Free songs
Home / सम्पादकीय / मानव बेचबिखन रोक्ने दायित्व

मानव बेचबिखन रोक्ने दायित्व

विगत दुई वर्षदेखि प्रत्येक वर्ष झण्डै साढे आठ हजार जना बेचबिखन तथा ओसारपसारमा परेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले देखाएको छ । ती दुबै वर्षमा प्रत्येक वर्ष त्यो भन्दा बढी करीब साढे नौ हजार जनालाई बेचबिखन र ओसारपसारको प्रयास गरिएको आयोगकै अध्ययन प्रतिवेदनले देखाएको छ । भूकम्पपछिको अवस्थामा नेपालमा मानव बेचबिखन तथा ओसारपसारको क्रम बढेको आयोगको प्रतिवेदनले देखाएको छ । आयोगको प्रतिवेदनले मुलुक बाहिर र मुलुकभित्रै पनि विभिन्न नाममा मानव बेचबिखन तथा ओसारपसार हुने गरेको तथ्य औंल्याएको छ ।
मानव बेचबिखन तथा ओसारपसारको विषय नयाा होइन । पहिले–पहिले नेपाली महिलाहरुलाई बम्बईको कोठीमा बेच्ने कुराहरुको निकै चर्चा हुन्थ्यो । हाम्रो सन्दर्भमा बेचबिखन भन्ने बित्तिकै हाम्रा चेलीहरु बम्बईको कोठीमा यौनधन्दाका लागि बेचिन्छन् भनेर बुझिन्थ्यो । अब अवस्था यतिमै मात्र सीमित छैन । कोठीहरुमा यौनधन्दा चलाउन बेचिनेहरु बम्बईमा मात्रै होइन अन्य धेरै मुलुकमा बेचिन थालेका छन् । महिलाहरुलाई मात्रै होइन, पुरुषहरु पनि बेचबिखनको शिकार भइरहेका छन् । महिला, पुरुष, बालबालिका सबै बेचबिखनमा परिरहेका छन् । पहिले छिटफुटरुपमा एकाध व्यक्तिले व्यक्तिगतरुपमा बेचबिखनको धन्दा चलाउने गर्थे भने अहिले बेचबिखनमा संलग्नहरु संगठित भएर काम गरिरहेको अवस्था छ । अभाव, दु:ख, पीडामा रहेकाहरुलाई जागिर लगाइदिने, राम्रो काम दिलाइदिने प्रलोभन देखाउादै अनेकखाले झुटा बाचा गरेर धेरैलाई सजिलै आफ्नो जालमा पार्न सफल भइरहेका छन् । बेचबिखनको बढ्दो आाकडाले पनि यो कुराको पुष्टि गर्दछ ।
बेचबिखनका विभिन्न स्वरुपहरु देखा परेका छन् । यौनधन्दा, श्रम शोषणदेखि अंग प्रत्यारोपणसम्मका लागि मानव बेचबिखन हुने गरेको छ । वैदेशिक रोजगारका नाममा बेचबिखन र ओसारपसारको क्रम झनै बढेको छ । खुला सीमाना र गैरकानुनी बाटो भएर विदेश पुगेका कैंयौं नागरिक बेचबिखनमा परेका छन् । बेचबिखनका विभिन्न स्वरुपहरु एकिन गर्न कठिन रहे पनि वैदेशिक रोजगारका नाममा धेरै युवाहरुले विदेशमा खेपेको समस्याहरु हेर्दा उनीहरु बेचबिखनमा नै परेको देखिन्छ । बहुसंख्यक वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु जबर्जस्ती काम गर्न बाध्य बनाइएका छन् । उनीहरुको श्रम शोषणका लागि बेचबिखन भएको छ । तर वैदेशिक रोजगारका नाममा त्यसरी बेचिएका नागरिकलाई स्वदेश फिर्तीलगायतका विषयमा न सरकारी तदारुकता पर्याप्त छ न त सम्भावित जोखिमयुक्त सीमावर्ती क्षेत्रहरुमा बेचबिखन रोक्ने गरी सरकारले निगरानी केन्द्र स्थापना नै गर्न सकेको छ । यति मात्रै होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै बाटो भएर पनि दलालले सजिलै मानव बेचबिखनको धन्दा चलाइरहेका छन् । यसले पनि मानव बेचबिखन रोक्न गरिएका प्रयासहरु फितलो छ भन्न कर लाग्छ ।
मुलुक बाहिर मात्रै होइन, मुलुकभित्रै पनि बेचबिखनमा पर्नेहरुको संख्या सानो छैन । शहरी क्षेत्रका मनोरञ्जन उद्योग डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुराामा कैयौं नेपाली महिलाहरु आर्थिकरुपले ठगिएका, यौन दुव्र्यवहार, शोषण र बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका छन् । आयोगकै प्रतिवेदनले पनि यसरी अन्तरदेशीय बेचबिखनमा पर्ने ग्रामीण महिलाहरु विशेष गरी खाडी मुलुकमा हुने बेचबिखनको स्रोतको रुपमा रहेको देखाएको छ । “जहाा पातलो त्यहीं प्वाल पर्छ” भनेझैं विपन्न गरिब र अप्ठेरोमा रहेका समुदाय बेचबिखनमा पर्ने गरेका छन् । भूकम्पको मारमा परेकाहरुमा बेचबिखनको जोखिम बढेको आयोगले पनि देखाएको छ । आयोगका अनुसार भूकम्पपछि बेचबिखन तथा ओसारपसारको जोखिम कम्तिमा १५ देखि २० प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै हामीले दाङमा पनि महिला तथा बालबालिकाहरु हराइरहेको कुरा धेरै सुन्ने गरेका छौं । हराउने यो क्रमलाई पनि बेचबिखनसाग जोडेर हेर्न सकिन्छ । नाकासाग जोडिएको जिल्ला भएकाले पनि दाङ जिल्ला मानव बेचबिखनको उच्च जोखिम रहेको जिल्लाभित्र पर्दछ ।
मानव बेचबिखन तथा ओसारपसारको यो क्रम रोक्न सबै पक्षको विशेष सतर्कताको खााचो छ । प्रथमत: यो रोक्ने दायित्व सरकारको हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सरकारले राष्ट्रिय कार्ययोजना पनि बनाएको छ । त्यो कार्ययोजना विपत्को अवस्थालाई सम्बोधन गरी परिमार्जन गर्नुपर्छ । कानूनको प्रभावकारी कार्यान्वयन, निरन्तर निगरानी अनुगमन, सीमानाकामा निगरानी केन्द्रको स्थापना र नागरिकहरुलाई सचेत पार्ने कामलाई सागसागै लैजानुपर्छ । आप्रवासी कामदार र तिनका परिवारको हक संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गरी वैदेशिक रोजगारको क्रममा हुने बेचबिखन रोक्न पहल गर्नुपर्छ । यसका साथसाथै नागरिकस्तरबाट पनि बेचबिखन रोक्न विशेष निगरानी बढाउनुपर्छ । समाजमा विद्यमान उाचनिच भावना र विभेदले पनि मान्छेलाई त्यस्ता जोखिम मोल्न उक्साउाछ । बेचबिखन र ओसारपसारको कामलाई बढावा दिन मद्दत गर्ने विभेदपूर्ण अवस्थाको अन्त्य गर्न पनि समाजका सचेत वर्गले पहल गर्नुपर्छ । सबैको सामूहिक प्रयत्नले मात्रै मान्छेले मान्छेलाई बेच्ने निकृष्ट काम रोक्न सम्भव हुन्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top