Free songs
Home / पाठक पत्र / मगन्तेको जिम्मा सरकारले लिनुपर्छ

मगन्तेको जिम्मा सरकारले लिनुपर्छ

केही महिनायता घोराही बजारमा मगन्तेहरुको बिगबिगी बढेको पाइन्छ । गरिखान नसकेका जोगीहरु, काम गरेर खान अल्छी मान्ने गरिबहरु, मानसिक रोगीहरु, ज‘ड्याहाहरु जस्ता माग्नेहरुले व्यवसायीहरुलाई हैरान गरिसकेका छन् । जॉड खाएर टिल्ल परेर माग्न आउने, थोरै पैसा दिदा झगडा गर्ने मगन्तेहरु देखिन थालेका छन् । घरमा आगो लाग्यो, बिरामी भएर औषधि उपचार गर्ने पैसा दिनुस् भनेर माग्न आउनेहरु पनि उत्तिकै छन् ।
१० वर्षअघि घरमा आगो लागेका र २० वर्ष अघिदेखि बिरामी भएको भन्ने वर्षौं पुराना सिफारिसपत्र देखाउनेहरुको संख्या कम छैन । सानोतिनो रोग लाग्दा पनि गरिवीको कारण देखाउ‘दै चन्दा माग्ने सिफारिस दिने नगरपालिका र गाविसहरुले पनि राम्ररी सोच्नु पर्‍यो ।
अझ श्रीमती दृष्टिविहीन भएको भनेर श्रीमतीलाई डोर्‍याउ‘दै माग्न हिंड्ने लाठे श्रीमान्, अपांग छु भनेर खोच्याउ‘दै हिंड्ने सपांग युवाहरु मात्र होइन, छोराबुहारीले हेला गरेर माग्न हिंडेको छु भन्ने शिक्षक तथा कर्मचारीका बाबुआमा पनि मगन्ते बनेका उदाहरण प्रशस्त छन् । अझ बाहिर जिल्लाबाट आएर पहेंलो कार्ड (अपांगता परिचयपत्र) देखाउ‘दै मागेर हिंड्ने पनि फाट्टफुट्ट देखिन थालेका छन् ।
बजारको एउटा व्यवसायीले दैनिक २० जनासम्मलाई आर्थिक सहयोग गर्नुपर्ने देखिएको छ । गरिखान नसकेर अपांगको अभिनय गर्ने, ज‘ड्याहा युवाहरुलगायत मागी खानेको भीड बढ्न थालेकोमा यहॉका सचेत नागरिकहरुले चिन्ता व्यक्त गर्न थालेका छौं ।
मगन्तेको अवस्था हेर्दा कठै विचरा भन्ने भावना नजाग्दासम्म कसैले पनि यसरी सहयोग गर्‍यो भने मगन्तेको संख्या बृद्धि हुनेछ । घोराहीमा मात्रै अहिले एक सय जति मगन्तेहरु भएको अनुमान गरिएको छ । अत: गरिखान सक्नेहरुलाई रोजगारीमा लगाउन सक्ने हो भने उनीहरु समाजमा स्थापित हुन सक्छन् । विडम्बना उनीहरुलाई काममा लगाउनेतर्फ चेतना दिने संघसंस्थाको आवश्यकता छ । मगन्तेहरुलाई जिम्मा लिने सरकारले दायित्व निर्वाह गर्नुपर्‍यो ।
बिजु के.सी.
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top