Free songs
Home / पाठक पत्र / मैले जे देखें त्यसैको बारेमा दुई शब्द लेखें

मैले जे देखें त्यसैको बारेमा दुई शब्द लेखें

घोराही नगरपालिका दाङका फोहोर ढुवानी गर्ने गाडीहरुमा संकेतको रुपमा घण्टी प्रयोग गरिएको छ । त्यो घण्टी एउटा धार्मिक आस्था बोकेको वस्तु हो । त्यो घण्टीको स्थान फोहोर ढुवानी गर्ने साधनमा होइन । उक्त घण्टीको प्रयोग मठ, मन्दिर, देवस्थल, पूजा घर कोठामा एवं धार्मिक शुभ कार्यमा गर्ने हो । यसमा सबैको ऑखा जान जरुरी छ ।
जसरी विद्यालयमा घण्टी संकेतको रुपमा अन्य वस्तुको प्रयोग गरिन्छ त्यसैगरी नगरपालिकाले पनि संकेतको रुपमा अन्य साधन वा विद्युतीय उपकरणको धुन तथा साइरन प्रयोग गर्न पनि त सकिन्छ । आस्था बोकेको घण्टी संकेतको रुपमा प्रयोग नगरेकै राम्रो होला ।
नारायण गिरी
घोराही–११ रतनपुर, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top