Free songs
Home / पाठक पत्र / विकल्प दिनुप¥यो

विकल्प दिनुप¥यो

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले लामो वा छोटो दूरीका यात्रीलाई समान व्यवहार गर्ने नीति बनाएपछि सार्वजनिक यातायातका (बसका) सहचालकहरुले समितिको नीतिलाई धज्जी उडाइदिएका छन् ।
राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष एवं महासंघका राप्ती अञ्चल संयोजक भरतनाथ योगीले एक महिनाअघि नै बसका सहचालकहरुले बसको ढोका छेकेर कहॉ जाने भनेर यात्रीलाई नसोध्ने र लामो वा छोटो दूरीका यात्रीलाई सहजरुपमा ढोकाबाट पस्न दिने निर्देशन दिएको कुरा सञ्चार माध्यमबाट सार्वजनिक गर्नु भएको थियो । तर बसका सहचालकले भने छोटो दूरीका यात्रीलाई बसमै छिर्न नदिने आफ्नो पुरानो बानीलाई झन् कडा बनाएका छन् । यसको प्रत्यक्ष अनुभव घोराहीबाट तुलसीपुर जाने बसबाट मजगै, खैरा र नारायणपुरसम्म जाने यात्रीहरुले भोग्दै आएका छन् । यसरी समितिको निर्णय विपरीत सहचालकले बीचका यात्री नराख्ने हो भने उनीहरु कुन साधनबाट जाने हो ? यस बारेमा समितिले छिट्टै छोटो दूरीका लागि विकल्प दिएर बस चलाउने व्यवस्था गर्नुपर्छ ।
सुवास केसी
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top