Free songs
Home / पाठक पत्र / नगरपालिकाको ध्यान जानुपर्छ

नगरपालिकाको ध्यान जानुपर्छ

घोराही नगरपालिकाले नापी कार्यालयदेखि उत्तरतर्फ दामोदर चोकसम्म र जिल्ला प्रशासनदेखि ने.वै.लि.सम्मको सडकमा दायॉ बायॉ सोलार र स्वच्छ, सफा, हराभरा र नमूनायोग्य शहर बनाउने भन्ने कुरा पत्रिकामा पढ्दा साह्रै खुशी लाग्यो । अर्कोतर्फ त्यहीं न्यूरोड शहरमा छाडा बंगुर र पशु चौपायाहरुको बिगबिगी देख्न पाइन्छ । न्युरोडको तुलसीपुर जाने चोकदेखि ५० मिटर १०० मिटर जति पश्चिमतर्फ अव्यवस्थितरुपमा सुगुर बंगुर र चौपायाहरु पालन गरेको देखिन्छ । ती छाडा चौपायाहरुको चरन र खेल्न आउने ठाउ‘ त्यही तुलसीपुर चोक र त्यसको आसपासका सिर्जनशील टोल, मित्र टोल र दामोदर चोक आदिमा लाइनका लाइन भेटिन्छन् । कहिलेकाहीं त गाडी नै रोकेर ट्राफिक जाम गरेको पनि देखिन्छ । कयौं पटक यस सम्बन्धमा नगरपालिकामा जानकारी गराउ‘दासमेत कुनै सुनुवाई हुन सकेको छैन ।
नगरपालिकाको यससम्बन्धमा कुनै ठोस स्पष्ट र नीति नियम नहु‘दा खाली माइकिङ्ग गरेर झारा टार्नुबाहेक अरु केही छैन । नगरपालिकाले आफूलाई आम्दानी हुने विषयबाहेक अन्य सेवा र समस्याबारे ध्यान दिएको खासै पाइदैन । यस्तो अवस्थामा घोराही नगरका सडकलाई नमूनायोग्य स्वच्छ, सफा, हराभरा र सोलारले झिलिमिलि पार्ने योजनालाई यसरी छोडिएका छाडा सुंगुर बंगुर र छाडा चौपायाले यस योजनालाई सार्थक हुन देलान् त ? नगरबासी, टोलबासी एवं नगरपालिकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नु चाहन्छु ।
विप्लब न्यौपाने
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top