Free songs
Home / पाठक पत्र / हुलाक बैंकमा राखेको पैसा पाइन

हुलाक बैंकमा राखेको पैसा पाइन

गोबरडिहा–१ रङसिङ निवासी म चिजा कामीले हुलाक बचत बैंकमा राखेको पैसा पाइन । २०६५ जेठ २२ गते खाता नम्बर ९९५, १० जिल्ला हुलाक कार्यालय दाङमा १ लाख ५० हजार रुपैयॉ राखेको थिए‘ । पछि ल्याउन जॉदा खातामा १ सय रुपैयॉ मात्रै बॉकी छ भन्ने सुनें । हुलाकमा बुझ्दा मिति २०६५ असार ५ गते नगदै १ लाख ४९ हजार ९ सय रुपैयॉ निकालेको प्रमाण भेटाए‘ ।
हुलाकका कर्मचारीले मेरा पति हस्ते कामी हुलाकमा जागिरमा छ‘दै सहयोग गर्थे । मरेपछि पनि मलाई धेरै सहयोग गरे । उनीहरुले जहॉ–जहॉ सही छाप ल’गा भने त्यहीं–त्यहीं लगाए‘ । पतिको मृत्युपछि पनि सिकाएको ठाउ‘मा सही लगाए‘ । अहिले साठी वर्ष पुगेको छु । म गरिव दलितले बुढेसकालमा लाउन खान चाहिएला भनेको पैसा पाइन । हुलाकमा जॉदा हामी के गरौं पैसा निकालिसकेको छ भन्छन् ।
मेरा पतिको कमाई भुल्न सक्दैन । मलाई जसरी पनि पैसा दिलाइदिनुस् । लाटासोझालाई ठग्नेहरुलाई कारवाही गरिदिनुस् । पेन्सन बुझ्न आउ‘दा रुनधुन हुलाकमा गइरहेको छु । यतिका वर्षसम्म केही उपाय लागेन । हजुरहरुले केही उपाय लाइदिनुहुन्छ कि ? भन्ने आशा गरेको छु ।
चिजा कामी
गोबरडिहा १ रङसिङ, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top