Free songs
Home / पाठक पत्र / गम्भीर बन्न आग्रह

गम्भीर बन्न आग्रह

दाङ जिल्ला लक्ष्मीपुर गाविस वडा नं. ६ र ८ मा रहेको घोराही सिमेन्ट उद्योगको सञ्चालनले यस वरिपरिका क्ष्ँेत्रका समुदायलाई रोजगार प्रदान गर्दै स्वच्छ तथा सफा वातावरणमा उद्योग सञ्चालन हुने अपेक्षा यस क्ष्ँेत्रमा रहेका बासिन्दाहरुले गरेका थिए । उद्योगको स्थापनाकालमा उद्योग सञ्चालन पक्षबाट उद्योगले कुनै प्रकारको प्रदूषण नफैलाउने वायु तथा ध्वनी प्रदूषण रोक्नका लागि अत्याधुनिक मेसिनहरु जडान गरिने, स्थानीय युवाहरुलाई रोजगार उपलब्ध गराइने, स्थानीयहरुलाई पर्ने प्रभावको क्षतिपूर्तिस्वरुप विकास निर्माणका कामहरु गरिनेलगायत धेरै आश्वासनहरु दिएको थियो । तर यी प्रतिबद्धताहरु पूरा गर्नु त कता हो कता उद्योगको ध्वनी तथा वायु प्रदूषणले स्थानीयबासीहरुलाई आक्रान्त तुल्याएको छ । रोजगार पाएका केही युवाहरुसमेत बिना नियुक्ति, बिना कुनै श्रम अधिकार, निगाहको भरमा जोखिमपूर्ण काम गर्न बाध्य भएका छन् । आफ्नो ठाउ‘को विकास हुने सुरक्षित र सम्मानित रोजगार पाउने प्रलोभनमा हाल सिमेन्ट उद्योग रहेको स्थानमा रहेको ऐलानी जग्गामा बसेका सुकुम्बासीहरुले समेत ऐलानी जग्गा छोडे भने गोग्लीबाट सुनपुर जाने सडकसमेत बन्द गरी उद्योगले आफ्नो हाताभित्र राखी निजीरुपमा प्रयोग गर्दै आएको छ ।
उल्लेखित अवस्थामा चुप लागेर बस्नु भनेको दासता र अन्याय सहनुसरह हो भन्ने ठानी स्थानीय जागरुक जनताको पहलमा २०७१ भाद्र महिनामा गठन भएको सिमेन्ट उद्योग प्रभावित क्ष्ँेत्र वातावरण संरक्षण तथा सरोकार समितिले आवाज उठाउ‘दै आएको छ । स्थानीयबासीस‘ग गरेका प्रतिबद्धता पूरा गराउन, सिमेन्ट उद्योगको स्थापनाका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा औंल्याएका विषयमा उद्योग तथा सरोकारवालाहरुको ध्यानाकर्षणका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । हालसम्म यस समितिबाट स्थानीय भेला गरी जनताका विचार तथा चासोहरु संकलन गर्ने, उद्योगको क्षमता थप बृद्धि रोक्नका लागि हस्ताक्षर संकलन गरी उद्योग मन्त्रालय, वातावरण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला विकास समिति दाङ, जिल्ला प्रशासन कार्यालय दाङ, लक्ष्मीपुर गाविसको कार्यालय दाङमा बुझाएको, जिल्ला तहमा अन्तक्र्रिया कार्यक्रम सञ्चालनलगायत ८ बु‘दे माग राखी घोराही सिमेन्ट उद्योग लक्ष्मीपुर ६ र ८ दाङमा बुझाइएको छ । तर उक्त विषयहरुमा उद्योगले हालसम्म कुनै चासो दिएको छैन । अतः हामीले उठाएका मागप्रति गम्भीर रहन उद्योगलाई आग्रह गर्दछौं ।
भरत देवकोटा
सिमेन्ट उद्योग प्रभावित क्षेत्र वातावरण
संरक्षण तथा सरोकार समिति लक्ष्मीपुर, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top