Free songs
Home / विचार / नेपाल प्रहरी र नागरिक बीचको अनुभूति

नेपाल प्रहरी र नागरिक बीचको अनुभूति

भुपेन्द्र सुवेदी
मेरो कर्मथलो नेपाल प्रहरी सेवा हो र म सेवारत रह‘दा र मैले स्वेच्छिक अवकाशपछि पनि नेपाल प्रहरीको पक्षमा सदासर्बदा मैले मातृ संस्थाको रुपमा आज पनि समर्पित रहिरहेको छु । मेरो प्रहरी सेवा पछिको अर्को सेवाको पाटो बन्न पुगेको संस्था हो सामुदायिक प्रहरी सेवा केन्द्र जहॉ मैले सेवानिबृत्त समयमा फेरि भोलिन्टियर सेवाको अनुभव गरेको अवस्थामा नागरिक र प्रहरीबीचको सम्बन्ध विगत २०५९ देखि ०७१ सम्म निरन्तर नजिक रहेर सेवा गर्ने समयमा स‘गालेका अनुभवको छोटो टिप्पणीमा सम्पूर्ण जनमानस र बुद्धिजीबी सर्कलबाट अधिकांश समय आफ्नो समुदायमा सुरक्षित रहेको अनुभूति गरेको पाए‘ ।
भौगोलिकरुपमा सुदूरपश्चिम क्षेत्रका पहाडमा बस्ने बासिन्दाले सबैभन्दा बढी सुरक्षाको अनुभूति गरेको बुझिन्छ । जब कि मध्यपश्चिमाञ्चल क्षेत्रका तराईमा बस्नेहरुले बडो मुस्किलले सुरक्षाको अनुभूति गरेको आम नागरिकको बिचारबाट पाइएको छ । यसस‘ग सम्बन्धित पेशागत समूहमध्येको राजनीतिक दलका प्रतिनिधि तथा सरकारी प्रतिनिधिले मुख्यतया आपराधिक तथा सशस्त्र संगठित समूहद्वारा हुने आक्रमणका कारण सुरक्षाको अनुभूति अत्यन्त कम गरेको बुझिन्छ भने उनीहरु फरक–फरक राजनीतिक दलहरुस‘ग आबद्ध समूहबाट सञ्चालित खतराजनक आक्रमण एवं हिंसाका कारण प्रताडित हुन पुगेको संकेत देखाउ‘छन् । आफ्नो समुदायभित्र बढी सुरक्षाको अनुभूति गराउने सबैभन्दा महत्व पूर्ण पक्षमा ती नागरिक र बुद्धिजीवी सर्कलहरुको गाउ‘ र नगरहरुमा नेपाल प्रहरीको उपस्थिति हुनुमा मानिएको छ ।
तर खुलेर अन्य जातिका भन्दा आफूलाई दलित, मधेशी भनेर परिचित गराउने ब्यक्तिका अनुसार प्रहरीले तिनीहरुको समुदायमा सुरक्षा दिन नसकेको र नदिएको जस्तो गुनासो हुन्छ र त्यसैमा सामुदायिक प्रहरी सेवा केन्द्रको चार्टतिर ध्यानाकर्षण गराइ देखाउ‘दा त्यहॉ दलित, मधेशी, महिला सबैको प्रतिनिधित्व रहेको भन्दा उनीहरुको भनाइ यहॉ शहर बजारमा सबै पढेलेखेका रहन्छन् र यहॉ देखाउनु केही ठूलो कुरा होइन । तर गाउ‘घरको स्थिति यस्तो छैन भनिएको छ । किन ? त्यसमा पनि सर्वसाधारणबाट विगत द्वन्द्वकालभन्दा आजको अवधिमा नेपाल प्रहरीको कार्यदक्षतामा सुधार भएको जनाएका छन् । यद्यापि एउटा सानो वर्गले भने प्रहरीको सक्षमतामा झन ह्र्रास आएको महसुस गरेको पाइन्छ किन ?
यसरी सबै पक्षका बिभिन्न विचारअनुसार नेपाल प्रहरीको कार्यदक्षतामा सुधार हुनुमा केही प्रमुख पक्षहरुको बानी बेहोरा तथा दृष्टिकोणमा सुधार हुनु देशको सुरक्षा स्थितिमा सामान्यतया सुधार आउनुमा नेपाल प्रहरीको कार्यकौशलताको सफल पक्ष हो । यसैस‘ग दॉजिएर आएका प्रश्नहरुको नागरिकको उत्तर छ । आधाभन्दा बढी प्रहरीको सुरक्षा तथा यसका अन्य सेवामा समान पहु‘च छ भन्नेमा विश्वास गर्दैनन् किन ? त्यसैमा गरिब, दलित तथा महिलाको परिचय दिने यी तीन बर्गका ब्यक्तिहरु सुरक्षामा असमान पहँुचबाट प्रताडित रहेको गुनासो पनि यहीं खडा छ । यद्यपि नेपाल प्रहरी भ्रष्टाचार, साधन स्रोतको अभाव तथा राजनीतिक हस्तक्षेपद्वारा ग्रसित भए पनि अधिकांश सहभागी र सुझावकर्ताहरुले नेपाल प्रहरी नै राष्ट्र र देशको शान्ति सुरक्षाको व्यवस्थापन गर्न र नागरिक सुरक्षा सुनिश्चित गर्ने नेतृत्वदायी संस्था हुनुपर्दछ र नेपाल सरकारले यो संस्थालाई बढीभन्दा बढी सक्षम तुल्याउनु आवश्यक ठानेको अवस्था छ ।
अब नेपाल प्रहरीको कमजोर क्षमताका कारण नागरिकहरु वैकल्पिक न्यायतर्फ प्रोत्साहन हुन बाध्य भएको अवस्था छ, किन ? कुनै पनि अपराधबाट पीडित वा तिनीहरुका साक्षीहरुमध्ये करीब एक तिहाइले उनीहरुलाई प्रहरीले सहयोग पु¥याउ‘दैन वा सहयोग गर्न सक्दैन भन्नेखाले प्रहरी समक्ष अपराधको जाहेरी नै दिएनन्,
किन ? प्रहरी लाई अपराधको जाहेरी गरे वा जानकारी गराएका मध्येको भनाइ यस्तो पनि पाइयो । उनीहरुले तेस्रो पक्षको प्रयोग भएको स्वीकारेका थिए । त्यो अवस्थामा उनीहरुले तेस्रो पक्षको प्रयोग गर्दा सहज मानेको अवस्था दर्शाए । नेपाल प्रहरीमा उजुरी गरेका करीब दुई तिहाइ नागरिकहरुले प्रहरीबाट अपराधको अनुसन्धान भएको जनाएका पनि छन् । तर पीडितहरुको सन्तुष्टिको मात्रा पीडित वा तिनका साक्षीलाई प्रहरी अनुसन्धान पक्षपातरहित भएको अवस्था र नेपाल प्रहरीबाट भएको सही सूचना र निर्बाह गरेको जिम्मेवारीमूलक भूमिकामा बिश्वस्त रहेको पनि पाइयो  ।
अधिकांश नागरिकहरुको गुनासो नेपाल प्रहरी समक्ष तत्कालै अपराधको जाहेरी वा उजुरी नै गर्न नचाहने पीडित र उनका समकक्षीमध्ये २, ५, प्रतिशत मुद्दा मामिलाको सम्बोधनका निम्ति राजनीतिक दल वा गैरसरकारी संस्थामा जाने र बैकल्पिक उपायको खोजी गरेको पनि पाइन्छ किन ? नेपाल प्रहरीले जनमानसमा अझै बिश्वास जित्न र भरपर्दाे बिश्वास दिलाउन नसक्नुको कारण र प्रहरीलाई पनि राजनीतिक दलको दबाबका कारण असफल गराउन खोेज्नु एउटा मुख्य चुनौती हो । नेपाल प्रहरीमै जाहेरी वा उजुरी गर्नेहरु पनि पछि मुद्दा अदालतसमक्ष पुग्दैन वा अदालतले पनि केही गर्न सक्दैन भन्ने लागेमा छिनोफानाका वैकल्पिक योजना रोज्न बाध्य भएको पनि पाइन्छ । यो बैकल्पि उपायमार्फत प्रहरीमाथि दबाब दिने अभिप्रायले नागरिक समाज अथवा राजनीतिक दलका नेताहरुलाई गुहार्ने र सरकारी वा प्रहरी कार्यालयमा ताल्चा लगाउने प्रहरी वा पीडकबिरुद्ध जबर्जस्ती सडक जामको आह्वान गर्ने र ब्यक्तिगत तहमा बदला लिने आरोपित पीडकबिरुद्ध धरपकड गराउनको लागि राजनीतिक दलस‘ग आबद्ध संस्थालाई आर्थिक प्रलोभनमा पार्ने जस्ता क्रियाकलाप हु‘दै आएको जनमानसको बिचारबाट बाहिर आएको हुन्छ । यस्ता धेरै पीडित तथा उनीहरुका साक्षीमात्रै भेटिएका पनि छन् । जसको मुद्दा अदालतसमक्ष पुगेको हुन्छ र न्यायाधीशबाट स्वच्छ तथा निष्पक्ष न्याय प्राप्त भएको पाइएको हुन्छ । त्यसमा अत्यन्त कम न्याय इन्साफ पाएकाहरुलाई न्यायाधीश घुस तथा भ्रष्टचारमा निर्लिप्त, राजनीतिक दबाब वा ब्यक्तिगत भनसुनबाट प्रभावित भएको गुनासो पनि बाहिर नआएको होइन ।
यो लामो अबधिसम्म स्थानीय जनतास‘ग प्रत्यक्ष नजिक रहेर सामुदायिक प्रहरी सेवा केन्द्रमा आएका समस्याहरुलाई एकमुष्ट बिश्लेषण गर्दा र बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले यससम्बन्धी चलाएका कार्यक्रममा सहभागी हु‘दा प्राप्त भएका समस्याहरुलाई समेटिएको र अधिकांश समुदायमा कानुनी सहायता उपलब्ध होस् र स्थानीय सरकार छिटो स्थापित होस् र न्यायमा पहु‘चको निम्ति कानुनी तथा त्यसका अन्य प्रक्रियाका बारेमा नेपाल प्रहरीले अधिकतम सूचना प्रवाहित गरोस् भन्ने आम नागरिकहरुको चाहना रहेको हु‘दोरहेछ । त्यसैमा अधिकांश स्थानीयस्तरका नागरिक र बुद्धिजीवीहरुको चाहा अदालतभन्दा नेपाल प्रहरीले नै दोषी निर्दोर्षी छुट्याउन सक्ने हु‘दा यी सवालमा निर्णय दिने सबै भन्दा जबाफदेही नेपाल प्रहरीको निकाय नै भएको बताएका छन् । तर नेपाल प्रहरी तथा सर्वसाधारण बीचको अन्तक्र्रिया र गोष्ठीजस्ता कार्यक्रममा प्रहरीप्रति सकारात्मक रहेको पाइन्छ । तर घटना प्रक्रियाको जाहेरी दिने समयबाहेकका अवस्थामा नेपाल प्रहरीस‘ग अन्तक्र्रिया गरेका सहभागीहरु धेरैको अनुभव सुखद् रहेको बुझिन्थ्यो भने बॉकी अन्य केहीको भने असामान्य रहेको पनि छ । मुख्य उपस्थित सहभागीहरुको अनुभूति नेपाल प्रहरीको नेतृत्व तहदेखि जिम्मेवार सबैको बानी ब्यहोरा वा प्रबृत्तिले सफल असफलको कसी निर्धारण हु‘दै आएको देखिन्छ । नेपाल प्रहरीले सम्मान र बिनम्रता देखाएको अवस्थामा सबै नागरिकहरुले प्रहरी र जनताबीच खासगरी गाबिसले बलदेखि सबै इकाइ‘स‘ग कमसेकम मासिकरुपमा यस्ता अन्तक्र्रिया सम्बाद र आपसी भाइचाराको व्यवहारमा उतार्नु आवश्यक ठानेको अवस्था छ । नेपाल प्रहरीसमक्ष जान नचाहने वा सामान्यतया नकारात्मक अनुभव भोगेका ब्यक्तिले प्रायः उनीहरुलाई बेवास्ता गरिएको वा कुनै सम्मान प्रदर्शन नगरेको वा नेपाल प्रहरीले राम्रोस‘ग सरसल्लाह नगरेको जस्तो गुनासो पनि
पोख्ने गरेको पाइन्छ  । प्रायः नेपाल प्रहरीमध्येका धेरै सहभागी र सरकारी गैसस जस्तै सामुदायिक प्रहरी र नेपाल प्रहरीको प्राप्त अनुभवमा यस्ता अन्तक्र्रियाको माध्यामबाट प्रहरीको पेशागत सक्षमतामा सुधार हुनुका साथै नेपाल प्रहरीको बिगतको छवि सुध्रिनुका साथै सूचना संकलन कार्यमा निकै सहयोग पुग्ने विश्वास पनि राखेको पाइन्छ र अधिकांश नागरिकहरुबाट आफ्नो समुदायस‘ग नियमित अन्तक्र्रिया गर्नु सामुदायिक प्रहरी सेवा केन्द्रको मात्र जिम्मेवारी नभई समस्त नेपाल प्रहरीको हुनुपर्ने मान्यतामा विश्वास राखेका छन् । धेरै नागरिकहरुबाट नेपाल प्रहरीको महिला तथा बालबालिकाका विशेष सवालमा सम्बोधन गर्न पाएकोमा खुशी ब्यक्त गरेको पनि सुनिन्छ । तर त्यहॉ अझै पनि जिम्मेवार तहमा रहेका कर्मचारीहरुको बारेमा चिनजान, नातागोता, लैंगिक भेदभाव समेत रहेको र त्यसको अन्त्य हुन जिम्मेवार तहमा खासै ओहोदा पुगेकाको व्यक्ति उपस्थिति हुनुपर्ने गुनासो समेत आएको पाइन्छ ।
अब २१ औं शताब्दीको नेपाल प्रहरीलाई नेपाल सरकारले साधन स्रोतले सम्पन्न गराउन जरुरी छ । किनभने अन्तर्राष्ट्रिय जगतको प्रहरीको तुलनामा नेपाल प्रहरी धेरै टाढा छ । नेपालको शान्ति सुरक्षाको गहन जिम्मेवारी बोकेको संस्था नेपाल प्रहरीको तर्फबाट सिंगो संगठनले आम नागरिकको भावनालाई कदर गरी एकैघरका परिवार सम्झिएर नागरिकको र राष्ट्रको सुरक्षामा अहोरात्र खटिएको छ । आम नागरिकहरुले पनि प्रहरीलाई सत्यतथ्य सूचना दिएर सहयोग गरे मात्र देशमा शान्ति सुरक्षाको अनुभूति गर्न सकिनेछ । हामी सबै नागरिकहरुको प्रयास रहे मात्र हाम्रो समाज शुद्ध रहनेछ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top