुँदा मान्छेले दियालो, टुकी, पानस र लालटिन हुँदै अहिले बिजुली बत्तीको जमाना छ । यो प्रगतिशील कार्य हो । गर्मीको समयमा दिउँसोपख अति नै गर्मी भयो । साँझपख अवश्य शीतल हुन्छ । तर दिउँसो खपिनसक्नु गर्मी भएपछि पंखा चलाएर शीतल प्राप्त गर्नु प्रगतिशील कार्य हो । प्रकृतिको गतिलाई मान्छेले आफ्नो सुविधाको लागि प्रयोग गर्नु त्यो प्रगतिशील कार्य हो । गतिमा उपसर्ग लागेर प्रगतिशील शब्द बन्ने गर्छ । मान्छेको यही प्रगतिशील सोच र कार्य आफ्ना रचना मार्फत पाठकह?समक्ष पस्कनुलाई नै प्रगतिशील साहित्य भनिन्छ । हिजो पनि यस्तै चलेको थियो । आज पनि चलेकै छ । किन परिवर्तन गर्नुप¥यो र भन्नु यथास्थितिवादी र अल्छी सोचाइ हो । यस्तो सोचाइले समाजको उन्नति हुन सक्दैन । प्रगतिशील साहित्यका कार्यह? धेरै छन् । ती मध्ये मूल्य मान्यतामा आधारित सभ्य समाजको स्थापनाका लागि यथास्थितिमा परिवर्तन ल्याउनका लागि साहित्य सिर्जना गर्नु नै हो । यस्तो साहित्य सिर्जना गर्दा यथास्थिति र पुरातनवादी सोच नै चुनौतीको ?पमा अघि आउने गर्छन् । यसका साथै सत्तामा बस्ने कतिपय लाउकेह?ले जी हजुरी मन पराउने गर्छन् । तर कसैको जी हजुरी नगर्ने प्रगतिशील साहित्यलाई उनीह?ले देखिसहँदैनन् । साँचो अर्थमा प्रगतिशील साहित्य जनताको निम्ति लेखिने हुँदा यस्तो साहित्य कहिले पनि पराजित हुन सक्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले बाँचुञ्जेल कुनै संघसंस्थाबाट पुरस्कार सम्मान पाएनन् । तर जनता र पाठकले उनलाई दिएको सम्मान अहिलेसम्मकै उच्च सम्मान रहेको छ ।

अरु थप केही भन्नु छ कि ? 

कुरा त धेरै आइसकेका छन् । हामीले कुरालाई भन्दा व्यवहारलाई महत्व दिनुपर्छ । हामीकहाँ प्रगतिशील साहित्यको विकास प्रशस्त मात्रामा भएको छ । तर वामपन्थीहरुका पार्टीगत र गुटगत चिन्तनका कारण राम्रोलाई राम्रो भन्नेहरुको कमी महसुस गर्दै आइरहेको छु । आफ्नो पार्टीसँग सम्बन्धित या नजिकको छ भने नराम्रो भए पनि राम्रो छ भनिदिने । तर अरु पार्टीको नजिक छ भने राम्रोलाई पनि नराम्रो भनिदिने । उदाहरणका लागि भनौं कृष्णसेन इच्छुक र नेत्रलाल अभागीका रचना पनि यस्तै प्रवृत्तिको शिकार हुनुपरेको थियो । आज परिवेश बदलिएको छ । आशा गरौं अब यस्तो प्रवृत्ति नदोहारिएला । मैले तपाइँलाई भनिहालुँ कतिपय यस्ता मान्छेहरु यस्ता छन् कि उनीहरुले सधै हातमा तराजु लिएर हिडिरहेका हुन्छन् । कतिबेला आफूलाई ताक पर्छ त्यतिबेला मात्र यसको साहित्य राम्रो । यसको साहित्य नराम्रो भन्ने गर्छन् । हो, हामीहरु यस्तो प्रवृत्तिको विरुद्धमा सधै उभिनुपर्छ । आलोचनात्मक चेत हुनु नै प्रगतिशील साहित्यको चिनारी हो । अरुको दानापानी खाएर प्रगतिशील साहित्यलाई कदापि उँभो लगाउन सकिदैन । यतिबेला सुब्बा कृष्णलाल अधिकारी, नेत्रलाल अभागी र कृष्णसेन इच्छुकलाई सम्झनु सान्दर्भिक नै होला भन्ने ठानेको छु ।

विचार राख्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top