Free songs
Home / पाठक पत्र / मोही किसानहरुको ध्यानाकर्षण

मोही किसानहरुको ध्यानाकर्षण

नयॉ युगबोध राष्ट्रिय दैनिकको वर्ष ३८ अंक २६६ मिति २०७१ साल माघ ५ गते सोमवार अघिल्लो पृष्ठमा प्रकाशित समाचार स्वर्गद्वारी आश्रमको जग्गा अतिक्रमण (एक हजार बिघा अरुकै कब्जा) मा नामक शीर्षकमा श्री स्वर्गद्वारी आश्रमको दाङ देउखुरीमा मोहियानी जग्गा जोतभोग गर्दै आएका हामी मोही किसानहरुको ध्यानाकर्षण भएको छ ।
हामी पुर्खौदेखि जोतभोग गर्दै आएको स्वर्गद्वारी आश्रमको नाममा रहेको एक हजार ५० बिगाह जग्गा १००८ बाल तपसी महाप्रभुले झोलीको पैसाले खरीद गरी आश्रम चलाउन खेती किसानी गुठी आयस्ता दिनु भनी दाङ देउखुरीका १२ मौजाका किसानहरुलाई दिएको जग्गा हो । सोहीअनुसार किसानहरुले उक्त जग्गा खेतीयोग्य बनाई आयस्ता स्वर्गद्वारी आश्रमलाई बुझाउ‘दै आफ्ना जहान परिवारसमेत पाल्दै आएका छौं । किसानहरुलाई सोहीअनुसार मोहीयानी हक प्रमाणपत्र पनि प्रदान गरिएको छ । मोहीयानी जग्गा जोतभोग गरी प्राप्त आयस्ता धान, चामल, तोरी, नुन, तेलसमेत कॉधमा बोकी स्वर्गद्वारी आश्रम प्युठानसम्म हाम्रा पुर्खा मोही किसानहरुले पु¥याई आश्रम चलाउन सहयोग गरेको कुरा निर्विवाद छ । ती जग्गा अतिक्रमणमा परेका छैनन् । हामीलाई मोहीयानी हकअनुसार हक दिए पुग्छ मात्र भनेका छौं । स्वर्गद्वारी आश्रम स्वतन्त्रतापूर्वक आफ्नो अस्तित्व बचाउ‘दै विश्व समुदायले मानी आएको महायज्ञ निर्विवादरुपमा चलोस् भन्ने हामी सबैको चाहना र मनसाय छ ।
स्वर्गद्वारी गुठी पीडित संघर्ष समिति
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top