Free songs
Home / सम्पादकीय / रुढीवाद र संवेदनहिनताको पराकाष्ठा

रुढीवाद र संवेदनहिनताको पराकाष्ठा

समाज कहिले काहीं यति कुरुप भएर प्रस् तुत हुन्छ, मानिसको  मानिसप्रति नै  घृणा जागे र आउँछ । तर, पनि फे रि बाँच्ने  र बस् ने  यही समाजमा हो , त्यसै ले  सम्हालिएर अघि बढ्नुपर्छ । खासगरी सामाजिक रुढीवाद र अन्धविश्वासको  सवालमा ने पाली समाज अहिले  पनि निकै  पछाडि छ । राजनीतिकरुपमा ने पाल धे रै  अगाडि बढिसके को  छ । यसको  तुलनामा आर्थिक, सामाजिक र सांस् कृतिक रुपान्तरणको  सवालमा ने पाली समाज निकै  पिछडिएको  छ । जसका कारण समाजमा बे ला–बे लामा यस् ता निर्मम घटना हुन्छन्, जसको  मानव समाजमा कल्पना पनि गर्न सकिन्न । मानिसले  मानिसमाथि गनेर्  यसप्रकारको  अत्याचारको  स्रो त ने पाली समाजमा रहे को  चे तनाको  स् तर नै  हो  । समाजको  ठूलो  तप्का अझै  पनि पुरानै  सो च र संस् कारबाट निसृत छ । जसले  गर्दा भयावह घटना हुने  गरे का छन् ।

भर्खरै  मात्र सुदूरपश्चिमको  कै लालीमा बो क्सी आरो पमा एक किशो री आफ्नै  समुदायमा लगातार ६ घण्टा कुटिएकी छन् । कक्षा १२ मा अध्ययनरत गरिब परिवारकी ती किशो री कुटिरहँदा, उनले  जीवनको  भीख मागिरहँदा के ही बलियाबांगाले  कुटिरहे  र बाँकी दर्शकले  ताली बजाइरहे , मानौ ं त्यहाँ कुनै  मध्ययुगीन नाटक मञ्चन हुँदै छ । सभ्य समाजमा यस् तो  घटना कल्पना पनि गर्न सकिन्न तर पनि समाज एउटा असंगठित हुल हो , कहिले काहीं उत्ते जनामा आएर यसले  नराम्रो  गर्न पनि सक्छ । बिडम्बना त के  दे खियो  भने  जनताबाट निर्वाचित नगर प्रमुख र जनताको  सुरक्षाका लागि तै नाथ प्रहरीसमे त यो  घटनामा नराम्ररी चुके  । एउटी अबो ध चे लीमाथि सिंगो  समुदायले  लगातार ६ घण्टासम्म कुटपिट गर्दा राज्यको  उपस् िथति हुन सके न, यो  आफै मा समस् याको  विषय हो  । यो भन्दा अझ समस् या त जनप्रतिनिधि र प्रहरीमा दे खियो  । कुटिएकी चे लीको  स् वास् थ्य र कानुनी उपचार हो इन, कुटपिटको  अगुवाइ गनेर्  धामीलाई रिहा गराउन नगर प्रमुखको  अग्रसरता दे खियो  । पीडित पक्षको  दबाबमा प्रहरीले  धामीलाई गिरफ्तार त ग¥यो  तर प्रहरी कार्यालयमा पु¥याएपछि ती धामीले  प्रहरीलाई समे त अनिष्ट हुने  बताएपछि प्रहरीले  खुट्टा ढो के र धामीलाई छाडिदियो  ।

घटना सुदूरपश्चिमको  एउटा थारु गाउँमा भएको  भए पनि यो  ने पाली समाजको  प्रतिनिधिमूलक घटना हो  । यो सँगै  कै यौ ं प्रश्न खडा भएका छन्, जसको  सहज र व्यवहारिक जवाफ दिएर मात्र ने पाली समाजलाई अघि बढाउन सकिने  छ । राजनीतिकरुपमा ने पाल धे रै  अगाडि बढे  पनि सामाजिक सांस् कृतिकरुपमा ने पाली समाज किन अघि बढ्न सके न ? अहिले  हामीले  आर्थिक समृद्धिको  कुरा गरिरहे का छौ ं, के  अब यो सँगै  सामाजिक सांस् कृतिक रुपान्तरणका एजे ण्डा पनि अघि बढाउनुपनेर्  हो इन र ? समाज रुढीवादमा फसे को  छ तर समाजको  अग्रदस् ता भनिने  राजनीतिक दल र तिनले  पठाएका जनप्रतिनिधि किन रुढीवादबाट बाहिर निस् कन सके का छै नन् ? जनताको  सुरक्षाको  जिम्मा पाएको  प्रहरी धामीको  मन्त्र लाग्ने  डरमै  उसको  खुट्टा ढो क्ने  अवस् था रहनुको  कारण के  हो  ? यी प्रश्नको  सही जवाफ नखोजी न समाजलाई रुढीवादबाट मुक्त गर्न सकिन्छ, न राज्य र राजनीतिक दलहरुलाई सामाजिक रुपान्तरणप्रति अग्रसर बनाउन सकिन्छ । यो  घटना एक भए पनि यसबाट शिक्षा अने क लिएर ने पाली समाजलाई अघि बढाउन राज्य र राजनीतिक दलहरुले  सामाजिक सांस् कृतिक रुपान्तरणको  सवाललाई प्राथमिक एजे ण्डामा राख्न सक्नुपर्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top