Free songs
Home / पाठक पत्र / वडा प्रहरी कार्यालयको ध्यान जाओस्

वडा प्रहरी कार्यालयको ध्यान जाओस्

एउटा भनाइ छ– रोग निको पार्नतिर लाग्नु भन्दा रोकथामतिर लाग्नु बुद्धिमानी । अर्थात समस्या बल्झिएमा निराकरणतर्फ लाग्नु भन्दा पहिचान भइसकेका समस्याको समाधान गर्नेतर्फ लाग्नु बेस होला ।
अब प्रवेश गरौं प्रमुख समस्यातर्फ । घोराही बजार खासगरी दूरसञ्चार आसपासमा सधैं बाटोमा बसेर ढुंगा हेर्ने एउटा मानसिक रोगी छन् । उनको आजभोलिको क्रियाकलाप अलि बढी जंगली स्वभावको छ पहिलेको तुलनामा । होटलभित्र पस्ने, कराउने, महिलाहरु भएतर्फ जसै गरे पनि जान खोज्ने । त्यति मात्र होइन, पसल तथा होटलका बाहिर राखेका सामान टिप्ने, लात्ती उठाएर सामानहरु छुने र आफूले भनेजस्तो भएन भने औंला टोकेर कराउने ।
यहॉसम्म त ठीकै छ । कहिलेकाहीं त उनले आफूले लगाएको हाफ पाइन्टसम्म निकालेर नालामा फ्यॉक्ने क्रियाकलाप दिनप्रतिदिन बढिरहेको छ । यसबाट स्थानीयहरु वाक्कदिक्क भएका छन् । यसतर्फ न सम्बन्धित परिवारको ध्यान गएको छ न त स्थानीय प्रशासनको । त्यसकारण आउ‘दा दिनमा कुनै अप्रिय घटना भएमा यसको जिम्मेवार को हुन्छ ? तसर्थ घरपरिवार, आफन्त तथा स्थानीय प्रशासन, वडा प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय सबैको समयमै ध्यान जाओस् भन्ने आग्रह गर्न चाहन्छु ।
रामेश्वर आचार्य
घोराही–१०, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top