Free songs
Home / पाठक पत्र / जङ्कफुडको विकल्प खोज्ने कि ?

जङ्कफुडको विकल्प खोज्ने कि ?

नयाँ वर्षसँगै विद्यालयहरुमा पनि नयाँ चहलपहल शुरु भइरहेका छन् । कतिपयहरुका नयाँ स्कूल, नयाँ कोठा, ड्रेस, किताब शायद झोला पनि नयाँ तर धेरै कुरा नयाँ हुँदाहुँदै विद्यार्थी भाइबहिनी र सरहरुले खाने खाजा पुरानै छ । परिवर्तन हुन सकिरहेको छैन । परिवर्तनका सम्बाहक अभिभावक, शिक्षक र सम्बन्धित निकायहरुले यसबारे सोच्ने समय पाइरहेका छैनन् । स्वास्थ्य विषय पढाउने सरले कुन खान हुने र कुन नहुने पढाउनुहुन्छ । खाजा समयमा चाउचाउ खानुहुन्छ । तयारी खाजाहरुमा विभिन्न किसिमका रसायनहरु प्रयोग हुन्छ जुन मानव स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा विद्यालय परिवार, विद्यालय प्रशासन नियमनकारी निकायलाई थाहा हुँदाहुँदै पनि विद्यालयको कम्पाउण्डभित्र र बाहिरका क्यान्टिन पसलहरुमा जंकफूडको व्यापार भइरहेको छ । सॉच्चै जंकफूड मानव स्वास्थ्यका लागि हानिकारक छ भने प्रत्येक अभिभावकहरु नगद रुपैयॉ थमाउनुको सट्टा रोटी र खाजा तयार गरिदिन अल्छी गर्नुभएन । विद्यालय नजिकका जंकफूड व्यापारीहरुले मकै पोल्न, खाजा भुट्न, रोटी पकाउन र फलफूल बेच्नुपर्‍यो । शिक्षकहरु स्वस्थकर खाजा खाएर विद्यार्थीहरुमाझ उदाहरण बन्नुपर्‍यो । विद्यालय प्रशासनले विद्यालय क्षेत्र आसपासका खाजा व्यापारीहरुलाई स्वस्थकर खाजा मात्र बेच्न अनिवार्य गर्नुपर्‍यो र शिक्षा क्षेत्रको जिम्मेवारी लिएको निकायले कडारुपमा नियमन, नियन्त्रण गर्ने हो भने जंकफूडको लत विस्तारै हट्दै जानेछ । विद्यार्थी भाइबहिनीहरु स्वस्थ हुनेछन् । यसतर्फ सचेत वर्गले केही सोच्ने कि ?
दिनेश ओली
घोराही–६, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top