Free songs
Home / पाठक पत्र / आजभोलि किन विद्युतले चटक देखाएको ?

आजभोलि किन विद्युतले चटक देखाएको ?

आजभोलि दाङमा विद्युत झ्याप्प–झ्याप्प जाने क्रम लगातार बढिरहेको छ । घण्टौं लोडसेडिङको मार खेपिरहेका दङाली जनतालाई यस्तो चटके विद्युतले निकै सताइरहेको छ । एकातिर लोडसेडिङको मार त छ‘दैछ अर्कोतिर लगातार झ्याप्प झ्याप्प जाने विद्युतले प्रत्येक उपभोक्तालाई निकै नोक्सान पारेको छ । यसरी अनियमित आउने हाइभोल्टेज र पटक–पटक जाने लाइनले धेरै टिभी, कम्प्यूटर, ल्यापटप र अन्य इलेक्ट्रिक सामान पनि चॉडै बिग्रिने गरेका छन् । यसको प्रत्यक्ष मार पनि उपभोक्ताले नै बेहोर्नुपरेको छ । यसतर्फ हाम्रो विद्युत निकायलाई कुनै चासो छैन । कमसेकम लोडसेडिङको समयबाहेक अन्य समयमा नियमित तरीकाले लाइन आए विद्युत सेवाग्राहीहरु ढुक्कसाथ आफ्नो समयतालिका अनुसार काम गर्न पाउने वातावरण बन्ने थियो कि ? यसतर्फ सरोकारवाला निकायले सोच्न जरुरी छ । हैन भने यस्ता गुणस्तरहीन उपकरण र अनियमित भोल्टेजले हामी दङालीलाई झन समस्या पर्ने देखिन्छ ।
सुलोचना आचार्य
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top