Free songs
Home / पाठक पत्र / दलहरुले जनतालाई निराश पारे

दलहरुले जनतालाई निराश पारे

नेपाली जनताले जुन आशा र भरोसाका साथ संविधान निर्माण गर्न पठाएका थिए अहिले तिनै सभासदहरुले जनता सामु आफ्नो सक्कली रुप देखाएपछि जनता निराश भएका छन् ।
सबै दलका नेताहरुले मेरो गोरुको बाह्रै टक्का भनेर अडान राख्ने प्रबृत्तिले संविधान नबनेको हो । जातीय संघीयताको मुद्दा, शासकीयस्वरुप र संघीय राज्यको संख्या यी तीन कुरामा आफ्नै खालको अडान लिएको माओवादी र अरुलाई घोचपेचको प्रहार गरेर बोल्ने केपी शर्मा ओलीकै कारण पनि सहमतिका बाधक मानिन्छन् ।
आक्रामक वाक् शैलीका ओली कम्तिका छैनन् । सहमति गर्ने बैठकमा छिर्दाछिर्दै अपाच्य शब्द प्रयोग गर्न पछि पर्दैनन् ओली । उता नेपाली कांग्रेस पहिलो पार्टी भए पनि एमालेको इशारामा चलेको चल्यै छ । एमालेलाई खुशी पारेर सत्ता टिकाउन सकिन्छ भन्ने कुटनीतिमा लागेको कांग्रेसलाई माघ ८ पछि सत्ता फेरबदल हु‘दैन । हाम्रो पार्टी पदको भोको छैन भनेर केपीले भने पनि कांग्रेस सरकार परिवर्तन हुन्न भनेर ढुक्क छ ।
अतः जनताले आडभरोसा गरेका ठूला पार्टी भन्नेहरु आ–आफ्नो डम्फु बजाउ‘दै हिड्ने र कुनै कुरामा सहमति नजुटाउने हो भने उनीहरुलाई जनताले धिक्कार्ने छन् ।
रोसन भुसाल
भरतपुर, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top