Free songs
Home / पाठक पत्र / कहिले बन्ला मुसीकोट–चुनवाङ सडक ?

कहिले बन्ला मुसीकोट–चुनवाङ सडक ?

रुकुम जिल्लाको जेठो सडकको नामले चिनिने मुसीकोट–झुल्खेत–चुनवाङ कृषि सडक विगत १५ वर्षदेखि निर्माणाधीन अवस्थामा छ । जिल्लाका अति विकट तथा दूरदराजका गाउ‘हरुसमेत सडक सञ्जालले जोडिइसकेका छन् । जिल्लाको यातायात गुरुयोजनामा पहिलो नम्बरमा राखिए पनि कार्य सम्पन्नताका हिसाबले यसको लक्ष प्राप्त हुने वा नहुने कसैलाई थाहा छैन । कहिले ठेक्कापट्टामा र कहिले उपभोक्ता समितिमार्फत सडक निर्माणको कार्य सञ्चालन गरिए पनि पर्याप्त बजेटको अभावमा कार्य प्रगति हुन सकेको छैन ।
डेढ दशकको निन्तर जिल्ला विकास समिति रुकुमको लगानीपश्चात मुस्किलले १० किलोमिटरसम्म मात्र ट्रयाक खोलिएको छ भने सुख्खा मौसममा आठ किलोमिटरसम्म ट्रयाक्टर पुग्ने गरेको छ । ट्याक्टर पनि निरन्तर चल्दैनन् । ट्याक्टरको पूरै ट्रिपको भाडा भुक्तानी गरेपछि मात्र घोरनेटीसम्म पुग्ने भएकाले चौखावाङ र चुनवाङका जनता दैनिक उपभोग्यवस्तु र निर्माण सामग्री पिठ्य‘ूमा बोकेर नै गुजारा चलाउन बाध्य छन् । गाउ‘मा उत्पादित कृषिजयन्य वस्तुहरु पनि सदरमुकामसम्म पिठ्य‘ूमै बोकेर पुर्‍याउने बाध्यता छ ।
यस सडकमा सडक निर्माणको लक्ष चुम्ने त कता हो कता, अझै ट्रयाक खोल्ने काम पूरा गर्न ६५ प्रतिशत भन्दा बढी काम गर्न बॉकी छ । १५ वर्ष लगाएर लगभग ३३ प्रतिशत पूरा भएको तथ्यलाई हेर्दा आगामी ३० वर्षसम्म पनि यो सडकले पूर्णता पाउने देखिन्न । कुनै पनि काम गर्न सरोकारवालाको कृत संकल्प चाहिन्छ । तद्अनुरुपका काम गर्नुको साटो यहॉको जमिन कमजोर छ । जनता शिष्ट छैनन् । रुट बदल्नुपर्छ भन्नेजस्ता सोर्‍याकका तर्क पनि आउने गरेका छन् । यसबाट माथि उठेर साझा संकल्पसहित सबै पक्ष एक भएर अगाडि बढ्नु जरुरी छ ।
कछुवाको गतिमा अघि बढिरहेको यो योजनालाई बढीमा पॉच वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढ्नु आवश्यक छ । यसका लागि जिविस, मुख्य राजनीतिक दलका नेताहरुले प्रतिष्ठाको बिषय बनाउनु आवश्यक छ । राजनीतिमा प्रतिष्पर्धा चाहिन्छ भने विकास निर्माणमा समझदारी चाहिन्छ भन्ने मान्यताका साथ जिल्लाकै जेठो सडकलाई ढिलै भए पनि अब पूरा गर्न सबै दृढ संकल्पित भएर लागौं ।
शेरकुमार खड्का
अध्यक्ष, निर्माण उपभोक्ता समिति, मुसीकोट–चुनवाङ सडक

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top