Free songs
Home / पाठक पत्र / मनोमानी निर्णय बदर गरिनुपर्छ

मनोमानी निर्णय बदर गरिनुपर्छ

जिल्ला विकास समितिको कार्यालय दाङबाट मिति २०७१।०८।१९ गते लापा कार्यक्रमको गोबरडिहा गाविसका लागि सहजकर्ताको विज्ञापन प्रकाशित भएकोमा १७ जनाको निवेदन पर्न आएको थियो । त्यसमध्ये जिविस कार्यालय दाङले चारजनाको मात्र सर्टलिष्टमा नाम निकालेको र ती चारजनामध्ये पनि दुईजनालाई मात्र परीक्षाका लागि जानकारी गराई परीक्षामा समावेश गरी नतिजा पनि प्रकाशन गरिसकेको र अरु दुईजनालाई जानकारी नगराएर परीक्षाबाट बञ्चित गराएकोमा हाम्रो आपत्ति छ ।
ती दुईजनालाई लापा कार्यालयले जानकारीका लागि फोन सम्पर्क गरेको झुठो दाबी गरेको छ । तर उनीहरुले फोन नआएको बताएका छन् । त्यसकारण पनि उक्त परीक्षामा ठूलो अनियमितता भएको पुष्टि हुन्छ । अतः हामी निवेदकहरुको मागअनुसार उक्त परीक्षा बदर गरी पुनः परीक्षा गराई योग्य उम्मेदवार छनोट गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउ‘छौं । अन्यथा कानून बमोजिम कारवाहीका लागि जान बाध्य हुने जानकारी पनि गराउ‘छौं ।
सरस्वती योगी, सविना शाह,
कविता चौधरी, निरा कु. चौधरी,
रमेश्वरी चौधरी, विनिता चौधरी

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top