Free songs
Home / पाठक पत्र / वीपीको अपमान भयो

वीपीको अपमान भयो

घोराहीको कटहरबोट नजिक वीपी कोइरालाको शालिक राख्ने भनेर चोक निर्धारण गरियो । शालिक राख्ने भनेर चोक निर्धारण गरी वीपी चोक नाम दिइए पनि महिनौंसम्म शालिक राखिएको छैन ।
ड्रममा बालुवा राखेर त्यसमाथि वीपी कोइरालाको फोटो राखिएको छ । ड्रमलाई गाडीले ठक्कर नदिउन् भनेर वरिपरि हलुको छेकबार पनि गरिएको छ । वीपीको शालिक तयार गरिसकेपछि त्यहॉ स्तम्भ बनाई राखिनुपथ्र्यो तर हतारमा ड्रम राखेर फोटो राख्ने काम भयो ।
स्तम्भ निर्माण गर्ने, शालिक निर्माण गर्नेजस्ता काम गर्न सकिदैन भने लहडमा बीच सडकमा ड्रम राखेर किन सडक सॉघुरो गर्नुप¥यो ? बरु एउटा फलामको पिलरमा वीपीको फोटो अट्ने गरी राखे भइहाल्यो नि यदि फोटो मात्रै राख्ने हो भने । यसबाट वीपीको अपमान भएको महसुस भएको छ । यो काम कसको नेतृत्वमा भएको हो ? त्यहॉ स्तम्भ खडा गरी शालिक राख्ने दायित्व कसको हो ? त्यो स्पष्ट हुनुप¥यो । यस्तो कामका लागि राज्य कोषको केन्द्रीयतहबाट खर्च गरिने हो या स्थानीय निकायको बजेट खर्च गरिने हो वा राजनीतिक दलको तर्फबाट खर्च हुने हो ? जसले लगानी गरे पनि यो काम छिट्टै गर्नुप¥यो । यस्तो कामले वीपीको सम्मान होइन अपमान हुन्छ ।
रोशन भुसाल
भरतपुर, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top