Free songs
Home / फिचर समाचार / स्व. शर्माको  स्मृतिग्रन्थ लोकार्पण

स्व. शर्माको  स्मृतिग्रन्थ लोकार्पण

युगबोध समाचारदाता

। समाज सेवी स्व.गजराज शर्मा स्मृति ग्रन्थ आइतवार घोराहीमालो कार्पण गरिएको  छ । शर्माको  पुण्यतिथिको  अवसरमा प्रमुख अतिथि पूर्व माननीय एवं समाजसेवी एकराज शर्माले  ग्रन्थ लो कार्पण गर्नुभएको  हो  ।

अधिकारी समाज परिवारको  आयोजनामा भएको  कार्यक्रममा बोल्ने  वक्ताहरुले  शर्मा विकास र शिक्षाप्रे मी व्यक्तित्व भएको  बताए । राजनीतिस“गै  सामाजिक, शिक्षा र विकास निर्माणमा उहा“ले  पु¥याएको  यो गदानबारे  उनीहरुले  चर्चा गरे का थिए । ‘स्व. शर्माले  देखाएको  बाटो  अहिले  सिंगो  समाजका लागि मार्गदर्शन बनेको  छ’– उनीहरुले  भने  । साथै  उनीहरुले  शर्माले  सिंगो  समाजलाई नै  माथि उठाउन पु¥याएको  योगदानलाई कसैले  भुल्न नहुने  बताए ।

स्व. शर्माको  स्मृति ग्रन्थका विषयमा बोल्दै  उनीहरुले  ग्रन्थले  शर्मालाई भोलिका दिनमा पनि अमर बनाउने  बताए । उनीहरुले  भने – ‘यस ग्रन्थमा शर्माको  जीवनीदे खि उहा“को  यो गदानका बारे मा चर्चा गरिएको  छ । यसले  भो लिको  नया“ पिढीमा समे त उहँ“को  बारे मा जानकारी दिन ठूलो  मद्दत पु¥याउ“छ ।’

कार्यक्रममा बोल्ने  वक्ताहरुले  स्व. शर्मासगको  व्यक्तिगत भोगाइ, अनुभवहरुसमेत व्यक्त गरेको  थिए । शर्मा सरल, इमानदार र विकासप्रेमी व्यक्तित्व भएकाले  उहालाई गुमाउदा समाजले  मात्र नभएर देशलाई नै  ठूलो  क्षति पुगेको  भन्दै  उहाप्रति सबैले  भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

अधिकारी समाज परिवारको आयोजना र कुलराज अधिकारीको  अध्यक्षतामा भएको  कार्यक्रममा अधिकारी समाजका सदस्य प्रा.डा. गोपाल अधिकारी, वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने , राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मालगायतले  बोल्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण पत्रकार सुदीप गौतमले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top