Free songs
Home / पाठक पत्र / सीमा सुरक्षा चौकीमा रिक्त दरबन्दी कैले हुन्छ पूरा

सीमा सुरक्षा चौकीमा रिक्त दरबन्दी कैले हुन्छ पूरा

सीमा तथा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन भारतस‘ग सीमा जोडिएका दाङ जिल्लाका विभिन्न स्थानमा सीमा प्रहरी चौकीहरु रहेका छन् तर केही समययता ती चौकीहरुमा तोकिए बमोजिमको दरबन्दीमा प्रहरी छैनन् । राजपुर गाविसको भैसाही नाकाको सीमा प्रहरी चौकी जुन दाङको नाका क्षेत्रको अन्तिम चौकीको रुपमा रहेको छ । जनसंख्या र क्षेत्रफलको आधारमा धेरै ठूलो क्षेत्रफल र आवादीलाई सुरक्षा दिने यस चौकीमा न पर्याप्त मात्रामा प्रहरी छन् न व्यवस्थापनै राम्रो छ । अझ भन्ने हो भने प्रहरी नायव निरीक्षक र तीन जना प्रहरी जवानको सरुवा भएको दुई महिना बित्दा पनि रिक्त स्थानमा पदपूर्ति भएको छैन । चौकीमा प्राय: गरी मुस्किलले चार पॉच जना मात्र रहने र रहेका पनि यसरी सरुवापछि पदपूर्ति नह‘ुदा सुरक्षा व्यवस्था र संयुक्त पेट्रोलिङ गस्तीजस्ता काम खुकुलो रहेको छ ।
नाका क्षेत्रकै धेरै जनसंख्या रहेका वस्तीहरु भौवानाका, भैसाहीनाका र सुनपथरी नाकास‘गै स्याउलेखुटी, मनौरानाका सिउरेनीलगायतको भूगोलका लागि मात्र पॉचजना प्रहरीले के सुरक्षा प्रदान गर्न सक्छन् ? उसै पनि ती गाउ‘हरुबीचको दूरी एक आधा घण्टाको छ । सुरक्षा आफैमा संवेदनशील कुरा हो । अझ यहॉको सन्दर्भमा त खुला सीमा सुरक्षाको जटिल समस्या रहेको छ । एक पटक भारतीय सीमा सुरक्षा वलका जवानले चौकीमै आएर हातपात समेत गरिसकेको घटना अझै ताजै रहेको अवस्थामा सम्वन्धित निकायले कानमा तेल हालेर बस्नु दुखद् हो । त्यसै पनि दुर्घटनापछि तुरुन्त थप शक्ति लिन सकिने सम्भावनालाई बुझ्न जरुरी छ अन्यथा चौकीको नाममा झारा टार्ने काम नगर्दा बेस होला । दाङ जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतले आफै पनि सीमा चौकीको प्रत्यक्ष अवलोकन गरिसक्नुभएका छ । तसर्थ यसबारे सम्वन्धित सबै निकायको ध्यान चॉडै जाओस् ।
अमृत खड्का
भैंसाहीनाका, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top