Free songs
Home / पाठक पत्र / प्रेम धर्मशालाको दुरुपयोग भयो

प्रेम धर्मशालाको दुरुपयोग भयो

घोराही–७ स्थित बराह क्षेत्रको पर्यटकीय विकासका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले घोराही निवासी प्रेमलाल पाण्डेले शिव पाञ्चायन मन्दिर र तीनकोठे पक्की धर्म शाला निर्माण गरिदिनुभएको थियो । बराह क्षेत्र धार्मिक, पौराणिक, तीर्थस्थल तथा पर्यटकीयस्थलको रुपमा परिचित भइसकेकाले यसको विकासका लागि पाण्डेले त्यहॉ मन्दिर र धर्मशाला निर्माण गरिदिनु भएको हो । अहिले त्यसको सदुपयोग हुन सकेको छैन ।
तीनकोठे धर्मशालामा एउटा कोठामा एकजना ब्राहमण बस्ने गरेका छन् भने अर्को कोठामा दामोदर भन्ने स्थानीय जोगीले कब्जा गरेका छन् । जोगी पहेलो बस्त्र धारण गरेका लठेउरा भएका र उनले मानसिक सन्तुलन गुमाएकी महिलालाई श्रीमतीको रुपमा त्यहीं राखेका छन् । जोगीले त्यहॉका मठ मन्दिरमा आफूलाई पुजारीजस्तो देखाए पनि भक्त जनहरुले उनलाई राम्रो दृष्टिकोणले हेर्दैनन् । धर्मशालामा मानसिक सन्तुलन गुमाएकी महिलालाई जोगीले राखेका कारण महिलाले यत्रतत्र दिसा पिसाव र फोहर गरी वातावरण बिगारेको मात्र होइन भक्तजनहरुलाई घृणा उत्पन्न गराएको छ । स्थानीय जोगी दोमोदरको घर सेवारमा भएको र उनकी श्रीमती छोराछोरी समेत भएकाले उनलाई घर परिवारमा नै पुनस्थापना गर्न जरुरी छ ।
प्रेमलाल पाण्डेले पक्की धर्मशालामा आगन्तुक पाहुनाहरु बसुन् र त्यहॉको पर्यटकीय क्षेत्रको अवलोकन गरुन् भनेर धर्मशाला र मन्दिर निर्माण गरे पनि आगन्तुकका लागि धर्मशालाले काम दिएको छैन । धर्मशालामा भान्सा शौचालयको व्यवस्था भए पनि सही व्यवस्थापन नहु‘दा स्वर्गीय पाण्डेको सपना अधुरै रहेको छ ।
बसन्त घिमिरे
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top