Free songs
Home / पाठक पत्र / देश र जनतालाई राहत दिन राष्ट्रिय सरकार चाहिन्छ

देश र जनतालाई राहत दिन राष्ट्रिय सरकार चाहिन्छ

हाल संसदमा सरकार परिवर्तनको हल्ला व्यापक छ । प्रचण्ड नेतृत्वको सरकार बन्ने सम्भावन धेरै छ । नेपाली कांग्रेस र भारत वामपन्थी तालमेल भएको सरकार रुचाउ‘दैनन् । अघि पञ्चायतको बेलामा राजा र कांग्रेसले कम्युनिष्टहरुले ६० वर्षमाथिका मान्छेहरुलाई गोली हानी मार्छन् भन्ने प्रचार गरेका थिए । यसले गर्दा नेपालमा कम्युनिष्टहरुको बहुमत नआएको हुनसक्छ । वाम तालमेल समेतमा एकातिर माओवादीहरुले माओत्सेतुङको विचार लिएर जंगल पसे । सत्ता बन्दुकको नालबाट जन्माउनुपर्छ भन्ने गरे । एकातिर माले एमालेको विचारमा संसदीय व्यवस्था लिएर जनताको बहुदलीय जनवादको मार्गदर्शनअनुसार राजनीति गर्दा वाम तालमेल हुन सकेन । तर जनताको आकांक्षाअनुसार २०७२ को नयॉ संविधान अधिकांश बहुमतबाट संसारको भन्दा उत्कृष्ट बन्न पुग्यो । यो संविधान कार्यान्वयन गर्न बाम तालमेलको सरकार नै आवश्यक छ । यदि केपीजीलाई बहुमत पुग्दैन भने प्रचण्डजी प्रधानमन्त्री भएर यो देशको संविधानलाई कार्यान्वयन गरी हाम्रो देश बचाउन हामी जनताको आह्वान छ ।
वाम तालमेल र अन्य पार्टीको समर्थनमा केपी सरकारलाई जनताबाट अनुमोदन भएका अधिकांश सांसदबाट बहुमतको सरकार थियो । यो सरकारलाई केही दिन काम गर्न दिनुपर्छ । हाम्रो देशको फेशन नै भयो छ/छ महिनामा सरकार परिवर्तन गर्ने । जनताको मागलाई आघात पुर्‍याउने काम भयो । ठीकै छ प्रचण्डीजी पनि वाम शक्तिकै नेता भएकाले उहॉको सरकारमा सबै वामहरु मिलेर देश र जनताको आकांक्षा पूरा गर्नुपर्छ । सबै वाम मिलेर सरकारमा बस्नुपर्छ र हाम्रो देशको युवा बेराजगारी हटाउनुपर्छ । कम्लरी, भूमिहीन सुकुम्बासीहरुको समस्या समाधान गर्ने कामतिर लाग्नुपर्छ यही नै हो समाजवाद ।
प्रेमबहादुर थापा मगर
दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top