Free songs
Home / पाठक पत्र / खानेपानी योजनासँगै पूर्ण सरसफाई अगाडि बढाऊ

खानेपानी योजनासँगै पूर्ण सरसफाई अगाडि बढाऊ

प्राणी जगतमा अमूल्य पानी
पानीमा नै छ  जिन्दगानी
पानीबिना सफाइ छैन
सफाइबिना स्वच्छ पानी छैन..
त्यसैले पानी सफा राख्नको लागि वा जस्तो पानी मूलबाट निस्कन्छ त्यस्तै पानी मुखसम्म पुर्‍याउन सबैखाले पानी योजनाका उपभोक्ताहरुमा पूर्ण सरसफाइसम्बन्धी पूर्ण ज्ञान हुनु अति आवश्यक छ । यही महत्व बुझेर नै होला लोकतान्त्रिक बहुदलीय सरकारको पालादेखि विकास निर्माणको काम गर्दा पहिला समिति गठन गर्ने निर्माणपछि सो काम उसैलाई हस्तान्तरण गर्ने र खानेपानी तथा सरसफाइ शब्द राखियो । सरसफाइबिना पानी सफा हु‘दैन । त्यसैले जस्तो पानी मूलबाट निस्केको छ त्यस्तै पानी मुखसम्म पुगोस् भनी सरकारले थालनी गरेको यो काम बडो प्रशंसनीय छ । तर खानेपानी योजनाको बोर्डमा राखेको सरसफाइ शब्द बोर्डमै सीमित छ । सरसफाइका केही शब्दले वाल पेन्ट गर्दैमा सरसफाइले पूर्णता पाउ‘दैन । निरोगी र सफा हुनुमात्र सरसफाइ होइन । पूर्ण सरसफाइको ज्ञान सबैमा भयो भने समाज सफा, निरोगी, सभ्य, इमानदार र व्यावहारिक बन्छ । सबै गाउ‘ बस्तीका घरघरमा पानीका धारा पुर्‍याइदिने कार्यसमिति र कर्मचारी सबै मिलेर आफ्ना उपभोक्ताहरुलाई पानीको साथसाथै पूर्ण सरसफाइसम्बन्धी ज्ञान दिनु र आफ्नो योजना कमाण्ड एरियाभित्रको सबैखाले सरसफाइको जिम्मा लिनु आवश्यक छ ।
पानीले सबैको सफाइ पनि गर्छ । तर सही तरीकाले नियन्त्रण र ढल लगाउन सकिएन भने गाउ‘को वातावरण प्रदूषित भई रोग फैलिन सक्छ । त्यसैले सबै खानेपानी योजनाहरु सरल दिगो र सफा हुनको लागि पूर्ण सरसफाइमा जान्नैपर्ने पॉच कुराहरु छन् । यी पॉचवटै नियमको पूर्ण पालना गरेमा मात्र थाहा हुन्छ पूर्ण सरसफाइको महत्व । हामी सामाजिक प्राणी हौं र समाजमा बस्दा के कस्तो व्यवहार गर्नुपर्ने रहेछ चेतनाको कमीले कस्तो व्यवहार गरी भौतिक दु:ख सहन बाध्य भएका रहेछौं भन्ने कुरो थाहा हुन्छ । त्यसैले सबै खानेपानी योजनाका उपभोक्ताहरुले पूर्णसरसफाइसम्बन्धी तालिम लिनु अति आवश्यक छ । तालिम प्रशिक्षण आफ्नो योजनाको मूलदेखि मुखसम्म पानी पुर्‍याउने कर्मचारी नै हुनुपर्छ । किनभने पानी पुर्‍याउ‘दा अन्य मर्मतका कामहरुले गर्दा उपभोक्ताहरुस‘ग बढी सम्बन्ध हुने भएकाले सरसफाइसम्बन्धी नजानेका कुराहरु छलफल र सिकाएअनुसार गरे नगरेको निगरानी राख्न सजिलो पर्ने भएकाले । तर सबै कर्मचारीमा पूर्ण सरसफाइसम्बन्धी ज्ञान नहुनसक्छ । त्यस्ता कर्मचारीलाई कार्यसमितिले तालिमको व्यवस्था मिलाई प्रशिक्षक बनाउने, त्यसपछि आफ्ना सबै उपभोक्ताहरुलाई तालिम दिने नयॉ धारा जडान गर्नुभन्दा पहिले सरसफाइ तालिम दिएर मात्र धारा दिने व्यवस्थाका साथ समिति अघि बढेमा योजना सरल, दिगो, सफा र गाउ‘बस्ती सभ्य र इमानदार बन्छ । आफनो कर्तव्यबाट सबै खानेपानी समितिका पदाधिकारीहरु अघि बढ्नुपर्छ ।
बासुदेव थापा (प्राविधिक)
भरतपुर, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top