Free songs
Home / पाठक पत्र / शवदाहस्थल निर्माणको लहर चल्दै

शवदाहस्थल निर्माणको लहर चल्दै

केही समययता कतिपय ठाउ‘मा विभिन्न खोलाहरुमा जहॉ मन लाग्छ त्यहीं शवदाह गरिदै आएको पाइन्छ । तर पछिल्लो चरणमा भने व्यवस्थित रुपमा निश्चित ठाउ‘मा दाहसंस्कार गर्नुपर्छ भन्ने मान्यता आएको छ । घोराही नगरपालिकाले कटुवाखोलामा शवदाहस्थल निर्माणको व्यवस्था गरेपछिका दिनहरुमा अन्यत्र पनि स्वस्फूर्तरुपमा शवदाहस्थल बनाउने कामको लहरजस्तै चल्न थालेको छ । गतवर्ष गुर्जे खोलामा शवदाहस्थल बनाउन नारायणपुर र सौंडियारका केही व्यक्तिहरुले जमर्को गरेका थिए । त्यसको निर्माण कार्य कहॉ पुग्यो थाहा छैन । घोराहीको सेवारखोला, रानीजरुवा र सेवारखोलाकै झिगौंरा रातामाटाको बीचमा शवदाहस्थल बनाउने भन्ने खबर आइरहेका छन् । यसमा शवको दाह गर्नुपर्ने जातजातिहरु अघि सरेका छन् भने शवलाई माटोमा गाड्ने जातजातिहरुलाई यस्ता शवदाहस्थलले कुनै अर्थ राख्दैनन् । तर माटो दिइने जातिहरुले पनि सोच्नुपर्ने बेला भएको छ । जहॉ मन लाग्छ त्यहॉ लाश गाड्न पाइने अवस्था छैन । भएका चिहान घरमा पनि सुकुम्बासी बसेको देखिएकै छ जसको उदाहरण घोराही न.पा. ८ को दुधेसोता ढिक र वडा नं. ७ को पुण्यडॉडा हो ।
अतः दाहसंस्कार गर्ने निश्चित ठाउ‘को व्यवस्था भइरहेको बेला शव गाड्ने समुदायले पनि अब निश्चित भूमिको व्यवस्था गर्नु आवश्यक भइसकेको छ ।
सुवास केसी
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top