Free songs
Home / पाठक पत्र / यात्रुको पीडा

यात्रुको पीडा

हाम्रो स्थानीय घोराही बजार आउ‘दा जॉदा भोग्नु परेको पीडा सुनिदिने र बुझिदिने कोही छैन ? यदि छ भने किन कसैले पनि वास्ता नगरेको होला ? यात्रुहरुको सुविधाका लागि लोकल म्याजिक गाडी हालेको समयमा के यात्रुहरुले सुविधा पाए भन्ने रिसले हो कि किन गाडी चलाउन नदिएर हटाइदिए र पत्रपत्रिका मिडियामा अबदेखि ढोका पनि नछेक्ने जो जहॉ गए पनि रोकटोक नगर्ने भनेर के छोटा दूरीका यात्रुहरुका ऑखामा छारो हालेको हो ? यदि हैन भने किन त्यही पीडा भोगिरहनुपरेको छ ?
समितिका कर्मचारीको काम के छोटो दूरीका यात्रुहरुको रमिता हेर्न हो कि गाडीका स्टापको रमिता हेर्न हो ? हैन भने गाडी छेक्ने, चल्न नदिने स्टापलाई तुरुन्त कारवाही गर्नुपर्ने किन बसेर हेरिरहने ? छोटो दुरीका यात्रुहरु जस्तै सर्रा, गर्रागाउ‘, अम्राइ, सौंडिकुला, झारबैरा र नारायणपुरसम्म जॉदा, आउ‘दा पीडा कति छन् त्यो पीडा कसले बुझिदिने ? समितिका कर्मचारीले वास्ता गरिदिएनन् भने त्यसैमा पनि बुढाबुढी, अशक्त, अपांग बिरामी र बच्चाबच्चीका आमाका पीडा झन् कस्तो होला, गाडीका स्टाप र साहुलाई त पैसा भए सबै पुग्ने भने समितिलाई पनि बसेर रमिता हेर्नबाहेक अरु केही वास्ता छैन ।
के हामी छोटो दूरीका मान्छेको १०, २० रुपैयॉ के पैसा हैन ? हामीलाई सेवा सुविधा चाहि‘दैन ? हाम्रो मन हैन ? धकलेर बाहिर फाल्दा के हाम्रो मन दुख्दैन ? हामी के तुलसीपुरको चोकमा रमिता देखाउन गएका हौं ? के हाम्रो घरमा समस्या हु‘दैन, चार घण्टासम्म गाडी कुर्न ? हामी घरमा ढिलो आउ‘दा हामीलाई के डर ह‘ुदैन ? छिटो काम सिध्याएर छिटो घर जाउ‘ भन्दा तुलसीपुर चोकमा दिन बिताउन के हामीलाई रहर छ ? त्यसैले धेरै पैसा चाहिनेलाई डाइरेक्ट गाडी हुनुप¥यो । हामी छोटो दुरीका यात्रुहरुका लागि अब लोकल गाडी जसरी हुन्छ छिटै हालिदिनुप¥यो । जो गाडीले लोकल यात्रु चढाउ‘छ उसलाई कारवाही हुने नियम समितिले बनाइदिनुप¥यो ।
गीता रावत
त्रिपुर नगरपालिका–३ सौंडिकुला, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top