Free songs
Home / पाठक पत्र / पत्रकार महासंघलाई धन्यवाद

पत्रकार महासंघलाई धन्यवाद

नेपाल पत्रकार महासंघ दाङ शाखाले पुस १ देखि ४ गतेसम्म आफ्नो २२ औं स्थापना दिवस मनाउ‘दै गर्दा पुस २ गते कोइलाबास पुगी त्यस क्षेत्रको समस्याका विषयमा छलफल र अवलोकन ग¥यो । यसबाट हामीलाई औधी खुसी लागेको छ । विगतमा पनि हरेक वर्ष स्थापना दिवस मनाउने गरेको खबर पढ्थ्यौं तर स्थापना दिवस सदरमुकाम केन्द्रित हुन्थे । यसपालि केही फरकढंगले जिल्लाकै एक दुर्गम ठाउ‘ पुग्ने योजनाको नयॉ अवधारणा ल्याइएकोमा राप्तीपारिका समग्र बासिन्दाको तर्फबाट धन्यवाद व्यक्त गर्दछौं ।
लमही–कोइलाबास सडकमा कति खाल्डा छन्, कतिठाउ‘ सडक जीर्ण छ । त्यसका बारेमा पनि राम्रो अध्ययन गरी जस्ताको तस्तै छापिदिनु होला । यो सडक कालोपत्रेको बहानामा सरकारले चारवटा गाविसका जनताका जग्गा रोक्का गरेर सास्ती दिएको छ । पत्रकारहरुले पटक–पटक लेखेका जिल्लाका सबै पत्रिका लमहीदेखि कोइलाबाससम्म बिछ्याउने हो भने बरु “सेतोपत्रे” भइसक्थ्यो होला तर सरकारले कहिल्यै सुनेन । गर्भमा रहेको बच्चा जन्मिने बेला भइसक्यो लमही–कोइलाबास यातायातको अवस्था उस्तै छ । कमसेकम पत्रकार महासंघको स्थापना दिवसको अवसरमा यहॉको अवस्था लेख्ने कलमले सरकारलाई घाेंच्न सफल भयो भने यो सडक मर्मत भएर कोइलावाससम्मको यातायात सुचारु भएमा समग्र राप्तीपारिका जनताले राहत अनुभूति गर्न सक्थे । यस अर्थमा पत्रकार महासंघ दाङको वर्तमान कार्यसमिति र २०७१ को स्थापना दिवस दुबैलाई हार्दिक धन्यवाद †
कोषाध्यक्ष ः खिमबहादुर बुढा मगर
तथा गढवा उद्योग वाणिज्य संघ परिवार देउखुरी, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top