Free songs
Home / पाठक पत्र / संरक्षण पाएन झिंटीकोटले

संरक्षण पाएन झिंटीकोटले

झिंटीकोट घोराही नगरपालिकाको नजिक रह‘दारह‘दै पनि कुनै सरकारी निकायले संरक्षण गर्न सकेको छैन । झिंटीकोट घोराही नगरपालिकाको उत्तरी भेग ६ नं. वडाको, हात्तिखर्कदेखि माथिको लेक हो । यहॉबाट हिमालचुलिका चुचुराहरु र दाङ जिल्लाको पूरै फॉटहरुको दृश्य अवलोकन गर्न सकिन्छ । यहॉ स्वस्थकर शुद्ध हावा समेत प्राप्त गर्न सकिन्छ ।
दाङ जिल्लाको विभिन्न पर्यटनस्थल अम्बिकेस्वरी, धारपानी, गोरक्ष नाथ, बारकुने, चमिरे गुफाभन्दा पनि उच्च हिमसिखर, दाङका फॉट र छिमेकी जिल्लाको दृश्य अवलोकन हुने हु‘दा महत्वपूर्ण स्थलको रुपमा रहन सक्छ यो झिंटीकोट ।
झिंटीकोट चिसो हावापानी भएको ठाउ‘ । पहिलादेखि चलेको नाउ‘ । सदरमुकामबाट मात्र पॉच किलोमिटर दूरी भएको हु‘दा उक्त ठाउ‘को अवलोकन गरी भ्युटावर र पिकनिक स्पोटको रुपमा स्थापित गर्न सके पर्यटन व्यवसाय फस्टाउन सक्छ । यसका साथै यहॉ मौसमअनुसार फूल्ने विभिन्न फूलहरुका साथै लालिगुरॉस फुलेको मनमोहक दृश्य हेर्न पाइन्छ । यो अझैसम्म ओझेलमा परेजस्तो देखिने यो झिंटीकोटको प्रचारप्रसार गर्नु नगरबासी मात्र हैन सम्पूर्ण दाङ जिल्लाबासीको जिम्मेवारी हो । अवलोकनको लागि पुग्नै पर्ने ठाउ‘ झिंटीकोटको संरक्षण गर्नु पनि सबैको दायित्व हो ।
मात्रिकाप्रसाद पाण्डे
घोराही– ६ हात्तीखर्क, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top