Free songs
Home / पाठक पत्र / पुस्तक नदेखेरै विद्यार्थी परीक्षा गर्दैछन्

पुस्तक नदेखेरै विद्यार्थी परीक्षा गर्दैछन्

उच्च माध्यमिक विद्यालय जहॉ १ देखि १२ सम्म पढाइ हुन्छ । चारैतिर पर्खालले घेरिएको छ । स्रोतसाधनले पनि सम्पन्न छ । अहिले परीक्षा चलिरहेको छ । तर विद्यार्थी किताब नदेखेरै परीक्षा दिन बाध्य छन् बाल मितेरी उच्च माध्यमिक विद्यालय भोजपुर दाङमा । दोस्रो त्रैमासिक परीक्षा भइरहेको छ । कसैले सामाजिक, स्वास्थ्य, कसैले नेपाली, नैतिक शिक्षाको पुस्तक देखेका छैनन् । सहजै अनुमान लगाउन सकिन्छ कि विद्यार्थीको भविष्य कतातिर छ । सबै अभिभावकको चाहना हुन्छ छोराछोरीले राम्रो अंक ल्याई पास गरुन् । राम्रोस‘ग पढुन् । तर लापरवाही भइराखेको छ । परीक्षा आउन लाग्दा किन विद्यार्थीले किताब पाएनन् भनेर यस विद्यालयका प्रअस‘ग सोध्दा किताब आएकै छैन, हामी पनि चिन्तित छौं भन्नुभयो तर अरु कुरै गर्न चाहनु भएन ।
पढिसकेपछि किताब विद्यालयमा बुझाउने गरिन्छ । ती किताब कोठामा छरपस्ट अवस्थामा छन् । कक्षाअनुसार बुझाएका किताब वर्गीकरण गरी नराख्दा चाहेको किताब खोज्दा पनि भेटाउन गाह्रो छ । कति विद्यार्थीलाई कुन–कुन किताब पुगेको छैन पत्ता लगाई सम्बन्धित निकायमा पठाउने स्कूल प्रशासनको कर्तव्य होइन र ? १ देखि १० कक्षासम्म किताब निशुल्क दिइन्छ तर पूरा किताब आउ‘दैन किन ? त्यसैले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सचेत हुन जरुरी छ । उखानै छ जब प¥यो राति तब बुढी ताती भनेझैं जब एसएलसीको नतिजा निस्कन्छ तब मात्र थाहा हुन्छ कुन स्कूल नमूना स्कूल भयो । त्यसैले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति विद्यार्थीको भविष्यप्रति जिम्मेवार बनौं ।
नेपबहादुर चौधरी
डुरुवा–७ गब्दहवा, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top