Free songs
Home / पाठक पत्र / दलहरुको हविगत †

दलहरुको हविगत †

लोकतन्त्रमा निर्वाचनको महत्व कति छ भन्ने कुरा दलहरुलाई सिकाइरहनुपर्ने विषय सायद नहोला । नेपालका दलहरु यसप्रति कति गम्भीर रहेछन् भन्ने कुरा बुझ्न सायद यो एउटा उदाहरण नै काफी छ ।
स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन बिहानसम्म पनि उम्मेदवारहरुको टुंगो लगाउन नसक्ने दलहरुको चरित्र गरिखाने खालको देखिएन । यस्तो चरित्र र व्यवहारले आम कार्यकर्ता र जनताको भावनामाथि खेलवाड गर्ने काम भएको
छ । विवाहका दिन पनि दुलाहा–दुलहीको ठेगान नभएजस्तो भएन र यो त ?
यस्तो चरित्रले दलहरुको निर्णय क्षमतामथि नै प्रश्न उठेको छ । कमसेकम पा“च–सात दिन अगाडि टुंग्याई सक्नुपर्ने काम पा“च–छ घण्टा अगाडि टुंग्याएर के गर्न खोजिएको हो ? कि उम्मेदवारको टुंगो लगाउन पनि कुनै अदृश्य शक्तिलाई सोध्नुपर्छ ? के दलहरुले निर्णय क्षमता गुमाउन लागेका हुन् ?
सञ्जीव शर्मा
घोराही–१५, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top