Free songs
Home / पाठक पत्र / अख्तियारले नै अख्तियारीको दुरुपयोग ग¥यो

अख्तियारले नै अख्तियारीको दुरुपयोग ग¥यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि आफैमा विवादित हु‘दै आएको छ । कहिले अख्तियारका कर्मचारी स्वयं घुस खॉदाखादै पक्रिन्छन् त कहिले आफूले पाएको क्ष्ँेत्रधिकार भन्दा बाहिर गएर स्वयं अख्तियारको दुरुपयोग गर्छन् ।
आयोगका कर्मचारीहरुले आफ्नो रिस परेका मान्छेलाई बदला दिन पदको दुरुपयोग गर्दैछन् भन्ने गुनासो कम गर्नुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वयं अख्तियारको सीमा नाघेर १४ आयोजनाहरु खारेजीको निर्देशन दिनु स्वयं अख्तियारको दुरुपयोग हो । यसै विषयलाई लिएर व्यवस्थापिका संसदको जलस्रोत समितिले बोलाएको बैठकमा आयुक्त लोकमानसिं कार्की उपस्थित भएनन् । समितिले विभिन्न १४ आयोजना खारेज गर्न दिएको निर्देशनको पुष्टि गर्न आयुक्तलाई बोलाउ‘दा व्यवस्थापिका संसदको गरिमालाई ख्याल नगरी अटेर गर्नु अख्तियारीको दुरुपयोग हो कि होइन ? ठूला–ठूला परियोजनामा भएका भ्रष्टाचार नदेख्ने, खरदार, सुब्बा र सानातिना एनजिओको खोइरो खन्ने काममा आयोग केन्द्रित हुन थालेको छ । अतः आयोगले मर्यादा र कर्तव्यको पालना गर्दै आफ्नो काम अगाडि बढाउनुपर्छ ।  ।
सुवास केसी
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top