Free songs
Home / विचार / कृपया घृणाको बीऊ नरोपौं

कृपया घृणाको बीऊ नरोपौं

सुशील गौतम
नेपालमा सातदशक भन्दा अघिदेखि दुईवटा राजनीतिक विचारधारा कम्युनिष्ट (वामपन्थी) र कांग्रेस (प्रजातन्त्रवादी) सशक्तरुपमा उपस्थित रह‘दै आएका छन् । विगत सात दशकका विभिन्न कालखण्ड विशेषतः तीस वर्षे पञ्चायती व्यवस्थामा यी दुई विचारधारामाथि निर्मम प्रहार भए पनि तत्कालीन सत्ताले ती वैचारिक धारलाई समाप्त गर्न सकेन । कहिले एक अर्काका बिरोधी, कहिले प्रतिस्पर्धी र कहिले सहयोगीको रुपमा भए पनि अहिले पनि नेपाली राजनीतिको वैचारिक स्रोत ती विचारधारा नै रहेका छन् । राजनीतिमा बढ्दो मूल्य स्खलन एवं सिद्धान्त र व्यवहारबीच ठूलो खाल्डोबाट नेपालका यी दुबै वैचारिक क्याम्पहरु हाल नराम्रोस‘ग भासिए पनि ऐतिहासका विभिन्न कालखण्डमा विशेषतः नेपालको राजनीतिक परिवर्तनका लागि यी शक्तिहरुले निर्बाह गरेको भूमिका उल्लेखनीय छ । राजनीतिक परिवर्तनको पछिल्लो गौरवमय कालखण्ड २०६२÷०६३ को आन्दोलन रहेको छ । जसले मुलुकमा गणतन्त्र र धर्मनिरपेक्षता जस्ता प्रगतिशील एवं अग्रगामी एजेण्डाहरुलाई स्थापित ग¥यो । विभिन्न कालखण्डमा लिदै र कुनै कालखण्डमा छोड्दै गए पनि ती दुबै एजेण्डा पनि नेपालका दुई प्रमुख राजनीतिक शक्ति कांग्रेस र कम्युनिष्टका एजेण्डा थिए । तेस्रो एजेण्डा संविधानसभा पनि त्यस्तै एजेण्डा थियो । तर अहिले मुलुक कता–कता एजेण्डाबाट बाटो भुलेको, भट्केको जस्तो देखिएको छ । कांग्रेस कम्युनिष्ट दुबैले विगतमा कहिल्यै आफ्नो एजेण्डा नबनाएको पहिचानको प्रश्न अझ जातीय पहिचानको प्रश्नको वरिपरि देश गम्भीर संकटमा उभिएको छ र यही मौकामा धमिलो पानीमा माछा मार्न स्वदेशी एवं विदेशी स्वार्थी शक्तिहरुले चलखेल गरिरहेका छन् ।
नेपाली समाजका कयौं पक्षहरु सॉच्चिकै गौरवमय छन् । नेपालमा वामपन्थी शक्तिको सशक्त उपस्थिति भएकाले नेपाली समाजमा स्वाभाविकरुपले वर्गीय संघर्ष भए पनि जाति, भाषा, धर्म एवं संस्कृति का सन्दर्भमा कहिल्यै आपसी संघर्ष भएन । अल्पसंख्यक भाषा र संस्कृतिको रक्षा हुनुपर्दछ भन्ने कुरा मूलतः नेपाली समाजमा अग्रगामी चिन्तन राख्नेहरुबीच सर्वसम्मत एजेण्डा भए पनि जाति र धर्मको विषयलाई लिएर नेपाली समाजमा द्वन्द्व भएन । छिमेकी भारतमा जाति र धर्मको विषय राजनीतिमा घुस्दा पनि नेपालमा कांग्रेस र कम्युनिष्ट दुबैले जाति र धर्मको राजनीति गरेनन् । अझ नेपालमा कम्युनिष्टहरुको बलियो उपस्थितिले नेपालमा जाति र धर्मको साम्प्रदायिक कुरा उठ्न सकेन । धार्मिक कट्टरता रोक्न, जातीय भेदभाव रोक्न, सांस्कृतिक क्षेत्रमा प्रगतिशील रुपान्तरण गर्न नेपालको वाम आन्दोलनको भूमिका सधैं उल्लेखनीय रह्यो । तत्कालीन कट्टर जातीय एवं धार्मिक समाजस‘ग बिद्रोह गर्दा सामाजिक बहिस्कारजस्ता थरिथरि अपमान सहेर पनि कम्युनिष्टको अघिल्लो पुस्ता (यहॉ कम्युनिष्ट उल्लेख गर्दा यस क्षेत्रमा गैरकम्युनिष्टको योगदान छैन भन्न खोजिएको होइन) ले जातीय र धार्मिक कट्टरता र घृणा उत्पन्न हुन दिएन । समाजमा गतिलो सांस्कृतिक रुपान्तरणलाई बल पु¥यायो । नेपाली समाजमा अन्य कतिपय समाजमा भन्दा (उदाहरणको लागि भारतीय समाज) परिवर्तनलाई स्वीकार गर्ने जुन शक्ति छ त्यसमा अघिल्लो पिढीको अतुलनीय योगदान छ । हामी गरिव भए पनि, कमजोर भए पनि आधुनिक चेतना लाई स्वीकार गर्ने यो नेपाली चेतनालाई हामी सबैले गौरव गर्नुपर्दछ । यसलाई बचाउनुपर्दछ, बिस्तार गर्नुपर्दछ, सलाम गर्नुपर्दछ ।
म यो लखेमा संघीयताको प्रश्नमा जान चाह‘दैन अथवा जातीय वा गैरजातीय संघीय प्रदेशको नामाकरणको बहसमा नै । अहिलेको राजनीतिमा हलो अड्किएको उपरोक्त विषय निश्चितरुपमा महत्वपूर्ण हो । तर त्यो भन्दा पनि अझ महत्वपूर्ण चिन्ताको विषय हो– नेपाली समाजमा जानेर नजानेर, चाहेर नचाहेर, विदेशीहरुले उक्साएर वा नउक्साएर फैलिदै गएको घृणाको बीऊ ।
फेसबुक हेर्दा, अरु सामाजिक सञ्जाल हेर्दा थरिथरिका अनलाइमा छापिएका समाचार लेख लगायतमा पाठकहरुका टिप्पणी पढ्दा त्यहॉ अभिव्यक्त आपसी घृणा देख्दा मर्माहत हुने खालको छ । नेता भनिनेहरुको प्रतिक्रिया सुन्दा, पढ्दा स्तब्ध पार्दछ । सम्झन्छु नेपालमा जनयुद्ध भएको समयमा संयुक्त राष्ट्रको मानवअधिकार उच्चायुक्त (नेपालको उच्चायुक्त होइन विश्वकै) ती महिलाले मस‘ग गरेको टिप्पणी– ‘नेपालको यो द्वन्द्व (त्यो बेलाको) राजनीतिक द्वन्द्व भएकाले एक न एक दिन समाधान हुन्छ तर जातीय र धार्मिक द्वन्द्व समाधान हुन अति कठीन हुन्छ ।’ सोध्न सोध्न मन लाग्छ कसले रोप्दैछ यहॉ घृणाको बीऊ ?
लाग्छ यहॉ कतिपय परिवर्तनकारी भनिने राजनीतिक शक्तिहरुका एजेण्डा असफल भए र माछो फुत्किएपछि दुलाभित्र हात गरिरहेका छन् र कतिपय परम्परागत भनिने शक्तिहरु आफ्नो बिरोधीहरुले माछा फुत्काएको देखेर विभोर हु‘दै आफूले माछा समात्न खोजेको देखाउन खोजिरहेछन् । र, ठीक यही समयमा भारतीय विस्तारवाद र पश्चिमेली साम्राज्यवाद नेपालमा अस्थिरता निम्त्याएर विश्वको नम्बर एक शक्ति बन्ने मार्गमा अत्यन्त द्रुतगतिले अविचलितरुपमा लागिरहेको उत्तरी छिमेकी चीनलाई घेर्ने र नेपालको वाम आन्दोलनलाई पथभ्रष्ट गर्ने सुनौलो अवसरका लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा उक्साउ‘दैछन्, घृणाको बीऊ रोप्न लगाउ‘दैछन् र आफ्नो दीर्घकालीन दाउ पूरा गर्न खोज्दैछन् ।
अब कुरा लुकेको छैन चीन जातीय राज्यको पक्षमा छैन न संघीय राज्य बनाउ‘दा तराईलाई बेग्लै बनाउने पक्षमा चीन छ । हो, चीनले आफ्नो दृष्टिकोण नरम शब्दमा राख्छ तर कहिल्यै नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दैन । तर उता भारत आफूलाई मधेशको मसिहा ठान्छ नत्र मधेशी नेता राजेन्द्र महतोले संविधानसभा–२ को निर्वाचनमा कथित मधेशवादीको पराजयलाई भारतको पराजय भन्ने थिएनन् । अमेरिका र युरोपियन युनियन नेपालमा जाति–जातिबीच, धर्म–धर्मबीच, संस्कृति– संस्कृतिबीच घृणा उत्पन्न गर्न चाहन्छन् । त्यस निह‘ुमा नेपालको बाटो भएर चीनमा अस्थिरता सिर्जना गर्ने उनीहरुको धोको छ । इतिहास झुटो ह‘ुदैन  । कुरा मिलाउ‘दैमा केही हु‘दैन । उपयोग गर्न २÷४ वटा मीठा कुरा गर्न जसले पनि सक्छ तर साम्राज्यवाद साम्राज्यवाद नै हो । विस्तारवाद विस्तारवाद नै । उनीहरुको चरित्र फेरियो भन्नु घोर मुर्खताभन्दा केही होइन ।
सारा संसारमा आज साम्राज्यवाद घृणाको बीऊ रोप्दैछ । साम्राज्यवादी योजनाअन्तर्गत जातीय अधिकारको नाममा असंलग्न आन्दोलनको नेता राष्ट्र युगोस्लाभिया टुक्रा–टुक्रा पारियो । फलस्वरुप तेत्रो शक्तिशाली असंलग्न आन्दोलन आज नाम मात्रमा बचेको छ । पश्चिमाहरुले एक गोलीले दुई शिकार गरे । जातीय भिडन्तमा युगोस्लाभिया टुत्र्mयाए । असंलग्न आन्दोलनको नेता राष्ट्र नै कमजोर भएपछि आन्दोलन कमजोर भयो ।
आज विश्वभरि फिरङ्गीहरु धार्मिक द्वन्द्व बढाइरहेका छन् । जसले गर्दा इस्लामी चरमपन्थीहरुलाई बढ्ने अवसर प्राप्त छ । इस्लामी चरम पन्थीहरुले विश्वभरि गरेका कैयौं क्रियाकलाप निन्दनीय छन् तर उनीहरुलाई उग्रवादतर्फ उन्मुख गराउने वातावरण सिर्जना गर्ने पश्चिमा इसाई राष्ट्रहरु हुन् । जसले संसारभरि जातीय र धार्मिक घृणा उत्पन्न गराएका छन् । क्रिया र प्रतिक्रिया, हत्या र प्रतिहिंसा मच्चाएको छ । उदाहरणका लागि फ्रान्सीसी पत्रिका शार्लिएब्डो माथिको आक्रमण घोर निन्दनीय छ तर प्रेस स्वतन्त्रताको नाममा उक्त पत्रिकाको नयॉ अंकमा पैगम्बरको कार्टुन छाप्नुलाई पनि उचित मान्न सकिदैन । यो त निरन्तर घृणाको श्रृंखला उत्पादन गर्नु मात्र हो । घृणाको परिणाम कस्तो हुन्छ युरोप, अमेरिका, अफ्रिकन र अरब राष्ट्रमा भइरहेको साम्प्रदायिक दङ्गा हेरौं ।
परिवर्तनलाई सहजरुपमा स्वीकार गर्ने, जातीय र धार्मिक कट्टरतावाद अत्यन्त न्यून भएको सांस्कृतिक रुपान्तरणलाई तुलनात्मकरुपमा सहजरुपमा स्वीकार गर्ने नेपाली समाजलाई यो वा त्यो कुनै पक्षले तत्कालीन स्वार्थका लागि घृणाको बीऊ नरोपून् । नेपाली जनताबीच परम्परागत सौहर्दता नटुटोस् । अधिकारको सम्मान गरौं, वर्गीय उत्पीडनको बिरोध गरौं । मान्छेको अनुहार, भाषा र रङको आधारमा कित्ताबन्दी रोकौं । प्रगतिशील र अग्रगामी मूल सोच रहेको नेपाली समाजलाई पथभ्रष्ट नपारौं ।
कृपया मेरा यी भनाइमा बाहुन नदेख्नु होला, न केपी ओलीको गन्ध नै । मेरो बुआ आमाकै पालामा बाहुन भएर पनि जातपात नमानेको भनेर कट्टरपन्थी बाहुन समाजबाट अपमान भोगेको परिवारको सदस्य हु‘ र राजनीतिक आदर्श वामपन्थ भए पनि कुनै पार्टीको झण्डाभित्र न हि‘जो थिए‘ न आज छु, न भोलि नै हुनेछु ।
हाम्रो जस्तो समाजमा जातीय उत्पीडन छ‘दै छैन, यो केही पनि होइन भन्नु चरमपन्थी सोच हो । तर जातीय उत्पीडन सबै थोक हो भनेर अंशलाई लिएर मूल चिज वर्गीय उत्पीडनको कुरा छोड्नु अंशलाई नै मूल गराउनु अर्को झन खतरनाक चरम पन्थ हो । संसारको इतिहासमा साम्प्रदायिक शक्तिहरु वा तत्कालीन स्वार्थका लागि साम्प्रदायिक भावना भड्काएर उत्पीडनबाट मुक्ति कहिल्यै पाइएको उदाहरण छैन । जातीय, धार्मिक, साम्प्रदायिक उग्रवाद र संकीर्णतावादले सधै यथास्थितिको सेवा गर्दछ । पहिचान महत्वपूर्ण हो तर आफ्नै राजनीतिक सिद्धान्तकै पहिचान मेट्ने गरी पहिचानको कुरा गर्नु अन्ततः आत्मघाती बाटो हो । यो हेर्न टाढा जानु पर्दैन शुरुमा वामपन्थ प्रभावित श्रीलंकाको एलटिटिआई साम्प्रदायिक स्वरुपमा फेरिएपछि के भयो एकपटक मनन गरौं । शिक्षा लेऔं । बहस छलफल गर्दै जाऔं, विचारको विविधतालाई हामीले स्वीकार गरेका छौं । तर राजनीतिक सत्ता र शक्ति प्राप्त गर्न घृणाको बीऊ नरोपांै । राजनीतिमा घृणा प्रवेश गरे ढिलो चॉडो त्यो कमजोर हुन्छ तर जातीय धार्मिक र साम्प्रदायिक घृणाले हाम्रो सम्पूर्ण सामाजिक संरचना र आजसम्मका परिवर्तनबाट प्राप्त उपलब्धिको सत्यानाश गर्दछ । आबेग, आक्रोश र उत्तेजनाबाट बचौं । घृणाको विषालु वातावरणलाई दल र नेताहरुले नियन्त्रण नगरे म साझा नेपाल आमाको सन्तान हु‘ भन्ने भावनाका साथ तत्काल नियन्त्रण गरौं । सबैमा चेतना भया ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top