Free songs
Home / समाचार / प्रमुख समाचार / युगबोधको रंगीन प्रकाशन शुभारम्भ

युगबोधको रंगीन प्रकाशन शुभारम्भ

पाण्डव शर्मा
घोराही, ७ चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिता गर्नका लागि लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नया“ युगबोध दैनिकको रंगीन प्रकाशनको शुभारम्भ तथा वेभ अफसेट उद्घाटन समारोहमा बोल्दै उहा“ले त्यस्तो बताउनुभएको हो । ‘वकिल बन्नको लागि लाइसेन्स आवश्यक पर्ने तर, पत्रकारिता गर्न किन कुनै मापदण्ड नबनाउने ?’– उहा“ले प्रश्न गर्नुभयो ।

yougbodh dang color
पत्रकारिता संवेदनशील र जिम्मेवार क्षेत्र भएकाले यसलाई व्यवस्थित गर्नु जरुरी भएको उल्लेख गर्दै कार्कीले जनताको विश्वास जित्न पत्रकारहरुले निष्पक्ष भएर कलम चलाउनुपर्ने बताउनुभयो । ‘पछिल्लो समय पत्रकारहरुको संख्या वृद्धिस“गै केही अराजकता पनि देखिएको छ’– उहा“ले भन्नुभयो– ‘अब आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चार माध्यमलाई कारवाही गरिन्छ ।’
अध्यक्ष कार्कीले राम्रो काम गर्ने पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कृत गर्नु र नराम्रो काम गर्नेलाई दण्डित गर्नु काउन्सिलको जिम्मेवारी भएको बताउनुभयो । २०६२–६३ को जनआन्दोलनमा मोफसलका मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहा“ले भन्नुभयो– ‘मोफसलका मिडिया पत्रकारिताका जग हुन्, काठमाडौंका पत्रिकाहरु छाना मात्र हुन् ।’ संविधानसभा निर्वाचनपछि पत्रकारहरुले रचनात्मक काम गर्न नसकेको स्मरण गर्दै उहा“ले मिडियाहरुले दलहरुलाई सहमति गर्नेतर्फभन्दा विवादका विषयलाई बढी प्राथमिकता दिएको बताउनुभयो । जनताले विश्वास नगर्दासम्म सञ्चार माध्यमको अस्तित्व कायम हुन नसक्ने कार्कीको भनाइ थियो ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्वमाननीय एकराज शर्माले युगबोध निष्ठा र निरन्तरताको प्रतीक भएको बताउनुभयो । स्थापनाकालमा युगबोधले निकै कष्ट भोग्नुपरेको स्मरण गर्दै उहा“ले यसका संस्थापकले पत्रिकाका कारण निकै दुःख भोग्नुपरेको उल्लेख गर्नुभयो । ‘सानो लगानीबाट शुरु भएको युगबोध अहिले रंगीनमा देख्न पाउ“दा हामीलाई खुशी लागेको छ’– शर्माले भन्नुभयो– ‘युगबोध सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गर्न सबैले सहयोग गर्नुपर्छ ।’
कार्यक्रमका अध्यक्ष, पत्रिकाका संस्थापक एवं सञ्लाहकार नारायणप्रसाद शर्माले युगबोधलाई यहा“सम्म ल्याइपु¥याउन विभिन्न व्यक्तिहरुले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहा“ले सानो लगानीबाट शुरु भएको पत्रिका अहिले रंगीनमा आउनुले आफूलाई थप उत्साहित बनाएको धारणा व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले पत्रकारहरुले सरकारी कार्यालयबाट हुने गलत कामको खबरदारी गर्नुपर्ने बताउनुभयो । नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पदम वैदिकले युगबोधले रंगीन प्रकाशन शुरु गरेर राम्रो कामको शुरुवात राजधानीबाटै गर्नुपर्छ भन्ने परम्परा तोड्न सफल भएको बताउनुभयो । कृषि विकास बैंक बैंकिङ कार्यालय घोराहीका प्रबन्धक यज्ञप्रसद न्यौपानेले मुलुकको आर्थिक विकासका लागि पत्रिकाले सहयोगी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पत्रिकाका प्रकाशक सम्पादक प्रताप रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन प्रा. डा. रामेश्वर अधिकारी, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक लेखनाथ आचार्य, एमाले दाङका सदस्य भरत अर्याल, एकीकृत नेकपा माओवादी दाङका संयोजक निर्मल आचार्य ‘विमल’, नेकपा–माओवादी दाङका सेक्रेटरी सुवास पुन र राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्य, निमित्त स्थानीय विकास अधिकारी विष्णुप्रसाद ढुंगाना, वरिष्ठ साहित्यकार गिरिराज शर्मा, अन्तर पार्टी महिला सञ्जाल दाङका अध्यक्ष पुनम शेर्पाली, पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम र गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक सविन प्रियाशनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीलाई पत्रिकाका अतिथि सम्पादक सुशील गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन सहसम्पादक नरेन्द्र केसीले गर्नुभएको थियो ।

Loading...

About nayayougbodh.com.np

One comment

  1. राप्तीकै जेठो र स्थापित दैनिक पत्रिकाको रंगिन प्रकाशनको खबर पाउँदा पाठकवर्गमा निश्चय नै खुशी नलाग्ने कुरा भएन । आगामी दिनहरुमा मोफसलबाटै पनि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चर्चापरिचर्चा बटुल्दै निमुखाको मुखपत्र बनोस भन्ने शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top