Free songs
Home / पाठक पत्र / सुधारोन्मुख यातायात व्यवसायी समितिको सेवा

सुधारोन्मुख यातायात व्यवसायी समितिको सेवा

२०७२ साल बैशाख ८ गते बिहान काठमाडौं यात्राको तयारीका साथ बिहान ६:३० बजे एसी बस पहिलोपटक चढ्दा यो भन्दा १० वर्ष अगाडि विदेशी बस साउदी अरबमा चढेको अनुभव सम्झना भयो । एसी बसमा फोहोर फाल्ने डष्टविनको व्यवस्था, स्वच्छ पिउने पानीको व्यवस्था, वाइफाइसहितको सुविधासम्पन्न आरामदायी सिट भएको बसमा वसपार्कको खानेपानीको व्यवस्थालगायत अन्य विकासे योजना लिएर पॉचजना साथीका साथ त्रिपुर नपाबाट हेमराज गौतम, भागवत लम्साल, जीतबहादुर विक, मानसिंह ओली, घोराही नपाबाट लक्षिण बुढा र म चाहि‘ दुबै ठाउ‘को प्रनिधित्व गर्दै साथ छोरा सुनिल डॉगीसहित काठमाडौं प्रस्थान गर्दा नौलो अनुभव र साथमा आउ‘दा जॉदाको फ्रिपास । यसरी नै सबै नयॉ तथा पुराना यातायातका साधनहरुमा फोहोर फाल्ने व्यवस्था भएमा र यात्रुलाई गन्तव्य स्थानमा पुर्‍याउने व्यवस्था भए सुविधासम्पन्न गाडी चढ्न विदेशी गाडी नै चढ्नुपर्दैन । तर यसो भन्दैमा सबै यातायातका साधनले यी सुविधा फोहोर फाल्ने सुुविधा यात्रुलाई निश्चित गन्तव्य स्थानमा पुर्‍याउने व्यवस्था गर्न बॉकी छ । जसअनुसार हामी फर्किदा तुलसीपुर चोकमा झर्नुपर्‍यो । जो हामी निरन्तर लागिरहेका छौं बस छोटो तथा लामो दूरीका हुन् बसपार्कमा आउनुपर्‍यो । यदि यो समस्या समाधान भएमा सबै यात्रुवर्गलाई राहत हुने थियो ।
शक्तिराम डाँगी
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top