Free songs
Home / पाठक पत्र / फोहोर व्यवस्थापनमा सबैको ध्यान जाओस्

फोहोर व्यवस्थापनमा सबैको ध्यान जाओस्

ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा फोहोेरको मात्रा बढी भएको देखिन्छ । जसले गर्दा विभिन्न रोगका कारणले मानिसहरु दिनदिनै बिरामी हुने गरेका छन् । अस्पतालमा दिनदिनै बिरामीहरुको लाइन लागेको देखिन्छ । यो गर्मी समयमा खाना र सरसफाइमा ध्यान नदिदा बिरामीको संख्या दिनप्रतिदिन दोब्बर बढेको छ । बाटो हि“ड्ने बटुवादेखि गाउ“ शहरसम्म बसोबास गर्नेले जथाभावी फोहोर फाल्ने र शहरमा बस्नेहरुले पनि फोहोर व्यवस्थापन नगर्दा विभिन्न रोगको संक्रमण बढेको छ । बासी, सडेगलेको, होटलहरुमा बासी र झिंगा भन्केका खाना र धुलो र फोहोरले फैलिएको झाडापखाला, आउ“, हैजा, रुघाखोकी जस्ता रोगहरु फैलिने गरेको छ ।
हाम्रो घर वरिपरि सफा नहु“दा लामखुट्टेको मात्रा पनि बढेको छ । लामखुट्टेले मलेरिया, डेंगुजस्ता रोगहरु फैलाएका छन् । फोहोर व्यवस्थापन गर्न बजार व्यवस्थापनले पनि बजार अनुगमन गर्ने र बाटोघाटोमा हि“ड्ने बटुवाहरुले पनि फोहोर जथाभावी नफाल्ने गरेमा हाम्रो वातावरण सन्तुलन हुने थियो र हामी रोगबाट बच्ने थियौं । घर, आ“गन र बाटोघाटो सफा राख्नु हामी सबैको दायित्व र कर्तव्य हो । हरेक व्यक्ति, परिवार, समाज स्वस्थ हुनु नै सामुदायको स्वास्थ्य राम्रो हुनु होे । यसप्रति हामी सबैको ध्यान जान जरुरी छ ।
डम्बर विक
बागचौर न.पा.–१ थारमारे, सल्यान

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top