Free songs
Home / विचार / सदरमुकाम र सेवाकेन्द्रका कुरा…

सदरमुकाम र सेवाकेन्द्रका कुरा…

के.बि.मसाल
राणाकालीन समयमा नेपाललाई ३५ वटा जिल्लामा बिभाजन गरिएको थियो । पछि २०१८ साल बैशाख १ गते नेपाललाई चौध अञ्चल पचहत्तर जिल्ला बनाउ‘दा धेरै जिल्ला सदरमुकाम सार्नुपर्ने भयो । त्यस समयमा धेरै जिल्ला र अञ्चलको सिमाना नदी र खोलालाई बनाउ‘दा केही जिल्लामा सदरमुकाम जिल्लाको भूगोलको केन्द्रबिन्दुमा परेको छैन । अहिले पनि तराईका बर्दिया, बॉके, दाङ, नवलपरासी, चितवन र मकवानपुर जिल्लाहरुमा जिल्लाको भूगोलले गर्दा धेरै गाविस र केही नगरपालिकाहरुलाई सदरमुकाम आउन जान असजिलो भएको छ । अझै पनि धेरै जिल्लामा सदरमुकामको लागि आन्तरिक द्वन्द्व चलिरहेको छ । नेपालमा १४ अञ्चल र ७५ जिल्ला भए पछि पनि २०२० देखि २०३२ सालसम्म धेरै जिल्लाका सदरमुकामहरुलाई जिल्लाको भूगोल अनुसार सार्ने काम भयो । जनसंख्याको चाप, भौगोलिक स्थिति, बन्दै गरेको बस्तीलगायतलाई दृष्टिगत गरी नागरिकलाई नजिकैको स्थानबाट छिटो छरितो तरीकाले सेवा दिने राज्यको नीतिबमोजिम त्यस्ता सदरमुकामहरु परिवर्तन गरिएका थिए ।
अहिलेसम्म जिल्ला सदरमुकाम र सेवाकेन्द्र समेत गरी मुलुकमा ८४ स्थानमा मालपोत कार्यालय रहेका छन् । विभिन्न जिल्लाका सरकारले थप २१ स्थानमा मालपोत र नापी कार्यालय स्थापना गरी सेवा दिने उद्देश्य रहेको छ । २०६४ सालमा प्रचण्ड नेतृत्वको सरकारले नै पहिलोपटक सरकारी कार्यालयहरुको सेवाकेन्द्र थप गर्ने निर्णय गरेको थियो । त्यसबेला मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा परराष्ट्रमन्त्री थिए । रौतहटको चन्द्रनिगाहपुर र कलैयाको सिमरामा सेवाकेन्द्र राख्ने निर्णय गर्दा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान, गृह तथा रक्षा, तराई मधेश लोकतान्त्रिक पार्र्टीका सहअध्यक्ष ह्दयेश त्रिपाठी भौतिक तथा योजना, सद्भावना अध्यक्ष राजेन्द्र महतो आपूर्ति, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव सिंचाई, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सूचना तथा सञ्चार मन्त्री थिए । तर अहिले प्रतिपक्षमा रह‘दा आफू छायॉमा बसेर तिनै पार्टीहरु, हिजो आफैले गरेको निर्णयबिरुद्ध जनतालाई सडकमा उतारेका छन् ।
सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा त्यस्ता ठाउ‘हरु परिवर्तन भइरहन्छन् जुन नागरिकलाई छिटो, छरितो सरल र पायक पर्ने स्थानबाटै सेवा उपलब्ध गराउने उद्देश्यले नै प्रेरित भएर गरिएका हुन्छन् । नागरिकलाई पायक पर्ने स्थानबाट छिटोछरितो सरकारी सेवा पु¥याउनु सरकारको कर्तव्य पनि हो । विकास भनेको परिवर्तन हो । परिवर्तन सबै क्षेत्रमा हुने गर्दछ । विकासलाई यसो पनि भन्ने गरिन्छ– विकास र विनाश एक आपसका परिपूरक हुन् । विगतलाई फर्केर हेर्ने हो भने देशमा धेरै यस्ता ठाउ‘हरु परिवर्तन भएका छन् । केही नभएका डॉडाकॉडा मानिसको घनाबस्तीमा परिणत भएका छन् भने कुनै समय मानिसको अति नै चहलपहल भएका स्थान अहिले सुनसान भएका छन् । बेला–बेलामा भइरहने राजनीतिक परिवर्तन, प्रशासनिक बिभाजन र राज्यको
नीति तथा कार्यक्रम कार्यान्वयन गर्दा कुनै
स्थानमा मानिसको चहलपहल बढ्छ भने कतै घट्ने गर्दछ ।
नेपालको इतिहासमा जिल्लाको प्रशासनिक केन्द्र अथवा जिल्लाको सदरमुकाम परिवर्तन ह‘ुदै आएका छन् । दाङ जिल्लामा प्रशासनिक केन्द्र अहिलेको हॉसीपुरको शीतलपुर, त्यसपछि धारपानी दक्षिणतिरको सरिकोट र बिजौरीमा माल कार्यालय रहेको पुरानो इतिहास छ । ०७ सालपछि सदरमुकाम घोराहीमा सारिएको हो । केही दिन अगाडिबाट मालपोत र नापीको काम ४ र ५ नम्वर क्षेत्रका बासिन्दाहरुको लागि तुलसीपुरबाट हुने गरेको छ । जनताको सुविधाका लागि यो निर्णय राम्रो मान्नु पर्दछ । रुकुम जिल्लाको सदरमुकाम पहिला रुकुमकोटमा थियो । पछि मुसीकोटमा सारिएको हो । अर्घाखॉची जिल्ला २०१८ साल भन्दा पहिले गुल्मी र अर्घाखॉची जिल्ला एउटै रहेको थियो । जिल्ला बिभाजन हुने क्रममा पहिला सदरमुकाम नरपानी र पछि चुत्राबेसीमा सारिएको हो । उदयपुर जिल्लाको सदरमुकाम वि.सं. २०२८ सालभन्दा अगाडि हालको पञ्चावती गाविसमा पर्ने उदयपुरगढी भन्ने ठाउ‘मा थियो । त्यसपछि सदरमुकाम गाईघाटमा सारिएको हो । नुवाकोट स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम हो ।
२०१२ सालपछि स्याङ्जाको सदरमुकाम पुतलीबजारमा सरेको हो । धादिङको सदरमुकाम ०३२ सालसम्म सुनौला बजारमा थियो । पछि धादिङबेसीमा सारिएको हो । २०१८ सालभन्दा अघि पर्सा, बारा र रौतहट एउटै जिल्लामा थिए ।
त्यसैगरी २०१८ साल भन्दा पहिले सप्तरी र सिराहा पनि एउटै जिल्लामा थिए । अहिले सप्तरीको छुट्टै पहिचान र महत्व रहेको छ । नुवाकोट जिल्ला नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा बिभाजन गर्नुअघिसम्म पश्चिम १ नम्बरअन्तर्गत रहेको थियो । २०१९ सालमा जिल्ला बिभाजन हु‘दा धादिङ, रसुवा नुवाकोट जिल्लामा बिभाजन भएको हो । यसको सदरमुकाम नुवाकोटबाट बिदुरमा पछि सारिएको हो । पर्वत र स्याङ्जा एउटै जिल्लामा पर्दथे । जसलाई पश्चिम ४ नम्बर भन्ने गरिन्थो । यसको सदरमुकाम स्याङ्जा नुवाकोटमा रहेको थियो । ०२२ सालमा पर्वत जिल्ला भएको हो । यसको सदरमुकाम कुश्मा बजारमा रहेको छ । अहिलेको कालीकोट जिल्ला जुम्ला जिल्लामा पर्दथ्यो । जुम्ला जिल्लाको गौंडाले हाल कर्णाली अञ्चलमा रहेका सबै जिल्लाको प्रशासन हेर्ने गर्दथ्यो । कर्णाली अञ्चलका पॉच जिल्लामध्ये त्यतिबेला कालीकोटलाई तिब्रीकोट नाम राखियो । तिब्रीकोटबाट कालीकोट २०३२ मा नामाकरण गरिएको हो ।
नेपाल ३५ जिल्लामा बिभाजन गरिएको समयमा ओखलढुंगा हाल खोटाङको बीच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाई पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौंडाको प्रशासनबाट चलेको थियो । स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेसी र रावाथुम प्रशासनिक एकाई कायम थियो । विशाल क्षेत्र भएकाले साप्सु दक्षिणमा खोटाङ इलाका अदालत र ऐंशेलुखर्क इलाका अदालत स्थापना गरिएको थियो । तत्कालीन खोटाङद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने, रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बॉकी क्षेत्र खोटाङले हेर्नेगरी खोटाङ बजारलाई
सदरमुकाम बनाइए हो । पछि वि.सं.२०२० सालमा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सारिएको हो ।
सोलुखुम्बु जिल्ला पहिले पूर्व ३ नम्बरमा पर्दथ्यो । त्यसपछि ओखलढुंगा अनि सोलुखुम्बु त खोटाङ पनि हुन पुग्यो भौगोलिक बिभाजनकै कारण । हालको सोलुखुम्बु, खोटाङ र ओखलढुंगा जिल्लाका भू–भागहरु राणा शासनकालमा पूर्व ३ नम्बर भनेर चिनिन्थे । २०३२ सालमा सोलुखुम्बु र खोटाङ जिल्लाको भू–भाग हेरफेर गरियो । ओखलढुंगाबाट सोलुखुम्बुमा सरेका १५ गाउ‘मध्येका १० गाउ‘ दिप्सुङ, राखावाङदेल, बाकाचोल, ऐंसेलुखर्क, जलेश्वरी, महेश्वरी, डुम्रे धारापानी, दुवेकोल, माक्पा र ज्यामिरेलाई खोटाङ जिल्लाको भूगोलमा राखियो । बि.स.२०१८ सालभन्दा अगाडि तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङ एउटै जिल्लामा पर्दथे । अहिले म्याङलुङ बजार तेह्रथुम जिल्लाको सदरमुकाम पर्दछ । त्यसैगरी २००७ सालपूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं. गोश्वराको प्रशासनिक इकाईको रुपमा रहेको दोलखा २०१८ सालदेखि मात्र जिल्लाको रुपमा आएको हो । दोलखामा २०२४ सालदेखि मात्र
अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्यजस्ता जिल्लास्तरीय कार्यालयहरु रहन थालेका
हुन् । दोलखा जिल्लाको सदरमुकाम
चरिकोट हो ।
राणाकालका तेस्रो प्रधानमन्त्री वि.सं १९४२ सालमा वीर शमशेर भए । यिनैको कार्यकालमा नेपालका १० जिल्लाहरुलाई बत्तीस जिल्लामा बिभाजन गरिएको थियो । पहाडी बीस जिल्लाहरुमा साधारणतया एकजना वडाहाकिम रहने व्यवस्था लागु गरियो । तर ती बीस जिल्लामध्ये पाल्पा, धनकुटा र डोटी जिल्लालाई विशेष स्थानमा राखिएको थियो । पश्चिममा पाल्पा र डोटी, पूर्वमा धनकुटा जिल्लालाई गौंडा बनाइयो । धनकुटा गौंडा वडाहाकिमको अधीनमा पूर्वमा १ नम्बर, २ नम्बर, ३ नम्बर, ४ नम्बर, इलाम र धनकुटा गरी ६ जिल्ला राखिएको थियो । त्यस समयको धनकुटा जिल्लाको क्षेत्रफल पनि ठूलो थियो । हालको संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पॉचथर र धनकुटा गरी पॉच जिल्लाको भू–गोल त्यसबखत धनकुटा जिल्लाको रुपमा थियो । धनकुटा गौंडा बनाइएको कारणले पूर्व क्षेत्रको धनकुटा जिल्ला ठूलो प्रशासनिक केन्द्र थियो ।
पॉचथरको सदरमुकाम फिदिम हो । पॉचथर जिल्ला मेची अञ्चलको पूर्वी पहाडी जिल्ला हो । वि.स.२०१८ साल भन्दा पहिले पॉचथर र इलाम एउटै जिल्लामा थिए । राणाँकालीन शासनमा पूर्व ४ नं. भोजपुरमाझ किरॉत एक प्रशासनिक एकाई थियो । २०१९ सालमा प्रशासकीय क्षेत्र बिभाजन गर्दा यो जिल्ला सगरमाथा अञ्चलमा राखिएको थियो भने २०३२ सालदेखि कोशी अञ्चलमा राखिएको हो । मकवानपुरको सदरमुकाम पनि भीमफेदी बाट क्रमश हेटौंडातिर सरेको छ । अहिले पुरानो सदरमुकाम भीमफेदीमा कारागार मात्र रहेको छ । मुस्ताङ जिल्लाको सदरमुकाम पहिला दाना भन्ने ठाउ‘मा थियो । आजभोलि म्याग्दी जिल्लामा पर्दछ । ०३२ मा दानाबाट जोमसोममा सारिएको हो । बन्दीपुर २०२५ सालसम्म तनहु‘को सदरमुकाम र पश्चिम पहाड कास्की, लमजुङ र गोरखाको मुख्य व्यापारिक नाकाको रुपमा परिचित थियो ।
विक्रम सम्बत २०२५ सालमा तनहु‘
सदरमुकाम बन्दीपुरबाट दमौली बजार सारिएको थियो ।
लमजुङ जिल्लाको सदरमुकाम पहिला कुन्छामा थियो । ०२८ सालमा अहिलेको सदरमुकाम वेसीशहरमा सारिएको हो । नेपालको सदरमुकाम सार्ने क्रममा रमाइलो प्रसंग भने मनाङ जिल्लाको छ । कैयौं वर्षसम्म मनाङ जिल्लाको सदरमुकाम मनाङमा राख्न सरकारले सकेन । मनाङको सरदमुकाम लमजुङ जिल्लाको बाहुनडॉडामा रहन गयो । पछि मनाङको थोचे हु‘दै अहिलेको चामेमा सारिएको हो । सुर्खेतको वीरेन्द्रनगर क्षेत्रीय र जिल्ला दुवैको सदरमुकाम हो । सुर्खेत जिल्ला २०१६ सालभन्दा पहिले दैलेख जिल्लामा थियो । सुर्खेत नेपाल एकीकरण हुनु अगाडि लामो समय जुम्लाको सिंजा राज्य तथा जाजरकोट राज्यद्वारा शासित थियो । सुर्खेत उपत्यका नेपालमा औलो उन्मूलन भएपछि २०२३ सालमा पुरानो सदरमुकाम गोठीकॉडाबाट कार्यालयहरु वीरेन्द्रनगरमा सारिएको हो ।
हामीकहॉ कुनै समय स्थापना गरिएको कार्यालय सदाको लागि त्यही स्थानमा हुनुपर्छ र ती कार्यालय अन्यत्र सार्दा सबै सम्भावनाहरु गुम्छन् भन्ने सॉघुरो मानिसकताको विकास हु‘दै गएको छ । अहिले सेवाकेन्द्र सार्ने काममा जुन बिरोध भएको छ यसैको उपज हो । सदरमुकामका केही कार्यालयको स्रोतकेन्द्र अन्यत्र सार्दैमा सदरमुकाम वा त्यो ठाउ‘ सुकिहाल्ने सम्भावना हु‘दैन । सिद्धान्ततः सेवा केन्द्रहरूको बिस्तार अनुचित होइन । हालसम्म जिल्ला सदरमुकामबाट मात्र हुने गरेका नागरिकता बितरण, मालपोत, जग्गा किनबेचलगायतका सरकारी सेवाहरु सदरमुकाम बाहिरका ठाउ‘हरुमा पनि उपलब्ध हु‘दा सम्बन्धित क्षेत्रका नागरिकहरुलाई सजिलो हुन्छ । यसका निम्ति संघीय संरचना निर्माणको तयारी चलिरहेको अहिलेको संक्रमणकालीन समय उपयुक्त हो वा होइन । त्यसमा बहस गर्न सकिएला तर सेवा केन्द्रहरुको स्थापना आफैंमा अनुपयुक्त चाहि‘ होइन । यद्यपि यससम्बन्धी निर्णय र कार्यान्वयन जसरी गर्न खोजि‘दैछ, त्यो भने उचित देखिदैन ।
जनघनत्व र भौगोलिक संरचनालाई ध्यानमा नराखी हचुवाका भरमा कुनै स्वार्थवश निर्णय लिइएको हो भने यो सरासर गलत हो, जसलाई तत्काल सरकारले सच्याउनुपर्छ । अर्कोचाहि‘, स्थानीय भावना नबुझी केन्द्रबाट निर्णय लादेर सेवा केन्द्र खोल्न खोज्दा पनि अनावश्यक भ्रम र आशंका सिर्जना भएको छ । कतिपयले त सेवा केन्द्र बिस्तारको नाममा सरकारले सदरमुकाम नै सार्ने प्रपञ्च रचिरहेको आरोपसमेत लगाएका छन् । सदरमुकाममा रहेको आफ्नो व्यापार–व्यवसाय खस्कने देखेर अतिरञ्जित प्रचारबाजी गर्नेहरुसमेत छन् । ती सबैलाई पत्याएर प्रदर्शनमा उत्रनेहरु पनि देखिन्छन् । यदि कसैले बिस्तारै जिल्ला सदरमुकाम नै सार्ने मनसाय राखेका रहेछन् भने यो पक्कै पनि गलत हो । यद्यपि सरकारको नीति हेर्दा त्यस्तो देखिन्न । तर उसले यसलाई जसरी, जहॉ–जहॉ कार्यान्वयन गर्न खोज्दैछ, त्यो तरीका सही छैन । यदि प्रशासनिक सेवा विकेन्द्रित गर्न खोजिएको हो भने स्थानीयबासीलाई आश्वस्त पारेर मात्र अगाडि बढ्नु उपयुक्त हुन्छ । नत्र बारा र रौतहटमा झैं आफ्नै निर्णयबाट पछाडि हटनुपर्ने
अवस्था दोहोरिन्छ । यसमाथि संघीयताको विवादले गर्दा अहिले मधेश राजनीतिकरुपमा तरल तथा संवेदनशील रहेको यथार्थलाई सरकार सञ्चालकहरुले सोच्नुपर्ने अवस्था आएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top