Free songs
Home / समाचार / संक्षिप्त समाचार / ‘स्वर्गद्वारी महाप्रभु’ चलचित्र बन्दै

‘स्वर्गद्वारी महाप्रभु’ चलचित्र बन्दै

घोराही, २९ माघ (युस)– नेपाली धार्मिक कथानक चलचित्र ‘स्वर्गद्वारी महाप्रभु’ बन्ने भएको छ । चलचित्र निर्माता ‘जी फाइव ग्रुप डी’ फिल्मस् प्रालिले पत्रकार सम्मेलन गरी चलचित्रबारे जानकारी दिएको हो ।
चलचित्र निर्माणका लागि कागजी प्रक्रिया पूरा भइसकेको र स्क्रीप्टसमेत तयार भइसकेको चलचित्रका निर्माता एवं निर्देशक गणेश बेलवासेले जानकारी दिनुभयो । यो चलचित्र धार्मिकस्थल स्वर्गद्वारीको कृतिका रुपमा पनि निर्माण हुन लागेको र चलचित्रमा स्वर्गद्वारी महाप्रभुको जन्म कसरी भयो भन्नेदेखि मृत्युसम्मको अवस्थालाई कथामा समावेश गरिने उहा“ले बताउनुभयो ।
अहिले ध्रुवश्रीको ‘स्वर्गद्वारी पुण्यभूमि’ नामक पुस्कतमार्फत ऋषिराज आचार्यले चलचित्रको स्क्रीप्ट तयार पारेको र सो स्क्रीप्टलाई सबै विज्ञस“गको छलफलबाट आएका सुझावका आधारमा सम्पादन गरिने निर्माता बेलवासेले बताउनुभयो । निर्देशक बेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष्ँ सुशील गौतम र विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का अध्यक्ष्ँ पुरुषोत्तम खनाल सुझाव दिनुभएको थियो ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top