Free songs
Home / पाठक पत्र / लेखेरै चेतना फैलाउनु पर्ला

लेखेरै चेतना फैलाउनु पर्ला

दाङ एशियाकै ठूलो उपत्यका हो । उत्पादन र बसोबास मात्रै होइन, कल कारखानाका लागि पनि उत्तिकै महत्वको भूमि हो । यति मात्रै होइन दाङ प्राकृतिकरुपले पनि मानवमैत्री छ । न धेरै चिसो छ न त धेरै तातो । न खडेरीले सुख्खा न त पानीले जलमग्न । यस्तो मिलेको ठाउ‘ हो दाङ उपत्यका । मैले जोड्न खोजेको विषय यस्तो महत्वपूर्ण ठाउ‘लाई कसरी सुरक्षित राख्ने भन्ने हो ।
नयॉ युगबोध दैनिकको पुस १४ गतेको अंकमा जीवन र जगत स्तम्भमा डिल्लीबहादुर रावतको विचार पढ्ने मौका पाए‘ । उक्त विचारको ध्येय भनेकै दाङलाई पर्यावरणीय हिसावले कसरी सुरक्षित बनाउने भन्नेमा चिन्ता व्यक्त गरिएको रहेछ । जिल्लाको पानीको स्रोत भनेकै चुनढुंगासहितको उत्तरी पहाड हो जहॉ विकासका नाममा बिनाश गरिदैछ भन्ने जानकारी लेखले दिएको पाए‘ । जिल्लाको पर्यावरण र जैविक विविधताको संरक्षण त परै छ सिंगो पहाड भत्काउने काम सिमेन्ट कारखानाले गरिरहेका रहेछन् ।
यो सत्य बाहिर ल्याइदिनुभएकोमा लेखकप्रति आभार प्रकट गर्दछु । साथै प्राकृतिक स्रोतको दोहन गर्नेहरुलाई खबरदारी गर्ने काम अरुले नगरे पनि तपाइ‘हरुजस्तै लेखकहरुले निरन्तर गरिरहनु पर्छ । यसरी खबरदारी भइरहे हाम्रो सुन्दर दाङ र यहॉ रहेका प्राकृतिक स्रोतसाधन र जैविक विविधता जोगाउन सक्नेछौं । जसले हामीलाई मात्रै होइन हाम्रा पुर्खालेजस्तै हाम्रा सन्ततिलाई पनि सकुशल दाङ हस्तान्तरण गर्न सकिनेछ ।
दाङ बचाऔं अभियान पनि थालिएकै छन् । राज्यका अंगहरु पनि त्यो अभियानमा लाग्छौं भनेका पनि छन् । सिमेन्ट कारखानाका सञ्चालक पनि पर्यावरण जोगाउन लाग्ने प्रतिबद्धता प्रशासनमै गरेका छन् । विडम्बना † तपाइ‘ले नै उल्लेख गर्नुभएको छ कि त्यो सहमति कार्यान्वयन हुन सकेन । त्यसो भए केही नगर्ने त ? होइन, तपाइ‘हरुजस्तै लेखकहरुले सरोकारवालाहरुलाई झक्झक्याउने काम गर्नुस् र हामीजस्ता धेरैलाई पर्यावरण प्रदूषणका बारेमा जानकारी गराउनुस् । एकदिन अवश्य सबैका ऑखा खुल्नेछन् ।
युवाशंकर घिमिरे
लालमटिया–७ बराखुट्टी देउखुरी, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top