Free songs
Home / पाठक पत्र / बृद्धाश्रम पनि खुला विद्यालय हो

बृद्धाश्रम पनि खुला विद्यालय हो

हामीले बृद्धाश्रमका विषयमा कल्पना ग¥यौं भने के सोच्छौं ? पक्कै पनि त्यहॉ भोका, नांगा र खान नपाएका लुरे ख्याउटे बुद्धबृद्धाहरु छन् र उनीहरुले दुःख झेलिरहेका छन् कि भनेर । सॉच्चिकै मलाई पनि त्यस्तै लागेको थियो भित्रैदेखि दिल खोलेर भन्दा । तर ज्येष्ठ नागरिक सरोकार केन्द्र दाङद्वारा तेरौंटेमा सञ्चालित बृद्धाश्रममा पुृगेपछि मेरो भ्रम मेटियो ।
त्यहॉ त अत्यन्त व्यवस्थितरुपमा बृद्धबृद्धाहरुलाई राखिएको रहेछ । देख्दा सफा, सुकिला र हंसमुखका बुद्धबृद्धाहरु देख्दा लाग्यो यहॉ बसेर उहॉहरु सन्तुष्ट हुनुभएको छ । उहॉहरुले विगतमा भोगेका पीडा भुल्दै जानुभएको रहेछ । अझ राम्रो पक्ष के लाग्यो भने सम्पत्ति भएका मानिस पनि बृद्धाश्रमलाई सहयोग गरेर त्यहीं बस्न रुचाएको । सम्पत्ति नभएर दुःख पाएपछि मात्रै बृद्धाश्रममा जान्छन् भन्ने कल्पना पनि त्यहॉ गएर तोडियो ।
सुशीला घर्तीले आप्mना छोराछोरी नभए पनि आश्रमका लागि आर्थिक सहयोग गरेर आश्रममै बस्नुभएको छ । नातागोताका मान्छेलाई सम्पत्ति दिन्छु, मलाई पाल भन्नुभन्दा लगानी गरेर आश्रममा बस्न रुचाउने घर्तीबाट अरुले पनि सिक्नुपर्छ जस्तो लाग्यो ।
त्यहॉको वातावरण हेर्दा लाग्यो सबै बृद्धबृद्धाहरु कसैको दया चाह‘दैनन् । बरु माया भए पुग्छ उनीहरुलाई । हामी त्यहॉ पुग्दा कोही बृद्धबृद्धाहरु भजन कीर्तनमा भुलिरहेका र कोही घाम तापिरहेका थिए । उनीहरुमा हिनताबोध पटक्कै पाइएन ।
त्यहॉबाट सिक्नुपर्ने कुरा धेरै छन् । हरेक बृद्धबृद्धास‘ग लामो समयसम्म बसेर कुरा गर्ने हो भने उहॉहरुबाट धेरै कुरा सिक्न सकिन्छ । उहॉहरुको जीवनचक्र, भोगाइ र जीवनको यथार्थता बुझ्नका लागि लाग्छ बृद्धाश्रम एउटा विद्यालय हो । त्यहॉबाट धेरै कुरा सिक्न सकिन्छ । मान्छे जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ । बूढो हुनुपर्छ भन्ने पनि थाहा छ । तर रोगी नबन्दासम्म सुख भोगमा रहिरह‘दासम्म बूढो पनि भइन्न, मर्न पनि मरिन्न कि भन्ने लाग्छ । यो आम मान्छेमा लागु हुने प्रबृत्ति हो ।
संस्थागतरुपमा सञ्चालन भएको आश्रममा धेरै संस्थागत समस्या होलान् । आर्थिक तथा व्यवस्थापनमा समस्या होला । झट्ट हेर्दा सुन्दर मनमोहक लाग्ने बृद्धाश्रम एउटा पर्यटकीय गन्तव्य पनि बन्न सक्छ । यस क्षेत्रको विकासका लागि राज्यस्तरबाट पनि सहयोग हुनुपर्छ ।
सरिता शर्मा, काठमाडौं
हाल ः घोराही–४ बेलभार, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top