Free songs
Home / सम्पादकीय / शिक्षामा कला संस्कृतिको प्रभाव

शिक्षामा कला संस्कृतिको प्रभाव

भन्ने गरिन्छ कला संस्कृति समाजको प्रतिबिम्ब हो तर त्यति मात्र होइन कला संस्कृति समाजको मार्ग निर्देशक पनि हो । कला संस्कृतिले समाजमा जे कुरा छ, त्यसलाई प्रतिबिम्बित मात्र गर्दैन्, समाजलाई कुन दिशातिर लैजाने त्यसका लागि पनि सहयोग गर्छ । निश्चय नै पछिल्लो समयमा नेपाली समाज उपभोक्तावादी संस्कृतिबाट ग्रस्त हु“दै गएको छ । जसलाई हामी पश्चिमा संस्कृति पनि भन्ने गर्छौं । अब प्रश्न यहींनेर आउ“छ, हाम्रो आफ्नो मौलिकता र सिर्जनशीलतालाई खुम्च्याएर पश्चिमी हावाका पछि दौडेर त्यही पश्चिमा संस्कृतिको नक्कल गर्ने कि हाम्रो आफ्नै संस्कृतिलाई बढावा दिने ? गीत, संगीत, कला, साहित्यलाई समाजको प्रतिबिम्ब भन्दै जे–जे बजारमा बिकाउ हुन्छ, त्यसैलाई प्रोत्साहन गर्ने या कला साहित्यलाई समाज रुपान्तरणको माध्यम मानेर त्यसअनुरुपका कला संस्कृति सिर्जना गर्ने ? समाजको प्रतिबिम्ब वा समाज रुपान्तरणको माध्यम दुबै नमानेर गीत, संगीत, कला, साहित्यलाई सीर्फ मनोरञ्जनको साधनको रुपमा लिनुपर्छ भन्ने मत पनि समाजमा नभएको होइन ।
यी सबै मान्यताका पछाडि आ–आफ्ना तर्क पनि होलान् तर गीत, संगीत, कला, साहित्य मानिसको संवेगात्मक भावनास“ग जोडिएको पक्ष भएकाले यिनीहरुको सदुपयोग गरेर अगाडि बढ्नु नै समाजका लागि हितकर हुन्छ । समाजको हित हुने कामलाई प्रोत्साहन गर्नु हामी सबैको दायित्व पनि हो । मानिसको संवेदनास“ग जोडिएको गीत, संगीत, कला, साहित्य र शिक्षाबीच कस्तो सम्बन्ध हुन्छ ? वा, शैक्षिक क्रियाकलापमा अहिले यसको सदुपयोग वा दुरुपयोग के भइरहेको छ ? यी खासै बहसमा नल्याइएका तर संवेदनशील प्रश्न हुन् । किन संवेदनशील हुन् भने भोलिको समाज कस्तो बनाउने भन्नेतर्फ चिन्तन गर्ने हो भने आजका विद्यार्थीहरुतर्फ ध्यान दिन जरुरी छ । अर्कोतिर विद्यालयहरुका शैक्षिक गतिविधिलाई सार्थक बनाउन र विद्यार्थीहरुलाई सही दिशामा अघि बढाउन पनि यो जरुरी छ । सम्भवतः यही आवश्यकतालाई महसुस गरेर हुनुपर्छ, दाङको शिक्षा कार्यालयले एउटा नया“ शुरुवात गरेको छ । विद्यालयहरुमा सञ्चालन हुने सांस्कृतिक कार्यक्रमको मापदण्ड तोकेर शिक्षा कार्यालयले भड्किला र विद्यार्थीहरुमा गलत चिन्तन विकास गराउने गीत नृत्यमा रोक लगाएको छ ।
जिल्लाभरिका सरकारी तथा निजी दुबैतर्फका माध्यमिक र उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको छुट्टाछुट्टै भेला गरी विद्यालयमा हुने भड्किला प्रस्तुति रोक्न निर्देशन दिएको शिक्षा कार्यालयले त्यस्ता प्रस्तुति गरेको पाइएमा शिक्षा कार्यालयका अधिकारीहरुले बहिस्कार गर्ने चेतावनीसमेत दिएको छ । यो निर्देशनलाई प्रभावकारी बनाउन सकेमा दाङको शिक्षा क्षेत्रमा नया“ अभ्यासको शुरुवात हुनेछ, जो देशभरिका लागि सिक्नलायक हुनसक्छ । हरेक कुराको व्यवहारबाट नै आवश्यकताबोध हुन्छ । सायद शिक्षा कार्यालयले पनि जिल्लाका विद्यालयहरुमा भइरहेका गतिविधि देखेर यस्तो निर्देशन दिएको होला । माघ महिनामा धेरै विद्यालयहरुले वार्षिकोत्सव मनाए, प्रायः सबै कार्यक्रमहरुमा मायाप्रेम, भड्किला र विद्यार्थीहरुलाई सान्दर्भिक नहुने गीत संगीत नै बढी प्रयोग गरेको देखिन्थ्यो । शिक्षा कार्यालयले पनि यही स्थिति देखेर नया“ निर्देशन दिएको हुनुपर्छ । यो निर्देशन पालना भयो भने यसको बहुआयामिक महत्व रहने छ ।
भन्नलाई विद्यालय दोस्रो घर हो भनिन्छ तर विद्यार्थीहरुले ज्ञान आर्जन गर्ने सवालमा पहिलो घरकै रुपमा विद्यालयलाई लिने गर्दछन् । स–साना नानीहरुले विद्यालयमा सिकेको कुरा नै अन्तिम सत्य मान्छन् भने माथिल्लो तहमा पुगेका विद्यार्थीहरुले पनि विद्यालय र शिक्षकहरुलाई निकै सम्मान गर्ने गर्दछन् । विद्यालयमा सिकेको कुनै कुरा असान्दर्भिक नै भए पनि स–साना नानीहरु त्यसैलाई अन्तिम सत्य मान्छन् । विद्यालयहरुमा गुरुले सिकाएको जे कुरा पनि सत्य हुने उनीहरुको विश्वास हुन्छ, यो एकप्रकारले राम्रो पनि हो किनकि त्यहा“ सबै सत्य सिकाइन्छ भन्ने विश्वास हुन्छ । विद्यालयहरुमा औपचारिक कक्षा र पाठ्यक्रमभित्रको पठनपाठन मात्र हु“दैन, त्योबाहेक समाज र जीवनस“ग जोडिएका थुप्रै अतिरिक्त क्रियाकलाप हुन्छन् । ती क्रियाकलापहरु थोरै भए पनि सम्बन्धित विद्यार्थी र समाजलाई गलत दिशातिर लैजाने खालका भए पनि त्यसको असर ठूलो पर्न सक्छ । आजका विद्यार्थीहरु गलत दिशातिर जानु भनेको भोलिको समाज पथभ्रष्ट हुनु हो र अन्ततः देश नै पछाडि फर्कनु हो । यसरी विद्यार्थी, समाज र देशलाई पछाडि फर्काउनेतिर होइन अगाडि बढाउनेतिर नै हाम्रो शैक्षिक गतिविधि अगाडि बढ्नुपर्छ र त्यहा“ हुने मनोरञ्जनका क्रियाकलाप पनि यो मापदण्डभन्दा बाहिर जानुहुन्न भन्ने शिक्षा कार्यालयको चिन्ता सही छ । यसको कार्यान्वयनका लागि सबै क्षेत्रले सहयोग गर्नु जरुरी छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top